Washington DC, US : January 30, 2026, Friday 11:25 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

नेपाल बाल संगठनको जग्गा भाडा अनियमितता : अध्यक्ष रीता सिंह वैद्यलाई उन्मुक्ति दिएको विषयमा छानविन सुरु

  NepalMother.com | २ फाल्गुन २०८१, शुक्रबार २३:४७

बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । नेपाल बाल संगठनको जग्गा भाडामा लगाउँदा अनियमितता भएको भनिए पनि तत्कालीन अध्यक्ष रीता सिंह वैद्यलाई उन्मुक्ति दिएको विषयमा छानविन सुरु गरिएको आयोगले शुक्रबार जनाएको छ । सत्ता र शक्तिको आडमा निजउपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौंले निर्णय गरेको सार्वजनिक भएसँगै अनुसन्धान थालिएको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिनुभयो । आयोगले उक्त घटनाको स्व-विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको विज्ञप्तिमार्फत जनाएको छ । आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचारसमेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

किन गर्‍यो आयोगले मुद्दा नचलाउने निर्णय ?
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को यस प्रकरणमा मुद्दा नचलाउने राय तहगत हुँदै महान्याधिवक्ताको कार्यालयमा पेस भएको थियो । बालमन्दिर जग्गा लिज प्रकरणमा मुद्दा नचलाउने रायसहितको प्रतिवेदन तहगत हुँदै महान्याधिवक्ताको कार्यालयमा आइपुगेको प्रवक्ता सूर्यराज दाहालले जानकारी दिनुभयो । तर, महान्याधिवक्ताको कार्यालयले भने तहगत हुँदै आएको राय नै सदर गर्ने या नगर्ने भन्ने निर्णय गर्न बाँकी रहेको दाहालको भनाइ छ ।

सिआइबीले बालमन्दिर जग्गा लिज प्रकरण ठगी नभई करारसँग सम्बन्धित विषय भएकाले मुद्दा नचलाउने रायसहित प्रतिवेदन गत मंसिर ८ गते नै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको भेटिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पनि उक्त प्रकरणमा मुद्दा नचलाउने रायसहितको प्रतिवेदन गत माघ ९ गते उच्च सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले यो विषय ठगीसँग सम्बन्धित नभई भाडासँग सम्बन्धित भएको, यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भाडामा पुनःविचार गर्न निर्देशन दिइसकेको, उच्चदेखि सर्वोच्च अदालतसम्म मुद्दा चलेको र मध्यस्थकर्ता नियुक्त भएर मेलमिलापमा टुंगिएको पाइएकाले मुद्दा नचलाउने निर्णय गरेको बताउनुभयो । ‘हामीले सिआइबीले राय दिएका भरमा मात्रै मुद्दा नचलाउने निर्णय गरेका होइनौँ । हामी आफैँले पनि अध्ययन गरेपछि मुद्दा नचलाउने निर्णयमा पुगेका हौँ,’ काफ्लेले भन्नुभयो ।

सिआइबीले बुझाएको थियो प्रतिवेदन
सिआइबीका अनुसन्धान अधिकृतहरूले एक साता अघिसम्म पनि बालमन्दिर जग्गा लिज प्रकरणमा आफूहरूको अनुसन्धान जारी रहेको दाबी गरेका थिए । तर, गत मंसिर ८ गते नै सिआइबीले यस प्रकरणमा मुद्दा नचल्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको पाइएको छ ।

अध्यक्ष रीता सिंह हुँदा नेपाल बाल संगठनले पटक-पटक गरी नक्सालस्थित २८ रोपनी ५ आना जग्गा व्यापारिक घराना विशाल ग्रुपको बृहस्पति विद्या सदनलाई गैरकानुनी रूपमा लिजमा दिने निर्णय भएको बारेमा उकालो अनलाइनले २०७९ माघ ६ गते खोजमूलक समाचार प्रकासन गरेको थियो । संगठन आफैँले पनि अध्ययन गरी गैरकानुनी भएको निष्कर्ष निकाल्दै गत वैशाख १४ गते वृहस्पतिसँगको जग्गा लिज सम्झौता खारेज गरेको थियो । त्यसपछि वैशाख २५ गते संगठनले वृहस्पतिबाट आफू ठगिनु परेको भन्दै त्यसमाथि विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाहीको मागसहित सिआइबीमा जाहेरी दिएको थियो ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेको आदेशमा यस प्रकरणमा अनुसन्धान अघि बढाएको सिआइबीले संगठनकी पूर्वअध्यक्ष रीता सिंहसहित २० जनालाई पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो । तर, अदालतबाट पक्राउ पुर्जी हात पार्नासाथ व्यापक प्रचारप्रसार गरेको सिआइबीले कसैलाई पक्राउ गरेन । – यज्ञराज पाण्डे

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।