Washington DC, US : April 6, 2026, Monday 04:06 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी

देशको वर्तमान राजनीतिक, नैतिक र संस्थागत अवस्था ‘इतिहासकै सबैभन्दा कमजोर मोडमा पुगेको’ भन्दै गम्भीर चिन्ता व्यक्त

  NepalMother.com | २३ आश्विन २०८२, बिहीबार ०९:२१

काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले देशको वर्तमान राजनीतिक, नैतिक र संस्थागत अवस्था ‘इतिहासकै सबैभन्दा कमजोर मोडमा पुगेको’ भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले बुधबार राति जारी गरेको एक विस्तृत विज्ञप्तिमा भनेका छन्, “गत भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनले देशको चेतनामा ठूलो झट्का दिएको छ। त्यो आन्दोलनले देशका युवाहरूको आत्मसम्मान, असन्तुष्टि र परिवर्तनप्रतिको आस्था उजागर गर्‍यो, तर दुर्भाग्यवश त्यसै आन्दोलनलाई केही विदेशी स्वार्थ र देशविरोधी तत्त्वहरूले दुरुपयोग गर्न खोजे।”

भण्डारीले पहिलो दिन सरकारले निर्दोष युवामाथि गरेको कठोर दमनले लोकतान्त्रिक मूल्यमा धक्का पुगेको बताए भने दोस्रो दिन बाह्य प्रभावले आन्दोलनलाई हिंसात्मक मोडतर्फ धकेलेको दाबी गरे। उनका अनुसार यस्तो दोहोरो चरित्रका घटनाले देशलाई केवल राजनीतिक संकटतिर होइन, नैतिक र वैचारिक रूपमा पनि कमजोर बनाएको छ।

उनले लेखेका छन्, “आजको नेपाल राज्यविहिनजस्तो अवस्थामा पुगेको छ। राजनीतिक दलभित्र लोकतान्त्रिक मूल्य र संस्कृतिको ह्रास भएको छ। भ्रस्टाचार, स्वार्थ र कुशासनले राष्ट्रिय ढाँचा भत्काइरहेको छ। पार्टीहरू नेतृत्व र विचारको प्रतिस्पर्धाभन्दा पनि समूहगत स्वार्थको कारखानामा परिणत भएका छन्।”

भण्डारीले आफ्नो विज्ञप्तिमा ‘राष्ट्रवादी पुनर्जागरण’ को आह्वान गर्दै भनेका छन्, “अब सबै राष्ट्रप्रेमी, विवेकी र जिम्मेवार शक्तिहरू एक ठाउँमा उभिन जरुरी छ। दलहरू प्रतिस्पर्धी होइन, सह–निर्माणका साझेदार हुनुपर्छ। देशको सार्वभौमिकता र संविधानिक एकतालाई बलियो बनाउन अहिले नै निर्णायक मोड लिनुपर्छ।”

त्यसक्रममा उनले २०४७ सालको संविधान लाई नेपालको राजनीतिक स्थायित्वको आधार मानेर, त्यसका मूल प्रावधानहरू यथावत राखी समसामयिक आवश्यकता अनुसार संशोधन र अद्यावधिक गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले भनेका छन्, “२०४७ सालको संविधानले दिएको लोकतान्त्रिक आत्मा, शक्तिको सन्तुलन र नागरिक स्वतन्त्रता नेपालको आत्मपहिचान हो। त्यसका मौलिक आधार बिगार्ने होइन, सुदृढ बनाउने बेला आएको छ।”

भण्डारीका अनुसार, विगतका संविधानहरूलाई पटक–पटक ‘राजनीतिक सौदाबाजी र पदलोलुप मानसिकता’ का कारण कमजोर पारिएको थियो। उनले भने, “संविधानले मुलुकलाई बनाउँछ, नेताहरूको व्यक्तिगत महत्त्वाकांक्षाले होइन। त्यसैले २०४७ को संविधानको आत्मालाई जोगाएर वर्तमान युगअनुकूल सुधार ल्याउन सबै दल एकसाथ आउनुपर्छ।”

विज्ञप्तिमा उनले भ्रष्टाचार, प्रशासनिक अराजकता, र दलगत नातेदारी संस्कृतिको अन्त्य गर्न पनि जोड दिएका छन्। “राज्य अब संस्थागत हैन, व्यक्तिगत शासनजस्तो बन्दै गएको छ। यो प्रवृत्ति रोकिएन भने हामी राष्ट्रको अस्तित्वमाथि नै प्रश्न खडा गर्ने दिशातर्फ जाँदैछौं,” भण्डारीले चेतावनी दिएका छन्।

अन्त्यमा उनले सबै नेपालीलाई एकताबद्ध हुन आह्वान गर्दै भनेका छन्, “देशलाई पुनः नैतिक मार्गमा फर्काउने समय अहिले हो। युवाहरूको बलिदान र आस्था व्यर्थ जान नदिन, राजनीतिक नेतृत्वले आत्ममूल्यांकन गर्नुपर्छ। देशप्रति निष्ठा र संविधानप्रति आस्था नै अबको नयाँ राष्ट्रिय नारा हुनुपर्छ।”

विज्ञप्तिको निष्कर्षमा उनले लेखेका छन् —
“२०४७ सालको संविधान हाम्रो राष्ट्रिय आत्मा हो — त्यसका मूल मान्यतालाई मेट्ने होइन, सुधारेर जोगाउने हाम्रो कर्तव्य हो।”

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।