Washington DC, US : April 15, 2026, Wednesday 07:40 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरानले अमेरिकाद्वारा लगाइएको समुद्री नाकाबन्दी जारी रहेमा खाडी क्षेत्रका प्रमुख जलमार्गहरूमा अन्तर्राष्ट्रिय जहाज आवतजावत अवरुद्ध गर्न सक्ने चेतावनी|Breaking News : ट्रम्पले सिधै बेइजिङसँग कूटनीतिक संवाद अघि बढाए|Breaking News : सम्पत्ति जाँचबुझ, छानबिन आयोग गठन|अमेरिका इजरायल र इरानबीच जारी द्वन्द्व लम्बिँदै गएमा र ऊर्जा मूल्य उच्च नै रहिरहेमा सन् १९८० पछि चौथोपटक विश्वव्यापी मन्दी नजिक पुग्ने स्थिति सिर्जना हुने|बिशेष सम्पादकीय : सुन, चाँदी, नगद, घर, गाडी वा धन सम्पत्ति आर्जनका कुरा र हाम्रो समाजको धारणा|Breaking News : आगामी दिनहरूमा विश्व राजनीति र सुरक्षाको दिशा नै बदल्न सक्ने जोखिम|Breaking News : अमेरिकाले एकै पटक ३५ जना नेपालीलाई डिपोर्ट, चार्टर विमानमार्फत नेपाल पठाएको पुष्टि|मध्यपूर्वमा जारी अस्थायी युद्धविराममाथि गम्भीर प्रश्न उठ्न थाले|बहुचर्चित सुन तस्करी प्रकरणसँग जोडिएको मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा सहितका व्यक्तिविरुद्ध गम्भीर आरोप|Breaking News : अमेरिका–इरानबीचको बढ्दो तनावबीच अन्ततः अस्थायी सहमतितर्फ, इरानले दुई हप्ताको युद्धविराम स्वीकार गरेको घोषणा, अमेरिका–इरानबीच भएको दुई हप्ते युद्धविराममा इजरायलले पनि समर्थन

डा. ऋषि बस्ताकोटीको ‘पानीको रंग’ हेर्दा - कृष्णराज खनाल

  NepalMother.com | ९ आश्विन २०८२, बिहीबार १३:२९

पानीको रंग
नदी जस्तै थिए मान्छेहरु
पानी जस्तै सफेद थिए मान्छेहरु
मान्छेको मन पनि
पानीजस्तै कञ्चन थियो ।
तर मान्छेको मन मैलिएसँगै
अचेल पानीको रंग बदलिएको छ
मान्छेको विचार कलुषित भएसँगै
खोलाको पानी पनि प्रदूषित भएको छ
पानीमा अनेक रंग र रसायन मिसिएको छ
अचेल पानी पानी जस्तो छैन
खोला खोला जस्तो छैन
नदी नदीजस्तो छैन ।
पृष्ठ ७४
समकालीन नेपाली साहित्यका एक सशक्त कवि डा. ऋषि बस्ताकोटीको नवीनतम कविता संग्रह ‘पानीको रंग’भित्रको कविताको अंश हो यो । यस अघि डा. वस्ताकोटीले एउटा गजल र एउटा मुक्तक संग्रह प्रकाशित गरिसक्नुभएको छ । गजलकार र मुक्तकमा पनि आफ्नौ छुट्टै परिचय बनाउनुभएका कवि बस्ताकोटीको यो कविता संग्रहभित्र संकलित कविताले नेपालदेखि अमेरिकी भूमिसम्मका कवित्व बोकेका छन् बोलेका छन् । यी कविता पढ्दा कवि हृदयको बेजोड शक्ति र सन्तुलन देखिन्छ । उनका कविताहरु स्वैर कल्पनामा रमेका छैनन् वरु वस्तुपरक ढंगले यथार्थको धरातलमा उभिएका छन् । कतै बा बोलेका छन् कतै आमा उभिएकी छन् । कतै म्यादीमाइला उभिएको छ भने कतै आप्रवासी रामप्रसादको आलाप छ । कतै प्रकृतिप्रति मानवले गरेको दोहनको सजीव चित्रण छ भने कतै युवाको विदेश मोह र राजनीतिक व्यंग्य छ । मानव जीवनका विभिन्न आयाम र सूक्ष्म भावलाई मिहीन किसिमले केलाएर कविले कविताको माला बुनेका छन् । यसमा ५० को दशकदेखि हालसम्म लेखिएका ४० वटा थुंगा छन् ।
कवि वस्ताकोटी वातावरण विज्ञ हुनुहुन्छ । त्यसैले पनि होला उहाँका कवितामा वातावरण विनाश र यसबाट सिर्जित समस्यालाई उहाँ उजागर गर्न माहिर हुनुहुन्छ । उहाँ एक्ले बरमा लेख्नुहुन्छ
हजुरबाले चिनेको चौताराकै छेउमा
माइलो नातिले पक्की घर ठड्यायो
एक्ले बरको दायाँ हाँगाले छेक्ने भयो उसको घर
दायाँ हाँगा ढालिदियो माइलाले
….बायाँ हाँगा मुठारिदियो साहिँलाले
…..जेठाले घाम देख्नकै लागि
छोट्याइदियो एक्ले बरका बाँकी हाँगा
पृ. ८७
यो संग्रहभित्रका उहाँका प्रायशः सबै कविता पढुँ पढुँ लाग्ने खालका छन् । पढ्न थालेपछि छोड्न मनै लाग्दैन । जुनसुकै कविता पढे पनि वजनदार लाग्छन् । बाका जुत्ताले नापेको क्षितिज, गाउँको बाटो हुँदै विदेशिएको युवाको कथा होस् वा साँढेहरु हुन् सबै सबैले एउटा यथार्थ बोकेका छन् । यसभित्र सामाजिक दुःख र पीडाका मर्मष्पर्शी कविता पनि छन् । तिम्रो मायामा र तिम्रो जन्मदिनमा कविताले माया र प्रेमका कथा बोलेका छन् । आमा घर हो भन्ने कुरा हामी जहिलेसुकै पनि भनिरहेका हुन्छौँ तर कवि यसरी आमाको प्रशंसा गर्छन् ः
आमा घर हो
बाबा थर हो
जब घर हुन्छ
तब थर हुन्छ……
घरी घरी लाग्छ
घर नभएको भए म के हुन्थेँ होला
थर नभएको भए म कस्तो हुन्थेँ होला । पृ. ५३
सरल भाषा उहाँको शिल्पी हो । कतिपय कवितामा उहाँले गरेको विम्वात्मक प्रयोग प्रतीकहरुको प्रयोगले यसको उँचाइ बढेको महसुस गरेको छु । प्रवासिएका नेपालीहरुको कथा एकातिर छ भने अर्कोतिर प्रकृतिप्रेम पनि निखारिएको छ । आधुनिकताको नाममा देखिएको प्रकृतिको दोहन पनि कविले कविता मार्फत प्रस्तुत गर्नुभएको छ । आउँदा दिनमा अझ गहकिला कृतिहरु देख्न पाउँ, शुभकामना । एउटा सुललित काव्य कृतिका लागि मित्र बस्ताकोटीलाई साधुवाद ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।