Washington DC, US : February 8, 2026, Sunday 07:21 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

अमेरिका र भारतबीच छिट्टै ‘व्यापार सम्झौता’ मा हस्ताक्षर हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच फोनवार्तापछि यस्तो सहमति भएको ट्रम्पले घोषणा गरे

  NepalMother.com | २१ माघ २०८२, मंगलवार २०:१५

वाशिङ्टन। अमेरिका र भारतबीच ‘व्यापार सम्झौता’ भएको दाबी सार्वजनिक भए पनि त्यसका वास्तविक शर्त, दायरा र कार्यान्वयनबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच फोनवार्तापछि यस्तो सहमति भएको ट्रम्पले घोषणा गरे पनि भारत सरकारले धेरै विषयमा मौनता राखेको छ। ट्रम्पका अनुसार भारतले रुसबाट तेल खरिद बन्द गर्न सहमति जनाएपछि अमेरिकी बजारमा भारतीय सामानमाथि लाग्दै आएको उच्च भन्सार दर घटाइने भएको हो। यसअनुसार हालसम्म ५० प्रतिशतसम्म पुगेको भन्सार दर १८ प्रतिशतमा झारिने दाबी गरिएको छ। ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार रुसबाट तेल किनेको कारण अघिल्लो वर्ष भारतमाथि लगाइएको थप २५ प्रतिशत दण्डात्मक भन्सारसमेत हटाइनेछ।

तर भारत सरकारको आधिकारिक धारणा भने यसभन्दा धेरै संयमित देखिएको छ। भारतीय वाणिज्य मन्त्री प्रियुष गोयल ले अमेरिका–भारतबीच छिट्टै सम्झौतामा हस्ताक्षर हुने बताएका छन्, तर सम्झौतामा के–के सहमति भयो भन्ने विवरण सार्वजनिक गरिएको छैन। संयुक्त वक्तव्य अन्तिम चरणमा पुगेपछि मात्र आउने बताइएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत मोदीलाई “निकट मित्र” भन्दै भारतले अब अमेरिकी तेल, प्रविधि, कृषि, कोइला लगायत विभिन्न क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीको सामान खरिद गर्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन्। साथै भारतले अमेरिकी सामानमा लाग्ने भन्सार तथा गैर–भन्सार अवरोध शून्यमा झार्ने सहमति पनि भएको उनले उल्लेख गरेका छन्।

तर मोदीले सामाजिक सञ्जालमा दिएको प्रतिक्रियामा ‘व्यापार सम्झौता’ शब्द प्रयोग नगरी भारतीय उत्पादनमा १८ प्रतिशत भन्सार दर लाग्ने निर्णयलाई मात्र स्वागत गरेका छन्। रुसबाट तेल खरिद रोक्ने, अमेरिकी सामान ठूलो परिमाणमा किन्नेजस्ता विषयमा उनले कुनै उल्लेख गरेका छैनन्। यही फरक अभिव्यक्तिले सम्झौताबारे अन्योल बढाएको विश्लेषकहरूको भनाइ छ। अर्थशास्त्री जयती घोष का अनुसार अहिलेसम्म कुनै औपचारिक सम्झौतामा हस्ताक्षर भएको छैन। उनका अनुसार सार्वजनिक भएका संकेतहरू हेर्दा यो भारतका लागि फाइदाजनक देखिँदैन र भित्रभित्रै अझ कडा शर्तहरू लुकेका हुन सक्ने आशंका छ।

पृष्ठभूमिमा हेर्दा अमेरिका र चीन भारतका दुई ठूला व्यापारिक साझेदार हुन्। पछिल्लो वर्ष अमेरिकासँग भारतको व्यापार करिब १२९ अर्ब डलर पुगेको थियो भने चीनसँगको व्यापार पनि लगभग त्यत्तिकै रहेको छ। भारतले अमेरिकामा औषधि, विद्युतीय सामग्री, गहना र कपडा निर्यात गर्छ भने अमेरिकाबाट तेल, इन्धन, मेसिनरी र प्रविधिजन्य सामग्री आयात गर्छ। ट्रम्पले दाबी गरेको ५०० अर्ब डलरको अमेरिकी सामान खरिद भने भारतको वार्षिक बजेटको झन्डै ८५ प्रतिशत बराबर पर्छ। व्यापार विज्ञ बिस्वजित धर का अनुसार यस्तो प्रतिबद्धता व्यवहारिक देखिँदैन। उनका शब्दमा, अमेरिका १८ प्रतिशत भन्सार लगाउँछ र भारतले शून्य भन्सार दिनुपर्छ भने त्यो भारतका लागि उत्सवको विषय हुन सक्दैन।

सबैभन्दा संवेदनशील विषय भने कृषि क्षेत्र हो। अमेरिका लामो समयदेखि भारतलाई आफ्ना कृषि उत्पादन, विशेषगरी जेनेटिकली मोडिफाइड बालीका लागि बजार खोल्न दबाब दिँदै आएको छ। भारतमा ठूलो जनसंख्या कृषि पेशामा निर्भर भएकाले यो विषय राजनीतिक रूपमा अत्यन्त संवेदनशील छ। अमेरिकी कृषि मन्त्री ब्रुक रोलिन्स ले नयाँ सम्झौताले अमेरिकी कृषकलाई ठूलो फाइदा पुग्ने बताएका छन्, तर भारत सरकारले कृषि बजार खोल्नेबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। विश्लेषकहरूका अनुसार यदि भारतले कृषि क्षेत्रमा ठूलो छुट दियो भने किसान आन्दोलन फेरि चर्किन सक्छ। मोदी स्वयंले यसअघि किसानको हितमा सम्झौता नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइसकेका थिए।

अझै धेरै प्रश्नहरू अनुत्तरित छन्। यो सम्झौता पूर्ण स्वतन्त्र व्यापार सम्झौता हो कि होइन भन्ने स्पष्ट छैन। बौद्धिक सम्पत्ति अधिकार, औषधि पेटेन्ट, वातावरणीय तथा श्रम मापदण्ड, डिजिटल सेवा करजस्ता विषयमा के सहमति भयो भन्नेबारे कुनै जानकारी छैन। यी सबैले भारतको घरेलु उद्योग, स्वास्थ्य सेवा र रोजगारीमा गहिरो असर पार्न सक्छन्। समग्रमा, ट्रम्प र मोदीले ऐतिहासिक भन्दै प्रस्तुत गरेको भारत–अमेरिका व्यापार सहमति कागजमा नआएसम्म दाबीमै सीमित देखिन्छ। विवरण सार्वजनिक नहुँदासम्म यो सम्झौता भारतका लागि अवसर हो कि दीर्घकालीन जोखिम, त्यसको निष्कर्ष निकाल्न अझै समय लाग्ने देखिन्छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।