काठमाडौं, भदौ २४ / हिजोदेखि काठमाडौंसहित मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै नेपाल सरकारका उच्च अधिकारीहरूले संयमता अपनाउन र शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई अपील गरेका छन्।
अपीलमा जनाइएको छ कि प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा थप जनधनको क्षति हुन नदिने र आम नागरिकलाई संयमित रहन आग्रह गरिएको छ। साथै, राजनीतिक संवादमार्फत यथाशीघ्र शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबै पक्षलाई अपिल गरिएको छ।
अपील पत्रमा हस्ताक्षर गर्ने उच्च अधिकारीहरूमा–
एकनारायण अर्याल, मुख्य सचिव, नेपाल सरकार
अशोक राज सिग्देल, प्रधान सेनापति, नेपाली सेना
गोकरणमणि दुवाडी, गृह सचिव, नेपाल सरकार
राजु अर्याल, महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपाल
चन्द्रकुवेर खापुङ, महानिरीक्षक, नेपाल प्रहरी
हुब्बराज थापा, प्रमुख अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग
यस अपीलमा वर्तमान विषम परिस्थितिलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबैलाई शान्ति, संयमता र संवादमा जोड दिन आग्रह गरिएको छ।
प्रतिक्रिया