Washington DC, US : July 30, 2026, Thursday 05:26 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरानमाथि अमेरिकाको व्यापक हवाई आक्रमण, मध्यपूर्वमा तनाव फेरि उत्कर्षमा|प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा सम्बोधन|पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सद्भाव सन्देश|४० दिनको मेहनतपछि पूरा भयो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन|Cartoon|जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो, किनमेल केन्द्रमा अझै उद्धार जारी|सुनसरीको कप्तानगञ्जको धार्मिक झडप : किन भयो ? के हुँदै छ ?|Breaking News : जापानमा शक्तिशाली भूकम्प: सपिङ मल भत्किँदा दर्जनौँ फसे, उद्धार कार्य तीव्र|“कानूनको सम्मान गर्दै, शान्तिपूर्ण रूपमा, सत्य र न्यायको पक्षमा म मेरो संघर्ष जारी राख्नेछु”|डा. गोविन्द केसीले अनसन तोडे

सन्दर्भ एमाले महाधिवेशन र ओलीको : अहिलेको यस्तो AI युगमा एमाले कहाँ पुर्याउनु भो “बा” ? यो पाराले एमाले अझै कहाँ पुग्ने होला ! एमाले महाधिवेशनमा भोट हाल्न एकै व्यक्तिलाई ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म समय लागेछ । हुन त महेश बस्नेत भए पछि के चिन्ता, त्यस माथि ज्योति मगरहरुको पनि साथ मिले पछि दुनियाँ भाँड मे जाए कि कसो ? बिद्या, अष्टलक्ष्मी, वृन्दाहरु जे सुकै गरुन के मतलब ! एमाले महाधिबेशनमा पनि अध्यक्ष जित्ने तपाईंले नै हो, जिती सक्नु भाछ, ढुक्क हुनुस । तपाईंका बिरुद्ध कसको हिम्मत !!

  NepalMother.com | २ पुष २०८२, बुधबार ०८:५०

हुन त महेश बस्नेत भए पछि के चिन्ता, त्यस माथि ज्योति मगरहरुको पनि साथ मिले पछि दुनियाँ भाँड मे जाए कि कसो ? बिद्या, अष्टलक्ष्मी, वृन्दाहरु जे सुकै गरुन के मतलब ! एमाले महाधिबेशनमा पनि अध्यक्ष जित्ने तपाईंले नै हो, जिती सक्नु भाछ, ढुक्क हुनुस । तपाईंका बिरुद्ध कसको हिम्मत !!

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानले व्यवस्थापन र प्रविधि प्रयोगबारे व्यापक बहस जन्माएको छ । भृकुटीमण्डपमा बुधबार बिहान साढे ९ बजेदेखि सुरु भएको मतदानमा एक मतदाता भोट हाल्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घण्टा ४ मिनेटसम्म लागेको तथ्य सार्वजनिक भएपछि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा तीव्र प्रतिक्रिया आएको छ ।

मतदान प्रक्रियाको ढिलाइलाई लिएर पार्टी नेतृत्व र व्यवस्थापनमाथि व्यंग्य र आलोचना देखिएको छ । ‘AI को युगमा पनि एक मत हाल्न घण्टौँ लाग्नु एमालेको भविष्य कहाँ पुग्ला ?’ भन्ने किसिमका टिप्पणीहरू सार्वजनिक रूपमा आएका छन् । केही प्रतिक्रियामा नेतृत्वप्रति कटाक्ष गर्दै “अध्यक्ष त पहिल्यै जितिसक्नुभयो, ढुक्क हुनुस्” भन्ने भावसमेत व्यक्त गरिएको छ ।

एमाले महाधिवेशनमा भोट हाल्न एकै व्यक्तिलाई ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म समय लागेछ । अहिलेको यस्तो AI युगमा एमाले कहाँ पुर्याउनु भो “बा” ? यो पाराले एमाले अझै कहाँ पुग्ने होला !
हुन त महेश बस्नेत भए पछि के चिन्ता, त्यस माथि ज्योति मगरहरुको पनि साथ मिले पछि दुनियाँ भाँड मे जाए कि कसो ? बिद्या, अष्टलक्ष्मी, वृन्दाहरु जे सुकै गरुन के मतलब ! एमाले महाधिबेशनमा पनि अध्यक्ष जित्ने तपाईंले नै हो, जिती सक्नु भाछ, ढुक्क हुनुस । तपाईंका बिरुद्ध कसको हिम्मत !!

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार साँझ ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको थियो । पार्टीका कुल २ हजार २ सय ६३ जना प्रतिनिधिमध्ये बाँकीले मतदान गर्न लाइनमा टोकन लिएर पर्खिनुपर्ने अवस्था रहेको छ । आयोगका अनुसार मतदान रातभर चल्नेछ र साँझ ८ बजेसम्म टोकन लिएर मतदानस्थल प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

पोखरेलका अनुसार मतदानका लागि प्रयोगमा ल्याइएका ८० वटा ई–भोटिङ मेसिनमा कुनै प्राविधिक खराबी देखिएको छैन । तर मतदातालाई उम्मेदवार चिन्न, सूची हेर्न र छनोट गर्न समय बढी लाग्दा प्रक्रिया अपेक्षाकृत ढिलो भएको उनको भनाइ छ । औसतमा एक मतदाताले ३५ मिनेटभित्र मतदान सक्ने अनुमान गरिएको भए पनि सबै प्रतिनिधिमा समान प्राविधिक दक्षता नहुँदा समय लम्बिएको उनले बताए ।

मतदानस्थलमा लामो समय उभिनुपर्दा केही प्रतिनिधि असिनपसिन भएका र बेहोससमेत भएका घटनाको जानकारी निर्वाचन आयोगले दिएको छ । यद्यपि कति जना र को–को बेहोस भए भन्ने विवरण सार्वजनिक गरिएको छैन । बिरामी वा अशक्त प्रतिनिधिलाई स्वयंसेवक र मेडिकल टिममार्फत सहयोग गरी मतदान गराउने व्यवस्था मिलाइएको आयोगको भनाइ छ ।

शीर्ष नेताहरुलाई समेत मतदान गर्न करिब ४० मिनेट लागेको प्राविधिकहरूले बताएका छन् । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल, साथै महासचिवका उम्मेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेले पनि लगभग उस्तै समय खर्चेर मतदान गरेका थिए । मतदानको सुरुवात ओली र पोखरेलसहितका शीर्ष नेताहरूले संयुक्त रूपमा गरेका थिए ।

महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । मतदान स्थलमा प्रतिनिधिहरू लामबद्ध भएर पालो कुरिरहेका छन् भने त्यही लाइनमै उम्मेदवारहरू मत माग्दै देखिन्छन् । लामो र थकाइपूर्ण मतदान प्रक्रियाका बीच पनि निर्वाचन आयोगले मतदान निरन्तर जारी रहेको र प्रक्रिया रोकिने अवस्था नरहेको स्पष्ट पारेको छ ।

एमाले महाधिवेशन : हालसम्म करिब ११ सय मत खस्यो

विधान संशोधनदेखि पर्चासम्म, जसले सुस्त बनायो एमाले महाधिवेशनमा मतदान

ओली–पोखरेल

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor