Washington DC, US : April 1, 2025, Tuesday 12:09 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

पुरूषोत्तम न्यौपाने एकल सांगीतिक साँझ पोखरामा

  NepalMother.com | ७ चैत्र २०८१, शुक्रबार २१:०७

May be an image of 3 people and text that says 'ድድኛ 'हामा अभियान लोक सस्कतिको सरक्ण राष्टाका सम्मान फिव्तादरेशलडीेाीेीकला्ीभी नय प्रतिभाको प्रोत्साहन राष्ट्िरि लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल पुरुषोत्तम न्यौपाने सांगीतिक साभ- ጋፃ पोखरा सभागृह, पोखरा चैत्र ခခု विडसी:0०वडे आयोजक: राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय समिति, काठमाडीं'

कोइलीको जस्तो समधुर स्वर भन्छन कोही त, कोही भन्छन जादुगरी स्वरका धनी छन उनी । उनी अर्थात वरिष्ठ लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपाने एकल सांगीतिक साँझमा गुञ्जिने भएका छन सुन्दर नगरि पोखरामा । पोखरामा यही चैत २२ गते शुक्रबार ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’ हुँदैछ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा आयोजना गरेको यो साँझमा गायक न्यौपानेले आफ्ना रूचाइएका गीतहरू लाइभ बाजामा प्रस्तुत गर्नेछन्।

दिउँसो ३ बजेदेखि सुरू हुने कार्यक्रममा उनले गीतमा सहकार्य गरेका केही चर्चित गायिकाले समेत न्यौपानेलाई प्रस्तुतिमा साथ दिनेछन्।

थुप्रै चर्चित लोक तथा दोहोरी कलाकारहरू समेत सहभागी हुने सांगीतिक साँझमा उपस्थितहरू न्यौपानेका गीतमा नाच्ने र झुम्नेछन्।

आयोजक दोहोरीगीत प्रतिष्ठान सांगीतिक साँझको तयारीमा लागिपरेको छ। सांगीतिक साँझलाई भव्य बनाउने गरी आफूहरूले तयारी गरिरहेको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन्।

No photo description available.

प्रतिष्ठानले गत वर्षदेखि एकजना अग्रज लोकदोहोरी कलाकारको सांगीतिक साँझ आयोजना गर्न सुरू गरेको हो।

गतवर्ष पहिलो कार्यक्रम काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ आयोजना गरिएको थियो।

प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले संस्थाको नारा नै अग्रजलाई सम्मान, नयाँ–प्रतिभालाई प्रोत्साहन रहेको बताउँदै अग्रजको सम्मानका लागि यसरी सांगीतिक साँझ कार्यक्रम गरिएको बताइन्।

‘गत वर्षको कार्यक्रममार्फत हामीले केही हदसम्म सम्मान दिन सक्यौं जस्तो लाग्छ,’ उनले भनिन्, ‘यसपालिको कार्यक्रम पनि त्यस्तै भव्य हुने विश्वास छ।’

गायक पुरूषोत्तम न्यौपाने तीन दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन्। एक हजारभन्दा बढी गीतमा स्वर दिएका उनका ‘घामजस्तो चम्किलो जुन हुँदैन, सररर पानीघट्टामा, रून्छ नि मन किन रूँदैन, मिर्मीमुनी काली थुनेको, ढुंगेधारामा, झिलझिल सितारा, देउरालीमा धजा’ आदि गीत चर्चित छन्।

गायक न्यौपाने वर्षौदेखि पोखरा बसेर सांगीतिक यात्रालाई अगाडि बढाइरहेका छन्। सोही कारण पनि यसपालि काठमाडौंमा नभएर पोखरामा सांगीतिक साँझको आयोजना गरिएको दोहोरीगीत प्रतिष्ठानले जनाएको छ। पुरूषोत्तम न्यौपाने दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्षसमेत हुन।
कार्यक्रम भब्य र सभ्य हुने कुरामा आफु बिश्वस्त रहेको बताउँदै अन्तरास्ट्रिय कलाकार मँच अमेरिकाका अध्यक्ष एबम वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले अध्यक्ष रिता थापा मगर सहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको सिङ्गो टिमलाई यो आयोजनाका लागि धन्यवाद दिएका छन । राम्रो काम र कदम लाई साथ दिनुपर्छ सबैले खनालले भनेका छन । उनले कार्यक्रम को पूर्ण सफलताको लागि शुभ कामना दिएका छन ।

No photo description available.

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।