Washington DC, US : November 23, 2026, Monday 02:06 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नेपालको न्याय प्रणाली, प्रहरी स्वयमलाई गिज्याउने एउटा नयाँ कागजी अनुहार|प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा, मोदीसँग सोमबार उच्चस्तरीय वार्ता|‘सिन्दुरे जात्रा’ मंसिर १८ देखि प्रदर्शनमा, दर्शकमाझ बढ्दो उत्साह|म त मर्छु कि क्या हो ? Episode – 11|दैलेखमा हृदयविदारक घटना : आफ्नै परिवारमाथि बन्चरो प्रहार, श्रीमती र दुई सन्तानको मृत्यु, ६ वर्षीय छोरा जीवनमरणको संघर्षमा|ट्रम्पले स्टिफन मिलरलाई सोधे ‘राष्ट्रपति चुनाव लड्ने हो ?’|ट्रम्पद्वारा राष्ट्रिय साइबर सुरक्षा निर्देशक बर्खास्त, हवाई सेवा, बैंकिङ र सरकारी प्रणाली प्रभावित|अमेरिकाले इरानमाथि लगाएको समुद्री नाकाबन्दीका कारण विश्वव्यापी व्यापार र ढुवानी खर्च प्रभावित, युद्धमा अमेरिकाको करिब ४८ अर्ब डलर खर्च|चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबीच ऐतिहासिक त्रिपक्षीय वार्ता सम्पन्न, विश्वशान्ति र आणविक सुरक्षामा संयुक्त घोषणा|काठमाडौंलाई २४ सै घण्टा खुला गर्ने तयारी

प्रवासी नेपालीहरुको माग कुन कुन दलले सुन्लान हेरौं ! प्रवासी नेपालीको माग: वंशज नागरिकता निरन्तरता र मताधिकार घोषणापत्रमा समेट्न अपिल

  NepalMother.com | ७ फाल्गुन २०८२, बिहीबार १०:११

काठमाडौं । आसन्न संघीय प्रतिनिधिसभा सदस्यको आम निर्वाचन २०८२ लाई लक्षित गर्दै विश्वभर छरिएका प्रवासी नेपालीहरूले आफ्ना साझा माग र मुद्दाहरू सबै राजनीतिक दलका घोषणापत्रमा समेट्न आग्रह गरेका छन्।

उत्तर अमेरिकास्थित एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) का अध्यक्ष खगेन्द्र अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमार्फत नेपालका सम्पूर्ण राजनीतिक दल, तिनका आधिकारिक उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूलाई सम्बोधन गर्दै यस्तो अपिल गरिएको हो।

विज्ञप्तिमा “नेपाल नेपालीको हो र वंशजको नेपाली नागरिकता सधैं कायम रहनुपर्छ” भन्ने धारणा प्रवासी नेपालीहरूको सर्वसम्मत निष्कर्ष भएको उल्लेख गरिएको छ। करिब एक करोडको संख्यामा रहेका प्रवासी नेपाली समुदायले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरतासहित अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रेस विज्ञप्तिमा हाल नेपाल सरकारबाट प्रदान गरिँदै आएको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने माग पनि अघि सारिएको छ। साथै, प्रवासी नेपालीहरूको नेपालमा रहेको जायजेथा, चल–अचल तथा पैत्रिक सम्पत्तिको सुरक्षित व्यवस्थापन, निर्वाचनमा मताधिकारको व्यवस्था, तथा नेपालमा आर्थिक र सीप लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण निर्माण गर्नुपर्ने विषयलाई घोषणापत्रमा प्राथमिकतासाथ समेट्न आग्रह गरिएको छ।

त्यस्तै, वैदेशिक लगानी नेपाल भित्र्याउने क्रममा देखा परिरहेका प्राविधिक, कानूनी र व्यावहारिक अड्चनहरू हटाउन स्पष्ट नीति र कानूनी प्रबन्ध गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। प्रवासबाट लगानी गर्न इच्छुक नेपालीहरूका लागि झन्झटिलो प्रक्रिया, प्रशासनिक ढिलासुस्ती तथा अस्पष्ट कानूनी संरचना मुख्य अवरोधका रूपमा रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा विदेशस्थित कूटनीतिक नियोग तथा नेपाली राजदूतावासहरूबाट सेवाग्राहीलाई प्रदान गरिने सेवामा देखिएको ढिलासुस्तीप्रति समेत ध्यानाकर्षण गराइएको छ। ती निकायबाट छिटोछरितो, पारदर्शी र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने रणनीति राजनीतिक दलहरूले आफ्नो भावी कार्ययोजनामा समेट्नुपर्ने माग गरिएको छ।

आसन्न निर्वाचनलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै प्रवासी नेपाली समुदायले आफ्ना साझा र अत्यन्त महत्वपूर्ण मुद्दाहरू सबै दलका घोषणापत्रमा स्पष्ट रूपमा उल्लेख गरी सार्वजनिक गर्न आग्रह गरेको छ।

“समस्त प्रवासी नेपाली डायसपोराको तर्फबाट” जारी उक्त अपिलमा अध्यक्ष खगेन्द्र अधिकारीले सबै राजनीतिक शक्तिहरूलाई प्रवासी नेपालीका जायज मागप्रति संवेदनशील भई ठोस योजना सार्वजनिक गर्न अनुरोध गरेका छन्।

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।