Washington DC, US : March 27, 2026, Friday 06:54 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बिशेष सम्पादकीय : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद्का अवसर, चुनौती र जिम्मेवारी|Breaking News : नेपालमा नयाँ सरकार गठन, प्रधानमन्त्री बालेन्द्र शाह र १४ जना मन्त्री, सबैले गरे आफ्नो आफ्नो मन्त्रालयमा पदभार ग्रहण|अमेरिकामा सरकारी बन्दले विमानस्थल अस्तव्यस्त, “राष्ट्रिय आपतकालीन अवस्था”, TSA कर्मचारीलाई तुरुन्त पारिश्रमिक दिन आदेश जारी|“पत्रकार तथा सञ्चार जगत” शीर्षकमा उल्लेख गरिएको एक अंशले अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको गम्भीर ध्यानाकर्षण|इरान “असामान्य” र “अझै पनि गम्भीर नभएका” भन्दै आलोचना गरे ट्रम्पले, गम्भीर हुन चेतावनी, ढिलो गरे परिणाम झन् गम्भीर हुने|इरानको नौसेना प्रमुख अलिरेजा तंगसिरी आक्रमणमा मारिए|बालेन शाह संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन, प्रधानमन्त्री बन्ने संवैधानिक बाटो स्पष्ट, अब राष्ट्रपतिबाट औपचारिक नियुक्ति|“ओलीको आजको भासण सुन्दा लाग्यो उनी न कहिलै सुध्रिन्छन, न लाज मान्छन । हुन त ज्योति मगर, रबि चुडाल, गुन्डु वालाहरुको संगत जो छ !”|इरानले अमेरिकाले प्रस्तुत गरेको युद्ध अन्त्यको प्रस्ताव अस्वीकार|‘सधैं साथमा तिम्रो’ : सुरेश बस्नेत र रेहा पोखरेलको नयाँ अबतार

तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन ! नेपालको राजनीतिक इतिहासमा ओली जति अहंकारी, घमण्डी, तानाशाह अरु को होला र ? उनले प्रचण्डलाई पनि माथ गरेका छन् । - रामप्रसाद खनाल

  NepalMother.com | २२ फाल्गुन २०८२, शुक्रबार ०९:३१

समय बलवान हुन्छ। समय आउँछ, तर कहिल्यै कसैलाई पर्खिँदैन। इतिहासले बारम्बार देखाएको सत्य यही हो कि समयको चाल नबुझ्नेहरू, चाहे उनीहरू जति शक्तिशाली किन नदेखिऊन्, अन्ततः समयको भेलमा बगेर हराउँछन्। समयसँगै परिवर्तन स्वीकार्न नसक्नेहरू पुराना हुन् वा नयाँ, कुनै न कुनै मोडमा इतिहासको पानाबाट हराउँदै जान्छन्। त्यसैले चेतनशील समाजका लागि सबैभन्दा ठूलो पाठ यही हो समय बुझ्नु, समय अनुसार चल्नु, र समयले दिएको संकेतलाई गम्भीरतापूर्वक ग्रहण गर्नु।

नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा देखिएको एक प्रमुख पात्र केपी शर्मा ओली हुन्। उनी बोल्न जान्ने, भाषणमा माहिर, व्यंग्य र कटाक्ष प्रयोग गरेर जनतालाई आकर्षित गर्न सक्ने नेता मानिन्छन्। तर कहिलेकाहीँ यही बोल्ने सिप, यही मुखको धार, उनीकै लागि “बैरी थुतुनो” बन्न पुगेको देखिन्छ। अत्यधिक आत्मविश्वास, व्यंग्यात्मक शैली र आलोचकलाई तुच्छ देखाउने प्रवृत्तिले उनको राजनीतिक छवि बलियो बनाउनुको सट्टा अहिले कमजोर पनि बनाएको छ।

यही अवस्थामा केही समर्थकहरूले उनलाई “राष्ट्रिय बा” भन्दै महिमा मण्डन गर्न थाले। राजनीतिमा नेताको आलोचनात्मक मूल्यांकन हुनु पर्ने ठाउँमा अत्यधिक प्रशंसा र अन्ध समर्थनको वातावरण सिर्जना हुँदा त्यसले नेताको विवेकलाई सन्तुलित बनाउनुको सट्टा अझ बढी अहङ्कारी, घमण्डी र एकतर्फी बनाउने खतरा हुन्छ। एमालेभित्र पनि यस्तो प्रवृत्ति बढेको छ।

कुनै समय पुष्पलाल श्रेष्ठ, मोहनचन्द्र अधिकारी, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रित र मोदनाथ प्रश्रित जस्ता नेताहरूको नैतिक र वैचारिक धरातलमा उभिएको एमाले आज धेरैको नजरमा फरक दिशामा पुगेको देखिन्छ। उनीहरूले बनाएको राजनीतिक संस्कार, वैचारिक अनुशासन र संगठनात्मक मर्यादा अहिले कमजोर हुँदै गएको अनुभूति धेरै पुराना कार्यकर्ताले व्यक्त गर्ने गरेका छन्।

राजनीतिक यात्रामा सबैभन्दा विवादास्पद मोड भनेको केपी ओलीले प्रचण्डसँग गरेको गठबन्धन थियो। प्रचण्ड जसलाई आलोचकहरूले “भस्मासुर” जस्तो छवि भएको नेता भन्छन्उ नीसँगको सहकार्यले तत्कालीन अवस्थामा सत्ताको गणित मिलाएको भए पनि, त्यसले एमालेको वैचारिक पहिचान र नैतिक धरातललाई प्रश्नको घेरामा पारेको धेरै विश्लेषकहरूको भनाइ छ। त्यसबेला ओलीले राजनीतिक समिकरण मिलाउन प्रचण्डलाई “सुनपानी छर्केर” पार्टीभित्र भित्र्याएको आरोप लाग्यो।

पछि के भयो, त्यो नेपाली जनताले आफ्नै आँखाले देखे। एमाले माओवादी एकता, नेकपाको निर्माण, त्यसपछि भंग, फेरि विभाजन यी सबै घटनाले नेपाललाई झन् कमजोर बनायो। एकता हुँदा “ऐतिहासिक उपलब्धि” भनिएको त्यो प्रक्रिया केही वर्षमै विघटनमा पुग्दा धेरै कार्यकर्ताको मनोबल खस्किएको थियो।

अहिले देखिँदै गएको अर्को प्रवृत्ति भनेको विभिन्न विवादित व्यक्तिहरू जस्तै पहिला दुर्गा प्रसाईं, अहिले ज्योति मगर, रबी चुँडाल, चक्रे मिलन, गुन्डु ग्याङ्ग जस्ता नामहरू एमालेको राजनीतिक बहसमा जोडिनु, ओलीले तिनैलाई काखा र अशली एमाले जनहरु पाखा गर्नु पनि एमाले पतनको कारण बन्न पुगेको देखिन्छ । आलोचकहरू भन्छन्, यस्तो प्रवृत्तिले राजनीतिक दलको वैचारिक मर्यादा घटाउँछ र गम्भीर राजनीतिक आन्दोलनलाई हलुका बनाउँछ। जब राजनीतिक नेतृत्वले यस्ता शक्तिहरूलाई नजिक राख्छ, त्यो दिनदेखि नै नैतिक रूपमा दलको पतन सुरु हुन्छ भन्ने धारणा पनि सुनिन्छ।

बुझ्नु पर्ने कुरा के हो भने – हिजो दुर्गा प्रसाईँ, आज ज्योति मगर, रबी चुँडाल, चक्रे मिलनहरू र गुन्डु ग्याङ्ग दाहिने बन्ने, दाहिने हुने ओली र ओली नेतृत्वको एमालेको त्यही दिन नैतिक रूपमा मृत्यु भएको हो जुन बेला अर्का भस्मासुर छविलाल उर्फ प्रचण्ड र उनको हत्यारा ग्याङ्ग लाई ओलीले सुन पानी छर्केर भित्र्याएका थिए। पछि के के भयो दुनियाले देखे जानेको कुरा हो। अहिले के के हुँदै छ तस्विर बिस्तारै देखिँदै छ ।

यस प्रसङ्गमा कतिपयले शेरबहादुर देउवाको उदाहरण पनि दिन्छन्। देउवा धेरै बोल्दैनन्, सार्वजनिक भाषणमा तीखा टिप्पणी कम गर्छन्। उनलाई कहिलेकाहीँ कमजोर नेतृत्वको आरोप पनि लाग्छ। तर उनका आलोचकहरू समेत एउटा कुरा स्वीकार गर्छन्उ नी प्रायः आफ्नो मुख सम्हालेर बोल्छन्। राजनीतिक तनाव, आलोचना, यहाँसम्म कि शारीरिक आक्रमणको घटनामा समेत उनले सार्वजनिक रूपमा संयमता देखाउने प्रयास गरेका छन्।

राजनीतिमा कहिलेकाहीँ कम बोल्ने तर समय बुझ्ने नेता पनि टिक्न सक्छन्। ओली–प्रचण्ड सहकार्यको राजनीतिक प्रयोगले कांग्रेस र एमाले दुबैलाई कमजोर बनाएको विश्लेषण पनि गरिन्छ। तर पछिल्लो समय शेरबहादुर देउवा र आरजु राणा जस्ता नेताहरूले समयको संकेत बुझ्दै राजनीतिक रणनीति परिवर्तन गर्न थालेको चर्चा सुनिन्छ।

यो मामला मा त बरु बोल्न नजाने पनि शेर बहादुरलाई मान्नु पर्छ । पिटाइ पनि खाए बिचराले, पैसा पनि जलाए तर मुख सम्हाले, मुखलाई “थुतुनो” भनाउन दिएनन् । ओली प्रचण्डको सङ्गतले आफू सकिए पनि, हुँदा खाँदाको काँग्रेस सकाए पनि यो निरीह अवस्थामा पुगेका शेर बहादुर र आरजु समय बुझे र चुनाव अगावै सिंगापुर उडे। तर यता ५ मिनेटले गर्दा बाँचेको हुँ भन्ने “ओली महाराजा” ले अझै पनि समय बुझ्न तयार देखिएका छैनन् । ओलीले आफू खरानी बन्दै गर्दा एमाले पनि खरानी बनाउने लक्षण देखाइरहेका छन् ।

यता ओली भने अझै पनि आफूलाई अजेय ठान्ने मनोवृत्तिमा देखिन्छन् भन्ने आलोचना बढ्दै गएको छ। केही विश्लेषकहरू भन्छन् यदि नेता आफैं पतनको बाटोमा लागे भने त्यो केवल उनको व्यक्तिगत पतन हुँदैन, त्यो सँगै उनको दल र विचारधारालाई पनि कमजोर बनाउने प्रक्रिया बन्छ।

ओली निसन्तान भएकाले उनी व्यक्तिगत रूपमा आफ्नो राजनीतिक विरासतबारे कम चिन्तित हुन सक्छन् भन्ने टिप्पणी पनि कतिपयले गर्छन्। तर पार्टीभित्र रहेका हजारौं कार्यकर्ता, उनीहरूका परिवार, उनीहरूको राजनीतिक भविष्य यी सबै एमालेको अस्तित्वसँग जोडिएका छन्। यदि पार्टी कमजोर भयो भने त्यसको असर केवल एक व्यक्तिमा होइन, पूरै पुस्तामा पर्छ।

तर अहिले पार्टीभित्र धेरै नेता र कार्यकर्ताहरू अझै पनि ओलीकै स्वरमा स्वर मिलाउँदै, उनको समर्थनमा शंख फुक्दै हिँडिरहेका देखिन्छन्। राजनीतिक इतिहासले भने एउटा कठोर सत्य सिकाएको छ नेताहरूको अन्ध समर्थन गर्नेहरूले अन्ततः पार्टीलाई नै संकटमा पार्छन्।

यस्तो राजनीतिक यात्राले अन्ततः सबैलाई एउटै ठाउँमा पुर्‍याउँछ आर्यघाट। सत्ता, शक्ति, पद, प्रतिष्ठा सबै क्षणिक हुन्। इतिहासले अन्ततः मानिसलाई होइन, उसको कर्म र योगदानलाई मात्र सम्झिन्छ।

ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन खलनायकका रुपमा। समयको संकेत बुझ्नेहरू टिक्छन्, समयलाई चुनौती दिनेहरू हराउँछन्। एमालेका कार्यकर्ताहरूले समयमै यो सन्देश बुझ्ने कि नबुझ्ने त्यो उनीहरूकै हातमा छ। आगे एमालेजनहरूकै जो मर्जी।

चुनावको नतिजा र मेरो बुझाई सारांशमा:

१- ओली, देउवा, प्रचण्ड, माधव, बाबुरामहरूले सधैँ जनता झुक्याएका थिए, अहिले जनताले उनीहरूलाई झुक्याएका हुन् ।
२- वास्तवमा विदेशी दलाल नेपालमा कोही हुन् भने ती ओली, देउवा, प्रचण्ड, माधव, बाबुरामहरू नै हुन् तर यिनीहरू र यिनीहरूका पिछलग्गुहरूले अरूलाई दलाल भने, लुसिफर भने, भन्नु नभन्नु सबै भने, बोल्ने भन्दा नबोल्ने कुरा बढी बोले, अहङ्कार र दम्भ अनि राक्षसी अट्टहास हाँस्न थाले पछि जनताले अति भयो लौखा भने देखाइदिएका मात्र हुन् ।
३- रबी दोषी छन् या छैनन् त्यो मुद्दा अदालतमा विचाराधीन छ, अदालतले फैसला गर्ने नै छ ढिलो चाँडो । त्यो मुद्दामा धेरै नबोलौँ तर भ्रष्टाचार, अन्याय, अत्याचार, कुशासनका नायकहरू ओली, देउवा, प्रचण्ड, माधवहरूले राज्य शक्तिको दुरुपयोग गरेर रबिलाई अलि बढी नै पेलेकै हुन् , आवश्यक भन्दा बढी राज्य शक्ति दुरुपयोग गरेकै हुन् त्यो जनताले हेरेका थिए अनि यो अवस्था सिर्जना भएको हो।
४- बालेनका कैयौँ अवगुण पनि छन् उनी एकाङ्की पनि छन् सन्काहा पनि छन् तर ओली, देउवा, प्रचण्ड, माधव, बाबुरामहरू जस्ता भ्रष्ट, लुटेरा थिएनन् कसैले खोट लगाउने ठाउँ अहिले सम्म दिएका थिएनन् त्यसैले पनि जनताले पत्याए र भोट खन्याए ।
५- समग्रमा नयाँ प्रतिको आकर्षण अलिकति र पुराना एमाले, काङ्ग्रेस, माओवादी लगायतका दलहरू र ओली, देउवा, प्रचण्ड, माधव, बाबुरामहरूको ठुलो विकर्षण चुनावमा प्रकट भयो जुन अहिले देखिँदै छ ।
* बुझ्नु पर्ने कुरा : २०६४ मा जनताले प्रचण्ड, बाबुराम र माओवादीलाई कसरी भोट खन्याएका थिए तर पछि के भयो ? अहिले माओवादी कहाँ गयो के भयो ? यस बाट राम्रोसँग पाठ सिकेर बालेन र नयाँ अनुहारहरूले अगाडी बढुन् । देश र जनताका लागि राम्रो गर्न सकुन्, भोली नाम निशान मेटिने गरी सत्ताको मोहमा ओली, देउवा, प्रचण्ड, माधव, बाबुरामहरू जस्तै नलागुन्, शुभकामना।
** अन्त्यमा तितो लाग्ने तर एउटा अकाट्य सत्य कुरा भन्छु – यो संविधान र यस अन्तरगत हुने कुनै पनि चुनावले देशलाई पूर्ण निकास दिन सक्दै सक्दैन। देश र जनताको हितका लागि सबै पक्ष बिच साझा सहमति र नयाँ बाटो आवश्यक छ । सत्य तितो लाग्न सक्छ । तर अहिलेको यथार्थता यही नै हो है ! चेतना भया !!

Govt committed to reforms in economic, good governance sectors: PM Oli

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।