Washington DC, US : June 25, 2026, Thursday 04:08 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा|पहिलो ७.२ र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प आएपछि देशभर राष्ट्रिय आपत्काल घोषणा|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन|Breaking News : विष्णु पौडेल पक्राउपछि एमालेमा तरंग|राजालाई लखेटनेहरु आफै कसरी लखेटिए ?|बालेन र रबिहरुलाई असफल हुने छुट छैन, भए देश ३० बर्ष फेरि पछाडी धकेलिने !|विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक|रास्वपाको महाधिवेशनतर्फ देशको ध्यान, पुराना दलहरू भने नेतृत्व संकट र आन्तरिक कलहमा

बिपक्षी कांग्रेस, एमाले लगायतले कहिले गजेंडी, कहिले लुसिफर भन्दै आलोचना गर्दै आएका प्रधानमन्त्री बालेन्द्र साह संसदमा फेरि चिप्लिए, नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको गम्भीर अभिव्यक्ति प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ६ सीमाविद्को आपत्ति, स्पष्टीकरण र क्षमायाचनाको माग, प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण, ‘भारतको भूमि मिचेको’ होइन, ‘सीमा वारपारको भोगाधिकार’को सन्दर्भ रहेको दाबी

  NepalMother.com | १७ जेष्ठ २०८३, आईतवार १०:४२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी अध्ययनका क्रममा दुवै देशबाट एकअर्काको भूभाग अतिक्रमण भएको देखिएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेपछि सीमासम्बन्धी केही नयाँ तथ्यहरू जानकारीमा आएको खुलासा गरेका हुन्।

प्रधानमन्त्री शाहका अनुसार नेपालले विगतदेखि भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय उठाउँदै आएको भए पनि पछिल्ला अध्ययन र उपलब्ध विवरणहरूले केही स्थानमा नेपालको तर्फबाट पनि भारतीय भूभाग अतिक्रमण भएको देखाएको छ। यस्ता विषयलाई तथ्यका आधारमा अध्ययन गरी कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने उनको भनाइ थियो।

“सीमासम्बन्धी विषय अत्यन्त संवेदनशील र राष्ट्रिय हितसँग जोडिएको विषय हो। यसमा भावनात्मकभन्दा पनि तथ्यपरक ढंगले अघि बढ्न आवश्यक छ,” प्रधानमन्त्री शाहले भने, “दुवै देशका प्राविधिक टोली, नापी विज्ञ र इतिहासविद्हरूको संयुक्त अध्ययनमार्फत वास्तविक अवस्था पत्ता लगाएर समाधान खोज्नुपर्छ।”

उनले नेपाल र भारतबीच देखिएका सीमासम्बन्धी विवादलाई मित्रवत् सम्बन्धको आधारमा वार्ता र समझदारीबाट समाधान गर्ने सरकारको नीति रहेको स्पष्ट पारे। सीमा क्षेत्रमा देखिएका सबै समस्या विस्तृत अध्ययनपछि आपसी सहमतिमार्फत टुङ्ग्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

लिपुलेक–लिम्पियाधुरा विवादबारे सरकारको सक्रियता

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद पद्मा अर्यालले नेपालको दाबी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै भारत र चीनबीच निर्माण तथा विस्तार भइरहेको व्यापारिक मार्गबारे सरकारको धारणा माग गरेकी थिइन्।

सांसद अर्यालले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साले समेटेको भूभागमा नेपाललाई सहभागी नगराई भारत र चीनबीच विभिन्न सहमति र पूर्वाधार विकासका काम भइरहेको भन्दै सरकारको कूटनीतिक पहल के भइरहेको छ भन्ने प्रश्न उठाएकी थिइन्।

जवाफमा प्रधानमन्त्री शाहले लिपुलेक र लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाइसकेको जानकारी दिए। उनले भारतबाट प्राप्त प्रतिक्रियामा दुवै देशका इतिहासकार, नापी विज्ञ तथा सीमाविज्ञ सम्मिलित संयुक्त संयन्त्रमार्फत वार्ताका आधारमा समाधान खोज्ने प्रस्ताव आएको बताए।

“भारत सरकारसँग यस विषयमा निरन्तर संवाद भइरहेको छ। सीमासम्बन्धी विषय कुनै एकपक्षीय निर्णयबाट समाधान हुँदैन। तथ्य, इतिहास र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सहमतिमा पुग्नुपर्छ,” प्रधानमन्त्री शाहले बताए।

बेलायतसँग पनि छलफल

प्रधानमन्त्री शाहले सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिस शासनकालसँग जोडिएकाले यस विषयमा बेलायतसँग पनि संवाद भइरहेको खुलासा गरे। तत्कालीन ब्रिटिस इन्डियाले नेपालसँग गरेका सन्धि, नक्सा र प्रशासनिक अभिलेखहरू सीमा निर्धारणसँग प्रत्यक्ष सम्बन्धित भएकाले बेलायतको भूमिका र अभिलेखलाई समेत महत्त्वका साथ हेरिएको उनले बताए।

उनका अनुसार सीमा विवाद समाधानका लागि आवश्यक ऐतिहासिक प्रमाण संकलन गर्ने कार्य पनि अगाडि बढाइएको छ।

वार्ताबाटै समाधान हुने विश्वास

प्रधानमन्त्री शाहले नेपालका सबै सीमासम्बन्धी समस्या कूटनीतिक संवाद, आपसी सम्मान र मैत्रीपूर्ण सम्बन्धका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले राष्ट्रिय सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै सीमा विवादलाई राजनीतिक नारा होइन, तथ्य र वार्ताको माध्यमबाट समाधान गरिने स्पष्ट पारे।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सदनमा सीमासम्बन्धी विषय, विशेषगरी लिपुलेक, लिम्पियाधुरा र कालापानी विवाद तथा नेपाल–भारत सम्बन्धबारे नयाँ बहस सुरु भएको छ। उनका “दुवै देशबाट सीमा अतिक्रमण भएको देखिएको” भन्ने अभिव्यक्तिले राजनीतिक वृत्तमा थप चर्चा र प्रतिक्रिया उत्पन्न गरेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ६ सीमाविद्को आपत्ति, स्पष्टीकरण र क्षमायाचनाको माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्तिप्रति नेपालका छ जना प्रख्यात सीमाविद् तथा सीमा-अध्येता विज्ञहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको भनाइ तथ्यहीन, भ्रामक र राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति भएको टिप्पणी गरेका छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डा. पीताम्बर शर्मा, प्राध्यापक डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा तथा डा. द्वारिकानाथ ढुङ्गेलद्वारा हस्ताक्षरित वक्तव्यमा प्रधानमन्त्रीको अभिव्यक्तिले आम जनमानसमा भ्रम पैदा गरेको उल्लेख गरिएको छ।

विज्ञहरूको भनाइ अनुसार नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने निष्कर्ष अहिलेसम्म कुनै आधिकारिक सरकारी निकाय, संयुक्त सीमा आयोग वा सम्बन्धित अध्ययन प्रतिवेदनले सार्वजनिक गरेको छैन। यस्तो अवस्थामा देशको कार्यकारी प्रमुखबाट त्यस्तो अभिव्यक्ति आउनु आश्चर्यजनक र चिन्ताजनक भएको उनीहरूको धारणा छ।

वक्तव्यमा भनिएको छ, “नेपाल–भारत संयुक्त सीमा आयोगले आफ्नो अधिकांश काम सम्पन्न गरिसकेको छ। तर उक्त आयोग वा कुनै आधिकारिक निकायले नेपालले भारतीय भूमि अतिक्रमण गरेको निष्कर्ष सार्वजनिक गरेको छैन। बरु कालापानी, लिम्पियाधुरा, लिपुलेक तथा सुस्ता जस्ता क्षेत्रमा नेपालले आफ्नो दाबी कायम राख्दै आएको तथ्य स्थापित छ।”

सीमाविद्हरूले राष्ट्रिय सीमा, सार्वभौमिकता र भौगोलिक अखण्डताजस्ता विषय अत्यन्त संवेदनशील भएकाले यस्ता विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा प्रमाण, तथ्य र आधिकारिक अध्ययनका आधारमा मात्र बोल्नुपर्ने बताएका छन्। उनीहरूले नेपाल सरकारले अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिसकेको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति अझ बढी विवादास्पद बनेको उल्लेख गरेका छन्।

विज्ञहरूले प्रधानमन्त्री शाहसँग उनले कुन तथ्य, प्रमाण वा अध्ययनका आधारमा “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने निष्कर्ष सार्वजनिक गरे भन्ने विषयमा स्पष्ट जवाफ मागेका छन्। उनीहरूको भनाइमा यस्ता अभिव्यक्तिले राष्ट्रिय हितको विषयमा स्पष्टता ल्याउनुको सट्टा अनावश्यक अन्योल र भ्रम सिर्जना गर्ने खतरा हुन्छ।

वक्तव्यमार्फत सीमाविद्हरूले प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा आफ्नो भनाइको आधार खुलाउन, आवश्यक परे स्पष्टीकरण दिन तथा उक्त अभिव्यक्तिका कारण उत्पन्न भ्रमप्रति क्षमायाचना गर्न आग्रह गरेका छन्।

त्यसैगरी, प्रतिनिधिसभामा रेकर्ड भएको प्रधानमन्त्रीको उक्त भनाइलाई संसद्को आधिकारिक अभिलेखबाट हटाउन सभामुखसँग समेत उनीहरूले माग गरेका छन्।

प्रधानमन्त्री शाहले आइतबार संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा आफू प्रधानमन्त्री बनेपछि सीमासम्बन्धी नयाँ तथ्यहरू जानकारीमा आएको र केही स्थानमा नेपालबाट पनि भारतीय भूमि अतिक्रमण भएको देखिएको बताएका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्त, कूटनीतिक क्षेत्र तथा सीमासम्बन्धी विज्ञहरूमाझ व्यापक बहस सुरु भएको छ।

सीमा विषयमा सरकार र सीमाविद्हरूबीच देखिएको यो मतभेद आगामी दिनमा थप राजनीतिक तथा कूटनीतिक बहसको विषय बन्न सक्ने देखिएको छ।

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण, ‘भारतको भूमि मिचेको’ होइन, ‘सीमा वारपारको भोगाधिकार’को सन्दर्भ रहेको दाबी

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा दिएको “नेपालले पनि भारतको जग्गा मिचेको छ” भन्ने अभिव्यक्तिलाई लिएर देशभर बहस र विवाद चर्किरहेका बेला परराष्ट्र मन्त्रालयले त्यसबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छ।

मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने अर्थमा नभई दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा उपयोग तथा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–भारतबीचको खुला तथा लामो सीमाका कारण केही स्थानहरूमा एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गा उपयोग गर्दै आएको अवस्था रहेको छ। प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय पनि यही प्राविधिक यथार्थसँग सम्बन्धित रहेको मन्त्रालयको दाबी छ।

मन्त्रालयले जारी गरेको स्पष्टीकरणमा भनिएको छ, “प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित हो। नेपाल–भारत सीमा निर्धारण गर्दा विशेषगरी नदी क्षेत्रमा अवलम्बन गरिएको सीमा सिद्धान्तका कारण कतिपय स्थानमा एक देशका नागरिकले अर्को देशको भूभागभित्र खेतीपाती गर्ने, बसोबास गर्ने तथा जग्गा उपयोग गर्ने अवस्था देखिएको छ।”

सुस्ता र कालापानी क्षेत्र अझै विवादित

परराष्ट्र मन्त्रालयले नेपाल–भारत सीमा सम्बन्धको ऐतिहासिक पृष्ठभूमिसमेत स्मरण गराउँदै नेपालको वर्तमान अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार सुस्ता तथा लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको सीमांकन सम्बन्धी विषय अझै समाधान हुन बाँकी छ। ती क्षेत्रबाहेक अन्य कतिपय स्थानमा दशगजा अतिक्रमण तथा सीमा वारपारको उपयोग सम्बन्धी समस्या देखिँदै आएको जनाएको छ।

संयुक्त प्राविधिक टोलीको अध्ययन जारी

परराष्ट्र मन्त्रालयले नेपाल र भारतबीचको सीमालाई व्यवस्थित र वैज्ञानिक बनाउन संयुक्त प्राविधिक संयन्त्रहरू सक्रिय रहेको जनाएको छ। सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको संरक्षण तथा सीमा वारपारको उपयोगसम्बन्धी तथ्याङ्क संकलनको काम दुई देशका प्राविधिक टोलीहरूले संयुक्त रूपमा गरिरहेको मन्त्रालयको भनाइ छ।

लामो समयदेखि रोकिएको सीमा अध्ययनसम्बन्धी प्राविधिक समितिको काम हाल पुनः सञ्चालनमा आएको र सीमा क्षेत्रमा संयुक्त अध्ययन तथा लगत संकलनको कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ।

‘भारतको भूमि नेपालतिर र नेपालको भूमि भारततिर उपयोग भएको अवस्था’

परराष्ट्र मन्त्रालयले हालसम्मको प्राविधिक अध्ययनले केही स्थानमा नेपालको उपयोग र नियन्त्रणमा रहेको भूभाग भारततर्फ पर्न सक्ने तथा भारतको उपयोगमा रहेको केही भूभाग नेपालतर्फ पर्न सक्ने देखाएको जनाएको छ।

मन्त्रालयले स्पष्ट रूपमा भनेको छ, “प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने’ भन्ने अभिव्यक्ति यही प्राविधिक अध्ययन, सीमा व्यवस्थापनको वास्तविक अवस्था तथा क्रस बोर्डर अकुपेसनको सन्दर्भमा आएको हो।”

सीमाविद् र सरकारबीच मतभेद

प्रधानमन्त्रीको अभिव्यक्तिपछि केही सीमाविद् तथा सीमा-अध्येता विज्ञहरूले त्यसलाई तथ्यहीन र राष्ट्रिय हितविपरीत भएको टिप्पणी गर्दै प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टीकरण र क्षमायाचनाको माग गरेका थिए।

तर परराष्ट्र मन्त्रालयको पछिल्लो स्पष्टीकरणपछि प्रधानमन्त्रीले प्रयोग गरेको शब्दावली र त्यसको वास्तविक आशयबीच फरक व्याख्या देखिएको छ। सरकारको दाबी अनुसार यो विषय सीमा अतिक्रमणभन्दा बढी सीमा व्यवस्थापन, दशगजा क्षेत्रको संरक्षण तथा सीमा वारपारको भोगाधिकारसँग सम्बन्धित प्राविधिक प्रश्न हो।

यससँगै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सुरु भएको राजनीतिक तथा कूटनीतिक बहस अब नयाँ मोडमा पुगेको छ। सरकार र सीमाविद्हरूबीच देखिएको दृष्टिकोणको अन्तरले आगामी दिनमा नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी बहसलाई अझ तीव्र बनाउने देखिएको छ।

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor