Washington DC, US : April 1, 2025, Tuesday 11:52 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

लोकतन्त्र र गणतन्त्रको खिल्ली यसरी उडाइँदैछ नेपालमा ! काठमाडौं पछि अब जिल्ला प्रशासन कार्यालय ललितपुरले केही स्थान तोकेर निषेध आदेश जारी !!

  NepalMother.com | २ चैत्र २०८१, आईतवार ०८:५२

नेपालमा अचम्म अचम्मका घटना घट्न थालेका छन । लोकतान्त्रिक गणतन्त्र छ भन्ने मुलुकले मान्छेलाई जुलुश धर्ना वा बिरोध प्रदर्शनका कार्यक्रममा रोक लगाएर लोकतन्त्र र गणतन्त्रको खिल्ली उडाएको छ । काठमाडौं पछि अब जिल्ला प्रशासन कार्यालय ललितपुरले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । आइतबार ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सोमबार (चैत ४)देखि दुई महिनासम्म लागु हुने गरी निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरेका हुन् । आदेशमा पाँच जनाभन्दा बढी मानिस जम्मा भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न निषेध गरिएको उल्लेख छ ।

सूचना अनुसार, पुल्चोकस्थित यूएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र पूर्वतर्फ इनारमोट जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना, उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय, दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय विकास बोर्ड क्षेत्रमा सभा प्रदर्शन गर्न पाइने छैन । त्यस्तै, भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र पूर्वमा भैँसेपाटीबाट बुंमती जाने सडक, पश्चिमतर्फ सीजी हाउजिङ, उत्तरतर्फ भैँसेपाटी आवास गेट, दक्षिण्तर्फ इटनी जाने ओहलो सीमा क्षेत्रमा यस्ता गतिविधि गर्न पाइने छैन । प्रशासनको आदेश अवज्ञा गरे स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

पछिल्लो समय राजावादीका गतिविधि बढ्न थालेसँगै सुरक्षा निकायले थप सजगता अपनाउन थालेका छन् । यसअघि, फागुन २४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि फागुन २५ देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरेको थियो ।

Lalitpur1-1742126532.jpg

Lalitpur2-1742126532.jpg

 

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।