न्यूयोर्क / संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा बोल्दै महासचिव एन्तोनियो गुटेरेसले संगठनको स्थापना नै अराजकता भन्दा सहकार्य, कानूनभन्दा कानूनविहीनता, र युद्धभन्दा शान्तिलाई रोज्ने सचेत निर्णय भएको स्मरण गराए। उनले चेतावनी दिँदै भने कि विश्व अहिले “लापरबाहीपूर्ण अव्यवस्था र लगातार मानवीय पीडाको युग” मा प्रवेश गरिसकेको छ। त्यसका बीच उनले विश्व नेताहरूसामु विकल्प राखे – “कच्चा शक्तिको संसार रोज्ने कि कानुनको संसार? स्वार्थको दौड रोज्ने कि सहकार्यको बाटो रोज्ने?”
गुटेरेसले पाँचवटा महत्वपूर्ण विकल्प प्रस्तुत गर्दै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुनमा आधारित शान्ति रोज्न आग्रह गरे। उनले भने, “दण्डहीनता नै अराजकताको आमा हो, जसले हाम्रो समयका सबैभन्दा क्रूर युद्धहरू जन्माएको छ।” उनले सूडानमा भइरहेको नागरिक संहार, भोकमरी र मौन गराउने क्रियाकलापलाई तत्काल रोक्न बाह्य सहयोग अन्त्य गर्नुपर्ने बताए। युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासहितका मुलुकहरूले देखाएको कूटनीतिक प्रयासको प्रशंसा गर्दै उनले पूर्ण युद्धविराम र न्यायपूर्ण, दीर्घकालीन शान्ति कायम गर्न आग्रह गरे।
गाजाबारे बोल्दै उनले भने, “भयानक युद्ध तेस्रो वर्षतर्फ धकेलिँदै छ, यस अवधिमा देखिएको विनाश र मृत्युको परिमाण मेरो कार्यकालमा अरू कुनै संघर्षमा देखिएको छैन।” उनले अक्टोबर ७, २०२३ मा हमासद्वारा गरिएका आक्रमण र बन्धक बनाउने घटनाको निन्दा गर्दै भने, “तर यसले गाजावासीमाथि सामूहिक सजाय दिन वा गाजाको योजनाबद्ध विनाशलाई कुनै पनि हालतमा औचित्य दिन सक्दैन।” उनले अन्तर्राष्ट्रिय न्यायालय (ICJ) का निर्देशन तत्काल कार्यान्वयन, स्थायी युद्धविराम, सबै बन्धकहरूको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न माग गरे। उनले दोहोर्याए, “मध्यपूर्व शान्तिको एक मात्र दीर्घकालीन समाधान भनेको दुई–राज्यीय विकल्प हो।”
मानव अधिकारलाई उनले शान्तिको सजावट नभई आधारशिला भने। यी अधिकार सुनिश्चित गर्न दैनिक संघर्ष र राजनीतिक इच्छाशक्ति चाहिन्छ भन्दै उनले दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयनका लागि आवश्यक वित्तीय सहयोग अझ बढाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरे। “इज्जत रोज्न भनेको वित्तीय न्याय र एकताको पक्षमा उभिनु हो,” भन्दै उनले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न जोड दिए।
जलवायु परिवर्तनबारे गुटेरेसले गम्भीर चेतावनी दिँदै भने, “यो शताब्दीको अन्त्यसम्म तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने झ्याल बन्द हुँदैछ।” उनले राष्ट्रहरूलाई अझ महत्वाकांक्षी जलवायु योजना ल्याउन र विशेषगरी जी–२० मुलुकहरूले नेतृत्व गर्नुपर्ने बताए। उनले विकासशील मुलुकका लागि २०३५ सम्ममा हरेक वर्ष १.३ ट्रिलियन डलर जुटाउने विश्वसनीय मार्गचित्र तयार गर्न, यसै वर्ष अनुकूलन वित्तीय सहयोग दोब्बर गरेर ४० अर्ब डलर पुर्याउन र ‘Loss and Damage Fund’ पूर्ण रूपमा पूँजीकरण गर्न आग्रह गरे।
प्रविधिबारे सम्बोधन गर्दै उनले भने, “प्रविधि हाम्रो दास हुनुपर्छ, मालिक होइन।” कृत्रिम बुद्धिमत्ता (AI) को अनियन्त्रित प्रयोगको जोखिमबारे चेतावनी दिंदै उनले भने, “कुनै पनि कम्पनी कानुनभन्दा माथि हुनुहुँदैन। कुनै पनि मेसिनले को बाँच्ने र को मर्ने भन्ने निर्णय गर्नु हुँदैन।” उनले संयुक्त राष्ट्र महासभाले स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानल र वार्षिक ‘Global Dialogue on AI Governance’ गठन गरेको निर्णयलाई स्वागत गरे।
गुटेरेसले विश्वव्यापी चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रलाई २१औँ शताब्दीका आवश्यकताअनुसार थप शक्तिशाली र सक्षम बनाउनुपर्ने बताए। उनले भने, “शान्ति बनाउन लगानी गरिएका प्रत्येक १ डलरको सट्टा विश्वले युद्धका हतियारमा ७५० डलर खर्च गरिरहेको अवस्था अस्वीकार्य छ।” यस्तो संकटको समयमा संयुक्त राष्ट्रसंघ कहिल्यैभन्दा बढी आवश्यक भएको उनले जोड दिए।
सम्बोधनको अन्त्यमा उनले सदस्य राष्ट्रहरूलाई दृढ निर्णय लिन आग्रह गर्दै भने, “यस संसारमा विकल्पहरू धेरै छन्, तर एउटा विकल्प हामीले कहिल्यै रोज्नु हुँदैन – हार मान्ने विकल्प। हामी हार मान्न सक्दैनौँ। शान्तिका लागि। इज्जतका लागि। न्यायका लागि। मानवताको लागि।”

Opening the general debate of the eightieth session of the General Assembly, United Nations Secretary-General António Guterres recalled that the creation of the Organization was a conscious decision for cooperation over chaos, law over lawlessness, peace over conflict. Warning that the world has “entered in an age of reckless disruption and relentless human suffering”, he challenged world leaders to choose a future: “A world of raw power — or a world of laws. A world that is a scramble for self-interest — or a world where nations come together.”
Outlining “five critical choices”, he urged Member States to choose peace rooted in international law. “Impunity is the mother of chaos — and it has spawned some of the most atrocious conflicts of our times,” he warned. In Sudan, civilians are being slaughtered, starved and silenced, he said, underscoring the importance of ending the external support that is fuelling the bloodshed. Commending recent diplomatic efforts by the United States and other countries to end the war in Ukraine, he called for a full ceasefire and a just, lasting peace. “In Gaza, the horrors are approaching a third monstrous year,” he observed, citing “a scale of death and destruction beyond any other conflict” in his years as Secretary-General. He reiterated his condemnation of the Hamas attacks of 7 October 2023 and the taking of hostages, while underscoring that “nothing can justify the collective punishment of the Palestinian people and the systematic destruction of Gaza”. He called for the full and immediate implementation of the International Court of Justice measures, a permanent ceasefire, the release of all hostages and humanitarian access. “And we must not relent in the only viable answer to sustainable Middle East peace: a two-State solution,” he stated.
Stressing that “human rights are not an ornament of peace — they are its bedrock”, he said they require everyday battle and political will. The fuel to achieve them through the shared road map of the Sustainable Development Goals needs financing to fuel it, but aid cuts are wreaking havoc. “To choose dignity, we must choose financial justice and solidarity,” he said, calling for reform of the international financial architecture. On climate change, Mr. Guterres warned that “the window is closing” to limit temperature rise to 1.5°C by the end of this century. “We need stepped-up action and ambition — especially through strengthened national climate plans,” he said, stressing that the Group of 20 (G20) — the biggest emitters — must lead. He called for scaled-up climate finance, including a credible road map to mobilize $1.3 trillion annually for developing countries by 2035, doubling adaptation finance to $40 billion this year, and full capitalization of the Loss and Damage Fund. Addressing the impact of technology, he said: “Technology must be our servant — not our master.” Welcoming the Assembly’s decision to establish an Independent International Scientific Panel on Artificial Intelligence and an annual Global Dialogue on AI Governance, he cautioned against unregulated use of artificial intelligence (AI): “No company should be above the law. No machine should decide who lives or dies.”
To meet all these goals, Mr. Guterres said, the international community must choose to strengthen the United Nations for the twenty-first century. Describing as “indefensible” the fact that for every dollar invested to build peace, the world spends 750 dollars on weapons of war, he emphasized: “In this moment of crisis, the United Nations has never been more essential.” “Together, let us choose to invest in a United Nations that adapts, innovates and is empowered to deliver for people everywhere,” he said. Concluding, the Secretary-General urged Member States to act decisively: “In a world of many choices, there is one choice we must never make: the choice to give up. We must never give up. For peace. For dignity. For justice. For humanity.”
प्रतिक्रिया