Washington DC, US : November 28, 2026, Saturday 12:43 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

एक अविस्मरणीय घटना : संस्मरण - इन्द्रप्रसाद न्यौपाने, पूर्व प्रमुख, जिल्ला प्रहरी कार्यालय, काठमाडौं

  NepalMother.com | १३ मंसिर २०८३, शनिबार १०:०१

काठमाडौं जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आइरहेको बेला मिति २०६२ साल मंसिर १६ गतेका दिन काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फको सडकमा नेकपा एमालेले आयोजना गरेको आमसभा भई सम्पन्न भइसकेको थियो । विदेशबाट फर्किरहनुभएका राजा श्री ५ ज्ञानेन्द्रको स्वागतका लागि त्रिभुवन विमानस्थल जाँदै गर्दा युवराज पारसमाथि बानेश्वर–मीनभवन सडक खण्डमा ढुङ्गा वर्षाएर जनमानसले तनावग्रस्त बनाएका थिए ।

यो मेरो जागिरे जीवनको अविस्मरणीय घटना हो । यो कार्यक्रम एमालेको पूर्वघोषित कार्यक्रम थियो । सो स्थानमा कार्यक्रम गर्न नदिन विभिन्न चरणमा भिन्न स्तरको बैठक बसी उक्त स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयसमेत भएको अवस्था थियो, तर दरबारका पदाधिकारीहरूसँगको निरन्तर सम्पर्क र समन्वयसमेत भएबाट सो स्थानलाई निषेधित क्षेत्र घोषणा फिर्ता गरी कार्यक्रम गर्न दिने निर्णय भयो । सुरक्षास्तरलाई मूल्याङ्कन गरेर सो दिन मलाई भिभिआइपीको सुरक्षामा नखटाई जुलुस व्यवस्थापनको जिम्मेवारी दिई सो दिन दिउँसो १५:०० बजेसम्म समारोहस्थलको कार्यक्रम सम्पन्न गराउने विशेष जिम्मेवारी दिई खटाइएको थियो । तसर्थ सवारी ड्युटीमा मेरो संलग्नता हुने कुरा भएन ।

सो आमसभामा भाग लिन आउने सहभागीहरू काठमाडौंका विभिन्न स्थानबाट बिहानैबाट निस्कने र धेरैजसो डिल्लीबजारमा भेला भई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमपट्टिको सडक, जहाँ मञ्च पनि बनाइएको थियो, त्यसतर्फ जाने बाटो निर्धारण पनि गरियो । विशाल जनसहभागिता हुने अनुमान गरेर मलगायत सशस्त्र प्रहरीलाई समेत बाटो र समारोहस्थलको व्यवस्थापनको जिम्मा दिइएको थियो ।

आयोजकहरूसँग अघिल्लो दिनदेखि नै समन्वय गरी सोहीअनुसार खटनपटन गरेको पनि थिएँ । सहभागीहरू शान्तिपूर्ण रूपमा जम्मा भई जुलुसमा परिणत भएर आमसभास्थलमा पुगी कार्यक्रम सञ्चालन भयो । सभा सञ्चालक नेताहरूसँग बारम्बार सम्पर्क र समन्वय भइरहेको र बेलाबेलामा सोको रिपोर्टिङ कमान्ड पोस्टलगायत सम्बन्धित अधिकारीहरूलाई दिँदै आइरहेको थिएँ । राम्रो समन्वय हुन सकेको कारणले नै हो, निर्धारित समयमा आमसभा सम्पन्न पनि भयो ।

पूर्ण शान्त तवरले आमसभा सम्पन्न गराएको भनेर तत्कालीन कार्य विभाग प्रमुख प्र.अ.म.नि. राजेन्द्रबहादुर सिंहबाट मलगायत ड्युटीमा खटिएका अधिकृत तथा जवानलाई उहाँ र सङ्गठन प्रमुखको तर्फबाट समेत धन्यवाद दिनुभएको सबैले सुन्ने गरी सञ्चार सेटबाट जानकारी पनि आयो । आमसभाबाट बाहिरिने क्रममा ठूलो भिडलाई पुरानो बानेश्वरतर्फ र मीनभवनतर्फबाट जाने सानो समूहलाई भने त्यतैबाट पठाउने व्यवस्था मिलाउँदै ठूलो भिड भएतर्फ म आफ्नो टोली लिएर पुरानो बानेश्वरतर्फ बिस्तारै बिस्तारै भिडलाई लग्दै थिएँ ।

विशिष्ट व्यक्तिको सवारीको अरन खटन भइसकेपछि त्यसको कार्यान्वयन हाम्रो सञ्चार सेटको नम्बर १ च्यानलमा हुने गर्दथ्यो । हामी भिडमा खटिनेहरू नम्बर २ च्यानलमा काम गर्ने हुनाले कन्ट्रोल वा आवश्यकता पर्दा मात्र नम्बर १ च्यानलमा काम गर्ने गरिन्छ, अर्थात् भिभिआइपीको सवारी र अन्य ड्युटीमा तैनाथ अधिकृत तथा जवानका लागि सञ्चार सेट (वाकीटकी) मा कुरा गर्ने व्यवस्था पनि छुट्टै हुन्छ । सवारी र हाम्रो सोही अवस्थामा सेटमा सम्पर्क हुने अवस्था सामान्यतया रहँदैन ।

युवराजाधिराजको सवारी दरबारबाट छुट्ने बेलामा नै केही तत्कालीन अवस्थाका आन्दोलनकारी रत्नपार्क, बिजुली अड्डा नजिक (पुरानो बसपार्क), सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर चोकसमेतमा जम्मा भएका रहेछन् । रत्नपार्क, पुरानो बसपार्क, माइतीघर मोडमा पनि हुटिङ भएको रहेछ । ती स्थानहरू छिचोल्दै नयाँ बानेश्वर–मीनभवन सडक पुग्दा ढुङ्गाहरू वर्षाइएको रहेछ ।

बिजुलीबजार क्रस गरेर नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेको र ठाउँठाउँमा डिस्टर्ब भइरहेको खबर ट्राफिकको सेटबाट सुनेपछि ट्राफिकबाट खटिएका प्र.ना.उ.बाट म ड्युटीमा भएतर्फ आई मलाई भनेको र मैले जानकारी पाएपछि पुरानो बानेश्वरतर्फ अगाडि बढिरहेको म आफूसँग भएका केही मद्दतसहित फर्केर दगुर्दै मीनभवनतर्फ गएको हुँ ।

म नपुग्दै सवारी कारकेड पुगी ढुङ्गामुढा हुँदै थियो । तत्काल सामान्य बल प्रयोग गरी अवस्थालाई नियन्त्रणमा लिई सवारी विमानस्थलतर्फ चलाएको र पछि सोही बाटो हुँदै राजालगायत राजपरिवारका सदस्यहरू फिर्ता हुँदासम्म सोही स्थानमा तैनाथ रही सवारी मार्गको अवस्था जानकारी लिँदै फिर्ती सवारी चलाएर अवस्था सामान्य भएपश्चात् कार्यालयमा फर्की आएको हुँ ।

सुरक्षा चक्र

(मूल लेखमा रहेको सुरक्षा चक्रको चित्रमा विशिष्ट व्यक्ति, एडिसी, सैनिक प्रहरी, स्थानीय प्रशासन, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा सशस्त्र प्रहरी उल्लेख छन् ।)

यहाँ स्मरणीय कुरा के छ भने भिभिआइपीको सवारी सामान्यतया निम्नानुसार हुने गर्दथ्यो ।

  1. आफूखुसी (व्यक्तिगत)/निजी

  2. अनौपचारिक

  3. औपचारिक

  4. राजकीय

त्यो दिनको राजाको भ्रमण राजकीय रहेको । यस्तो भ्रमणमा सुरक्षाका सबै अङ्गका प्रमुखहरूसमेतको संलग्नता हुने गरेको । महाराजाधिराजको सैनिक सचिव सवारीमा हुने । सैनिक प्रहरी परिचालन हुने । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायतका सादा पोसाकमा विभिन्न तहका सुरक्षा निकायहरू परिचालन हुने ।

त्यस दिनको सुरक्षा व्यवस्था अझ कडाइ गर्न उपत्यका प्रहरी कार्यालयमा अञ्चल प्रशासक, प्रजिअ, उपत्यका हेर्ने डिआइजी, उपत्यका पृतना हेर्ने सहायक रथी, सशस्त्रका वाहिनीपति (डिआइजी) र राष्ट्रिय अनुसन्धानका डिआइजीसहितको कन्ट्रोल रुम रहेको । सवारी चलाउन प्रहरी प्रधान कार्यालयबाट डिआइजी खटाइएको ।

भिभिआइपीको सवारी चलाउँदाको सामान्य सिद्धान्त :

1. सवारी चलाउने मार्ग सुरक्षित छ, छैन भनी कन्ट्रोल रुमबाट जानकारी लिएपछि मात्र सवारी चल्नुपर्ने, रिपोर्ट राजाको एडिसीलाई पनि हुने ।

2. सवारी मार्ग सुरक्षित नभएमा वैकल्पिक मार्गबाट चलाउनुपर्ने । सो दिन पनि वैकल्पिक मार्ग निर्धारण भएको ।

3. एडिसीको आदेशमा आवश्यकताअनुसार सवारीको गति तीव्र वा बिस्तारै गर्नुपर्ने ।

4. कुनै अवाञ्छित गतिविधि देखिएमा अवस्थाअनुसार सुरक्षित स्थानमा लगेर भिभिआइपीलाई राख्नुपर्ने । त्यस दिन सुरक्षित स्थान उपत्यका प्रहरी कार्यालय, रत्नपार्क, आर्मी हेडक्वार्टर, सिंहदरबार पनि राखिएको ।

उल्लिखित सुरक्षाका कुनै उपायहरू त्यस दिन अवलम्बन गरेको देखिएन/पाइएन । सबै सुरक्षा निकायबाट र सवारी मार्गको अवस्था बारे जानकारी लिई ठीक भन्ने रिपोर्ट प्राप्त गरिसकेपछि सैनिक प्रहरीले प्रमुख एडिसीलाई जाहेर गरी ओके भएपछि मात्र भिभिआइपीको सवारी चलाउने गरिन्छ ।

यी सबै कुराहरू हुँदाहुँदै पनि कुनै अवलम्बन नै नगरी सवारी चलाउने अनि वास्तविकतालाई पन्छाई सवारीमा नै नखटाइएको/नखटिएको एसपीलाई काठमाडौं प्रहरी प्रमुख भनेर निलम्बन गर्ने ? जहाँसम्म जिम्मेवारी र नैतिक जिम्मेवारीको प्रश्न हो भन्ने सवालमा त्यसमा प्रत्यक्ष खटिएका उच्चपदस्थ कर्मचारीहरूको नपर्ने, नहुने, नलिने, मलाई मात्र उक्त ड्युटी (जिम्मेवारी) मा नहुँदानहुँदै पनि जिम्मेवारी थोपर्ने ?

यो कस्तो न्याय होला ?

२०६२ मंसिर १६ गतेको सो घटनालाई लिएर मंसिर १८ गते राजाको अनौपचारिक कार्यक्रम ज्ञानेश्वरमा ड्युटी गरिरहेको अवस्थामा बोलाई निलम्बन गरियो भने २०६३ वैशाख महिनामा लोकतन्त्रको बहालीपश्चात् सो निलम्बन फुकुवा भयो र पुनः काठमाडौं जिल्लाको प्रहरी प्रमुखमा नै वैशाख १८ गते हनुमानढोकामा पाँच महिनापछि बहाली भएँ ।

यो एक घटना हो । अरू क्षेत्रका घटना पछि पछि ……… ।

२०६३ मा नै प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति पनि भयो र २०६५ फागुनको अन्तिम साता सेवाअवधिको कारणले ५० वर्षको उमेरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखबाट सेवा निवृत्त भएँ ।

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।