Washington DC, US : March 12, 2026, Thursday 02:11 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे|निर्वाचन आयोगद्वारा १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल

च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न

  NepalMother.com | २७ फाल्गुन २०८२, बुधबार १६:५५

न्यूयोर्क, ८ मार्च २०२६ / जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरले आफ्नो छैटौँ वार्षिकोत्सव तथा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ। न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालको अडिटोरियम हलमा अपराह्न २ बजेबाट सुरु भएको कार्यक्रम साँझ ८ बजेसम्म सञ्चालन गरिएको थियो।

कार्यक्रम न्यूयोर्क राज्यकी सिनेटर जेसिका रामोसको प्रमुख आतिथ्यता तथा एसेम्ब्ली सदस्य जेसिका गोन्जालेसको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन ज्येष्ठ समाजसेवी शारदा क्षेत्रीले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। कार्यक्रममा फाउन्डेशनका प्रवक्ता तथा कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले अतिथिहरूलाई स्वागत मन्तव्य राख्दै स्वागत गर्नुभएको थियो।

प्रमुख अतिथि सिनेटर जेसिका रामोसले नेपाली समुदाय संख्या हिसाबले सानो भए पनि सामाजिक सेवामा उल्लेखनीय योगदान दिइरहेको उल्लेख गर्नुभयो। उहाँले फाउन्डेशनका संस्थापक अध्यक्ष तथा समाजसेवी सोमनाथ घिमिरे र उहाँको टोलीले कोभिड–१९ महामारीको कठिन समयमा समेत निरन्तर समाजसेवामा सक्रिय रहँदै समुदायलाई सहयोग पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो। साथै, घिमिरेलाई भविष्यमा न्यूयोर्क राज्यको डिस्ट्रिक्ट एसेम्ब्लीमा प्रतिनिधित्व गरेको देख्न चाहेको भन्दै उहाँको सामाजिक तथा राजनीतिक यात्राको सफलताको कामना गर्नुभयो।

विशेष अतिथि एसेम्ब्ली सदस्य जेसिका गोन्जालेसले फाउन्डेशनले समुदायमा गरिरहेको सेवा कार्यबाट आफू प्रभावित भएको बताउँदै वार्षिकोत्सव तथा महिला दिवस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रसाद कम्युनिटी अफेयर्स फूड प्यान्ट्रीकी अध्यक्ष जेन्नी प्रसादले जिपी कोईराला फाउन्डेशनसँग लामो समयदेखि सहकार्य गर्दै आएको बताउँदै फाउन्डेशनले गरीब, असहाय र विद्यार्थी वर्गलाई खाद्यान्न वितरण लगायतका मानवीय कार्य गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो।

त्यसैगरी, एनआरएनए अमेरिकाकी सचिव तथा महिला नेतृ लक्ष्मी थापाले महिला सशक्तिकरणको आवाज अहिले विश्वभर गुञ्जिरहेको उल्लेख गर्दै नेपाली महिलाहरू पनि विभिन्न क्षेत्रमा उदाहरणीय रूपमा अघि बढिरहेको बताउनुभयो। एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष **डण्डपाणी लामिछाने (वासु)**ले महिलाहरू अब घरभित्र सीमित नरही समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा देखिन थालेको धारणा राख्नुभयो।

कार्यक्रममा जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष दिनदयाल भण्डारी (दिनेश), रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेश भट्ट, पत्रकार किरण मरहट्टा, साहित्यकार गीता खत्रीराम खत्री, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष वसन्ती राई, संयुक्त राष्ट्रसंघ आध्यात्मिक संघका अध्यक्ष गुरु दिलीप थांकापन, समाजसेवी मनिता गुरुङ, अनिता परियार, कल्पना घिमिरे, पुष्पा अधिकारी, कुन्ती थापा, लक्ष्मी कार्की, मिलन शाही, दोलखा समाज अमेरिकाका अध्यक्ष भोजराज ठोक्कर, न्यूयोर्क सिटी काउन्सिल बोर्ड सदस्य वीरेन्द्र मानन्धर, माइनोरिटी इम्पावरमेन्ट न्यूयोर्कका अध्यक्ष श्याम कार्की, नेपाली ममः क्याफेका सञ्चालक हरी मगर, फाउन्डेशनका आजीवन सदस्य शेखर कार्की, भीमसेन महत, समाजसेवी राजेन्द्र श्रेष्ठ, एनआरएनए नेता तथा गोर्खा समाजका अध्यक्ष ओम विश्वकर्मा लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू पनि आकर्षणको केन्द्र बनेका थिए। चिनियाँ सांस्कृतिक नृत्यसँगै नेपाली सांस्कृतिक प्रस्तुति राखिएको थियो। साथै, २० पटकका गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर दिनेश सुनार पार्कोर तथा हास्य कलाकार एवं जादुगर महादेव त्रिपाठीले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।

कार्यक्रमका क्रममा सिनेटर जेसिका रामोसले ८९ वर्षीया रानी जुम्रत्ता हिल्डा रहमान र सामाजिक अभियन्ता शान्ता ठोकर (संयुक्त राज्य अमेरिकामा पहिलो नेपाली कराटे डोजो स्थापना गर्ने)लाई सम्मानपत्र प्रदान गर्नुभयो। त्यसैगरी अमेरिकी कांग्रेस सदस्य ग्रेस मेंगको तर्फबाट समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउने महिलाहरू लक्ष्मी थापा, सुनिता भण्डारी, रश्मी श्रेष्ठ, कञ्चन लामा, पुष्पा अधिकारी गौतमफुडोमा शेर्पालाई विशेष प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले फाउन्डेशनले हालसम्म गरेका सामाजिक गतिविधिहरूको चर्चा गर्दै आगामी दिनमा पनि सबैको सहयोग र सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो।

त्यस्तै, फाउन्डेशनका संस्थापक अध्यक्ष तथा समाजसेवी सोमनाथ घिमिरेले स्थापना कालदेखि नै आफ्नो टोलीले निस्वार्थ भावनाका साथ समाजसेवामा निरन्तर काम गर्दै आएको बताउनुभयो। साथै, आफू न्यूयोर्क डिस्ट्रिक्ट–३० बाट राज्य एसेम्ब्लीका लागि हुने प्राइमरी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको उल्लेख गर्दै समुदाय तथा नागरिक समाजसँग सहयोगको अपिल गर्नुभयो।

कार्यक्रमको सञ्चालन सोनिया लामाले गर्नुभएको थियो। कार्यक्रममा राजु रौनियार, नील तामाङ, राधा ज्ञवालीभावना सिंखडाले स्वयंसेवकको रूपमा योगदान दिएका थिए भने फाउन्डेशनका कार्यसमिति सदस्यहरू रामचन्द्र अधिकारी, सूर्य सिंखडा, ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्रीराजेश आचार्य लगायतले कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।