Washington DC, US : February 22, 2025, Saturday 09:21 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेश जारी

  NepalMother.com | १ फाल्गुन २०८१, बिहीबार ११:०९

पोखरामा सञ्चालन हुने कोटिहोममा बाधा नपुर्‍याउन उच्च अदालतले आदेश दिएको छ । पोखरामा सञ्चालन हुने कोटिहोमको आफैँले अनुमति दिएर त्यसलाई रोक्न भन्दै अदालत पुगेको पोखरा महानगरलाई बाधा नपुर्‍याउन आदेश गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. ६ ले गत पुस ६ गते मानव सेवा फाउन्डेसनलाई लेकसाइडको क्याम्पिङ क्षेत्र र नेपाल ट्रस्ट मातहतको बाराहीघाटको जग्गामा कोटिहोम विराट ज्ञान महायज्ञको लागि अनुमति दिएको थियो । जग्गा भाडामा दिएबापत ३३ हजार ८७६ रुपैयाँ बुझाएको थियो ।

महानगरसहित प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले पनि पुस २१ मा सहमति दिएको थियो ।

प्रदेश र पालिकाको सहमति पाइसकेपछि आयोजकले कोटिहोमका लागि समिधा (दाउरा) संकलनको काम सुरु गर्‍यो । समिधाका नाममा पोखराका १३, १४ र ६ मा ऐतिहासिक रुखहरु कटान भए । त्यसपछि नै कोटिहोमको विषयमा आयोजक र महानगरबिच टकराव बढेको हो ।

जबकी समिधाका लागि महानगर आफैँले अनुमति दिएको थियो । तर, आलोचना बढेपछि महानगरले बोली फेर्दै अनुमति नदिइएको र कोटिहोम रोक्नका लागि जग्गा उपलब्ध गराएको ट्रस्टलाई सहमति रद्द गर्न कार्यपालिका निर्णय गर्दै पत्र पठाएको थियो । ट्रस्टले आफ्नो सम्पत्ति भाडामा लगाउन महानगरको अनुमति लिनुनपर्ने जवाफ दियो ।

महानगरको निर्णयलाई गैरकानुनी ठहर गर्दै मानव सेवा फाउन्डेसनले उच्च अदालत पोखरामा उत्प्रेषण परमादेशसहितको निवेदन दिएको थियो । अदालतले पनि महानगरलाई साथ दिएन ।

अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले पोखराको वाराहीघाटस्थित ४८ रोपनी क्षेत्रफलमा आयोजना गर्न लागिएको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेश जारी गरेको हो । अदालतले कानुनी रूपमा बाधा पुग्ने कुनै कारणबाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न विपक्षी पोखरा महानगरपालिकालगायत सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।

यस आदेशपछि कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालनमा कानुनी अड्चन हटेको फाउन्डेसनले जनाएको छ । महायज्ञ आयोजना गरिनुपर्ने स्थानमा पूर्वनिर्धारित कार्यक्रमअनुसार काम अघि बढाइने र सहभागीहरूको सहजताका लागि आवश्यक पूर्वाधारहरू निर्माण गरिने फाउन्डेसनका प्रतिनिधिहरूले जनाएका छन् ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।