Washington DC, US : February 22, 2025, Saturday 09:15 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले भ्रमपूर्ण समाचारको सार्वजनिक खण्डन गरे सार्वजनिक रुपमै दिए बोधार्थ प्रेस काउन्सिल नेपाललाई पनि

  NepalMother.com | २६ माघ २०८१, शनिबार २०:३५

पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले एक प्रेस बिज्ञप्ती प्रकाशन गरी “पूर्व आईजीपी खनाल माओवादीमा प्रवेश : सडक सङ्घर्षमा पूर्व सुरक्षाकर्मीका कमान्डर” शीर्षक राखेर साँघु न्युज डट कम नामको एउटा अनलाइन पत्रिकाले आफ्नो बारेमा माघ २५ गते प्रकाशित गरेको एउटा समाचार पूर्ण रुपमा भ्रामक र वाहियात भएको भन्दै खण्डन गरेका छन । उनको प्रेस बिज्ञप्तीमा भनिएको छ”

भ्रमपूर्ण समाचारको सार्वजनिक खण्डन

“पूर्व आईजीपी खनाल माओवादीमा प्रवेश : सडक सङ्घर्षमा पूर्व सुरक्षाकर्मीका कमान्डर” शीर्षक राखेर साँघु न्युज डट कम नामको एउटा अनलाइन पत्रिकाले मेरो बारेमा माघ २५ गते प्रकाशित गरेको एउटा समाचार देखेर म आश्चर्य चकित भएँ र यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो समाचार पूर्ण रूपमा गलत र भ्रमपूर्ण छ । म न त माओवादी प्रवेश गरेको कुरा सत्य हो न त भोली प्रवेश गर्ने कुनै योजना नै छ । यस्ता गलत अफवाह नफैलाउन सम्बन्धित न्युज पोर्टल लाई सचेत गराउँदै समाचारको पूर्ण रूपमा खण्डन गर्दछु । यस्ता भ्रामक र वाहियात समाचारको भ्रम मा नपर्नुहुन मेरा सबै शुभचिन्तकहरू, पाठक हरू र सम्बन्धित सबै सबैमा विनम्र अनुरोध गर्दछु । साँघु न्युज नामको यस्ता भ्रमपूर्ण समाचार प्रकाशन गर्ने मिडियालाई समाचार तुरुन्त खण्डन नगरे म कानुनी कार्वाहिमा जान बाध्य हुने ब्यहोरा समेत सूचित गर्दछु ।

बोधार्थ : प्रेस काउन्सिल नेपाल

– सर्बेन्द्र खनाल
पूर्व प्रहरी महानिरीक्षक
काठमाडौँ

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।