Washington DC, US : January 30, 2026, Friday 11:26 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

चलचित्रले राम्रो व्यापार नगर्दा हलमा दर्शक पाउन हम्मे हम्मे

  NepalMother.com | ४ माघ २०८१, शुक्रबार १०:३२

विसं २०८१ सालको प्रारम्भदेखि उल्लेखीय व्यापार गर्दै आएको नेपाली चलचित्रले वर्षको अन्त्यतर्फ उन्मुख हुँदै गर्दा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने देखिँदैन । पछिल्ला समय बोक्सीको घर, छक्का पञ्जा ५, १२ गाउँ र पूर्णबहादुरको सारङ्गी जस्ता चलचित्रले दर्शकको अपार माया मात्र होइन रेकर्डतोड कमाई पनि गरे । यद्यपि त्यसलगत्तै प्रदर्शनमा आएका चलचित्र तेल भिसा, ह्रस्वदीर्घले सोचे जस्तो व्यापार गर्न सकेनन् । पछिल्लो समय प्रदर्शनमा आएका चलचित्र अग्निदहन, बमबहादुर, देववाणीलाई हलमा साख जोगाउन हम्मे हम्मे पर्यो भने कार्साङले जेनतेन दर्शक बटुल्ने काम गरिरहेको छ । चलचित्रले राम्रो व्यापार नगर्दा हलमा दर्शक पाउन हम्मे हम्मे परिरहेको हल सञ्चालकको भनाइ छ ।

नेपाली चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन चलचित्र नचल्नुको मुख्य कारण जाडो महिना रहेको बताउनुहुन्छ । उहाँका अनुसार चलचित्र पनि मौसम अनुसार चल्छ । जाडो एउटा बहानामा मात्र हो । खै राम्रा चलचित्र प्रदर्शन भएको छ ? उहाँले भन्नुभयो, चलचित्र चल्ने भनेको त्यसको कथाले नै हो जब कथा नै राम्रो छैनन् भने दर्शकले अनावश्यक रूपमा टिकटमा किन पैसा खर्च गर्छन् । यो महिना प्रदर्शन भएका चलचित्रबाट जति अपेक्षा गरिएको थियो त्यो अनुसार दर्शक तान्न नसकेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, अब माघ महिनामा प्रदर्शनमा आउने केटी हराएको सूचना, एक्टर र जुनी चलचित्रबाट केही अपेक्षा गर्न सकिन्छ कि ?

निर्देशक तथा निर्माता निश्चल बस्नेतको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार वर्षभरि नै चलचित्रको व्यापार राम्रो हुन्छ भन्ने हुँदैन । चलचित्र प्रदर्शन हुने क्रम भइरहन्छ, यति हो कि दर्शकले अपेक्षा गरे अनुसारको चलचित्र निर्माण नभएका हुन सक्छन् । माघमा राम्रा चलचित्र प्रदर्शन भएसँगै दर्शकको चाप केही बढ्छ, उहाँले भन्नुभयो । चलचित्र नचल्नुमा मौसमलाई दोष दिनु हास्यास्पद रहेको बस्नेतले बताउनुभयो । राम्रो चलचित्र प्रदर्शन भयो भने दर्शकको चाप त्यसै बढ्छ, चाहे त्यो गर्मी समय होस् या जाडो । यसमा मुख्य कुरा भनेको चलचित्रको प्रदर्शन मिति नै हो । एउटा राम्रो प्रदर्शन मिति सबैले खोजिरहेका हुन्छन्, उहाँको भनाइ थियो ।

चलचित्र कार्साङका कलाकार जितु नेपाल चलचित्रले सोचे अनुरूप व्यापार नगरेको स्विकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हो चलचित्रले खासै दर्शक तान्न सकेको छैन तर अब बिस्तारै लयमा फर्कन खोजेको छ ।” चलचित्रमा दर्शक देखिन थालेको उहाँ भन्नुहुन्छ, दर्शकको स्वाद बुझ्न धेरै कठिन छ । आफ्नो चलचित्र नचल्नुको एउटा मुख्यकारण पुस महिना पनि भएको उहाँको भनाइ थियो । उहाँ भन्न्नुहुन्छ, “जाडो महिनामा हलमा दर्शक खासै देखिँदा रहेनछन् । अब माघमा प्रदर्शनमा आउने चलचित्रबाट केही आशा गरिएको छ । यदि त्यो पनि चलेनन् भने फेरि चलचित्र क्षेत्र स्वाहाको बाटोतिर जाने उहाँको भनाइ छ ।

चलचित्रको कथा राम्रो र त्यसमा केही नयाँपन देखियो भने दर्शक त्यसै पनि हलमा ओइरिन्छ । यहाँ सटिक विषयवस्तु उठान गरिएका चलचित्र नबनेका पनि होइनन् तर राम्रा भनिएका चलचित्रले आफ्नो लगानी उठाउन नसक्नाले पनि चलचित्र क्षेत्र फेरि पुरानै लयमा फर्कन लागेको हो कि भन्ने भान हुन थालेको छ । नयाँ विषयवस्तु र राम्रा कथावाचनका बिच चलचित्र हलमा कहिले लागे र कहिले उत्रिए भन्ने कुराको फेरि अत्तोपत्तो हुन छाडेको छ ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।