Washington DC, US : January 30, 2026, Friday 11:20 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

शुशीला कार्की, रबि लामिछाने, प्रचण्डका कुरा देखि बीरगंजको कर्फ्युसम्म

  NepalMother.com | २१ पुष २०८२, सोमबार १०:२१

काठमाडौं । सुशीला कार्कीले सामाजिक सद्भाव कायम गर्दै शान्तिपूर्ण र भयरहित निर्वाचन सफल बनाउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्। सोमबार साँझ बालुवाटारमा पूर्वसांसद मञ्चको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक अत्यन्त संवेदनशील चरणमा रहेको उल्लेख गर्दै निर्वाचन राष्ट्रिय दायित्व भएकाले संयम, सहिष्णुता र सहकार्य अपरिहार्य भएको बताइन्।

उनले प्रत्येक नागरिकले “देश मेरो पनि हो” भन्ने जिम्मेवारीबोधका साथ भूमिका खेल्नुपर्नेमा जोड दिँदै सबै राजनीतिक दल निर्वाचनका लागि तयारी अवस्थामा रहेकाले अब मतदाता शिक्षामा सामूहिक प्रयास आवश्यक भएको स्पष्ट पारिन्। निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख गर्दै उनले नयाँ पुस्ताको नेतृत्व स्थापित हुन सके शासन व्यवस्थाले लय समाउने विश्वास व्यक्त गरिन्।

यसैबीच, वीरगञ्जको अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लागू गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ पूर्ण रूपमा निषेध गरिएको छ। कर्फ्यु पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू गरिएको छ। यसअघि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले सोमबार (पुस २१) मा एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । “नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,” तीन आयोगका पदाधिकारीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

तर, केही समयदेखि तराई मधेसका केही स्थानमा धार्मिक सहिष्णुता खलल पार्ने क्रियाकलाप देखिएको भन्दै उनीहरूले सद्भाव कायम राख्न अपिल गरेका छन् । “तर, केही समययता तराई मधेसका केही स्थानहरूमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्त रूपमा हार्दिक अपील गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

उता, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू देशभित्र र बाहिर राम्रो काम गर्न खोज्दा दुई ठूला दलले सहन नसकेर बाध्य बनाएको आरोप लगाएका छन्। नेपाली समाज भारतद्वारा नयाँदिल्लीमा आयोजित कार्यक्रममा उनले संविधान र लोकतान्त्रिक मर्मविपरीतका कदमहरूको परिणाम अहिले देशले भोगिरहेको दाबी गरे। भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा वास्तविक जेन–जी युवाहरू संलग्न नभई ठूलो घुसपैठ र योजनाबद्ध डिजाइन रहेको उनको भनाइ थियो। दिल्ली भ्रमणमा रहेका प्रचण्ड प्राविधिक कारण मंगलबार स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

यता, राष्ट्रिय सभा गृहमा सोमबार आयोजित राजनीतिक समायोजन सभामा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखियो। सभागृह भरिन नसकेपछि धेरै कार्यकर्ता बाहिर चौरमा रहेका थिए। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीनागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरुहट/थारुवान अभियन्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए। सांस्कृतिक प्रस्तुति, नाचगान र थारु पहिचान झल्कने पोसाकले कार्यक्रमलाई रौनक दिएको थियो।

दाङ–२ बाट चुनावी आकांक्षी विशाल अधिकारीले जेन–जी आन्दोलनपछि वैकल्पिक शक्तिहरूमा उत्साह बढेको बताए। उनका अनुसार अन्तरिम सरकारले स्वतन्त्र रूपमा काम गरिरहेकाले पुराना दल मनोवैज्ञानिक रूपमा कमजोर भएका छन्। रास्वपाका युवा नेता सस्मित पोखरेलले वैकल्पिक राजनीतिको यो लहर दीर्घकालीन संघर्षको परिणाम भएको दाबी गर्दै आगामी निर्वाचनलाई देशका दीर्घकालीन समस्या समाधान गर्ने अवसरका रूपमा हेरे।

कार्यक्रमकै क्रममा रास्वपा, नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच बृहत् राजनीतिक समायोजनमा सहमति भयो। रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र अभियन्ता सुरेन्द्र चौधरीले समायोजन पत्रमा हस्ताक्षर गरे।

९ बुँदे सहमतिमा जेन–जी आन्दोलनको अपनत्व लिँदै आर्थिक–सामाजिक रूपान्तरणका लागि गहिरा नीतिगत, संस्थागत र संरचनागत सुधारमा प्रतिबद्ध रहने, दलको नाम, झन्डा र चुनाव चिह्न रास्वपाकै रहने तथा थारु बहुल क्षेत्रलाई संविधानको मर्मअनुसार विशेष संरक्षित क्षेत्रका रूपमा अघि बढाउने विषय समेटिएको छ।

समायोजन सभालाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूले आएको परिवर्तन स्वीकार गर्न कठिनाइ मानिरहेको टिप्पणी गरे। उनले कुशासनका कारण मुलुक जर्जर अवस्थामा पुगेको दाबी गर्दै निर्वाचनलाई सहज रूपमा अघि बढ्न दिन आग्रह गरे। सभामै उनले पार्टीको उत्साह देखेर उपसभापति स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेटको तयारी सुरु गर्न समेत भने।

home-ministry-1767623851.jpg

कर्फ्यू_20820921-(1)-1767616962.jpg

bigyapti-1767624936.jpg

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।