Washington DC, US : April 6, 2026, Monday 02:07 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी

अर्को साता अमेरिका र इरानबीच वार्ता हुने : अमेरिकी राष्ट्रपति ट्रम्प ट्रम्पले भने, “मैले भनेको थिएँ, इरानसँग आणविक हतियार हुनेछैन। अनि हामीले त्यो उडायौं, ध्वस्त पार्‍यौं।”

  NepalMother.com | ११ असार २०८२, बुधबार १४:०६

द हेग, नेदरल्याण्ड्स / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच जारी युद्धविरामलाई “स्थिर” भन्दै अर्को साता अमेरिका र इरानबीच वार्ता हुने बताएका छन्।

बुधवार द हेगमा सम्पन्न नाटो सम्मेलनको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “हामी इरानसँग अर्को साता वार्ता गर्नेछौं।” यद्यपि उनले कुन अधिकारीहरू सहभागी हुने वा वार्ता कहाँ हुने भन्ने स्पष्ट गरेका छैनन्।

उनले भने, “मलाई सम्झौता चाहिन्छ कि चाहिँदैन भन्नेमा खास चासो छैन। हामीले पहिले पनि भनेका थियौं, ‘हामीलाई आणविक हतियार चाहिँदैन।’ अहिले त्यो त नष्ट भइसकेको छ। त्यो खत्तम भइसकेको छ।”

इरानका आणविक साइटहरू “राज्य तहसम्म नष्ट”

राष्ट्रपति ट्रम्पले भने, “मैले भनेको थिएँ, इरानसँग आणविक हतियार हुनेछैन। अनि हामीले त्यो उडायौं, ध्वस्त पार्‍यौं।” यद्यपि अमेरिकी रक्षा गुप्तचर निकाय (DIA)को प्रारम्भिक गोप्य मूल्याङ्कनले इरानको आणविक कार्यक्रम केही महिनासम्ममात्रै पछि धकेलिएको हुनसक्ने बताएको छ।

१२ दिन लामो युद्ध: इजरायलमा २८ मृतक, इरानमा सयौं

राष्ट्रपति ट्रम्पले इरान-इजरायल द्वन्द्वको १२ दिने अवधिमा दुबै पक्ष थकित भएको बताएका छन्। “दुबै पक्ष थाकिसकेका छन्, हिंसात्मक तरिकाले लडेका थिए। अब उनीहरू घर फर्कन चाहन्छन्,” उनले भने।

गाजामा प्रगति र हमाससँगको संघर्षमा आशावाद

गाजासम्बन्धी प्रश्नमा ट्रम्पले भने, “हामीले गरेको आक्रमणका कारण अब राम्रो समाचार आउँदैछ भन्ने विश्वास छ।”

रुट्टेले ट्रम्पको ‘बलियो नेतृत्व र शान्तिका लागि प्रयास’ को प्रशंसा गरे

नाटोका महासचिव मार्क रुट्टेले ट्रम्पको प्रयासको प्रशंसा गर्दै भने, “तपाईं शक्ति र शान्ति दुबैको प्रतीक हुनुहुन्छ।”

जेलेंस्कीसँग भेटवार्ता, युद्धविरामका लागि पहल

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीसँग पनि भेट गरे। जेलेंस्कीले सामाजिक सञ्जाल X मा लेखे, “हामीले युद्धविराम र शान्ति सम्झौताको सम्भावना बारे छलफल गर्यौं। विस्तृत जानकारी पछि आउनेछ।” ट्रम्पले भने, “उहाँ यो युद्ध सकियोस् भन्ने चाहनुहुन्छ। म पुटिनसँग पनि बोल्नेछु र सकिन्छ कि हेरौँ।”

यूएसले युक्रेनलाई प्याट्रियट मिसाइल दिन सक्ने

एक युक्रेनी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले प्याट्रियट मिसाइल युक्रेनलाई दिन सकिने संकेत दिए। “हामीसँग पर्याप्त छैन, इजरायललाई दिइरहेका छौं। तर प्रयास गर्नेछौं,” उनले भने।

नाटोको नयाँ रक्षा प्रतिबद्धता: ५% जीडीपी, ‘द हेग डिफेन्स कमिटमेन्ट’

स्पेन र स्लोभाकियाबाहेक सबै नाटो सदस्य राष्ट्रहरूले आफ्नो रक्षा खर्च ५% जीडीपीसम्म बढाउने सहमति जनाएका छन्। ट्रम्पले यसलाई “The Hague Defense Commitment” को संज्ञा दिएका छन्।

स्पेनको असहमति बारे सोध्दा ट्रम्पले भने, “म स्पेनलाई मन पराउँछु, तर अहिले उनीहरू नाटोमा एक्लै ‘फ्री राइड’ लिइरहेका छन्। त्यसैले अब हामी स्पेनसँग व्यापारमा दुईगुना शुल्क लगाउनेछौं।”

अनुच्छेद ५ प्रति दृष्टिकोणमा परिवर्तन

ट्रम्पले यस भ्रमणपछि नाटोको अनुच्छेद ५ (एक सदस्यमाथि आक्रमण भएमा सबैको सामूहिक सुरक्षा ग्यारेन्टी) बारे आफ्नो धारणा परिवर्तन भएको बताए। “अब म नाटोलाई धोका मान्दिनँ। म चाहन्छु, अमेरिका नाटो राष्ट्रहरूको रक्षा गरून्,” उनले अन्त्यमा भने।

 

नाटोले २०३५ सम्ममा रक्षा खर्च जीडीपीको ५ प्रतिशत पुर्‍याउने निर्णय, ट्रम्पले ‘पश्चिमी सभ्यताको ठूलो विजय’ भने

नेदरल्याण्ड्सको द हेगमा सम्पन्न ऐतिहासिक शिखर सम्मेलनमा नाटो सदस्य राष्ट्रहरूले आफ्नो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौं लामो दबाबपछि यस्तो निर्णय आएको हो।

ट्रम्पले यस निर्णयलाई “युरोप र पश्चिमी सभ्यताका लागि ठूलो सफलता” भन्दै स्वागत गरे। संयुक्त विज्ञप्तिमा सदस्य राष्ट्रहरूले रुसबाट उत्पन्न दीर्घकालीन खतरा र आतंकवादलाई लक्ष्य गर्दै साझा सुरक्षा चुनौतीहरूविरुद्ध एकतामा रहेको घोषणा गरेका छन्।

नाटोका महासचिव मार्क रुट्टेले भने, “हाम्रो सुरक्षामा खतरा आए कसैले पनि हाम्रो क्षमता र प्रतिबद्धतामा शंका गर्नु हुँदैन। हामी अझ बलियो, न्यायोचित र प्रभावकारी गठबन्धनको निर्माण गरिरहेका छौं।”

रुसको युक्रेनमाथिको आक्रमणको स्पष्ट निन्दा भने यसपटकको विज्ञप्तिमा उल्लेख गरिएको छैन, जुन अघिल्लो वर्षको घोषणापत्रमा थियो।

धारणा विवाद र ट्रम्पको स्पष्टता

शिखर सम्मेलन अघि राष्ट्रपति ट्रम्पले नाटोको अनुच्छेद ५ सम्बन्धमा विभिन्न व्याख्याको संकेत दिएका थिए। तर सम्मेलनपछि उनले भने, “म अनुच्छेद ५ को पक्षमा छु, त्यसैले म यहाँ छु।”

अनुच्छेद ५ ले कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भएमा सबै सदस्य राष्ट्रहरू मिलेर जवाफ दिने ग्यारेन्टी दिन्छ।

नयाँ लक्ष्य: ३.५% कोर रक्षा खर्च, १.५% सुरक्षासम्बन्धी लगानी

नयाँ सम्झौता अनुसार, सदस्य राष्ट्रहरूले २०३५ सम्ममा कम्तीमा ३.५% जीडीपी कोर रक्षा खर्चमा र थप १.५% सुरक्षा पूर्वाधारलगायत अन्य सुरक्षासम्बन्धी लगानीमा खर्च गर्नेछन्।

युरोपेली देशहरूको मिलाजुलो प्रतिक्रिया

स्पेनले सम्मेलनअघि नै ५% लक्ष्यप्रति असन्तुष्टि जनाएको थियो। अर्थमन्त्री कार्लोस कुर्पोले २.१% लक्ष्य नै ठूलो प्रयास भएको बताए। यद्यपि प्रधानमन्त्री पेड्रो सान्चेजले अन्ततः नाटोको विज्ञप्तामा हस्ताक्षर गरे।

बेल्जियम र स्लोभाकिया जस्ता देशहरूले पनि सुरुवातमा हिचकिचाहट जनाए तापनि अन्ततः उनीहरूले सम्झौतामा अवरोध नगर्ने संकेत दिए।

फ्रान्स र अमेरिकाबीच व्यापार विवादको छायाँ

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंले ट्रम्पको युरोपमाथिको व्यापार कर नीतिको आलोचना गर्दै भने, “हामी एकआपसमा रक्षा खर्च बढाउने कुरा गर्छौं, अनि एकअर्कामाथि व्यापार युद्ध थोपर्छौं भने त्यसको कुनै अर्थ रहँदैन।”

इरान-इजरायल द्वन्द्व, युक्रेन र ट्रम्पको भूमिका

शिखर सम्मेलनमा रुट्टेले ट्रम्पको इरान-इजरायल द्वन्द्व समाधानमा देखिएको सक्रियता प्रशंसा गर्दै उनको केही अभिव्यक्तिहरूको समर्थन समेत गरे। ट्रम्पले इरान र इजरायलको लडाइँलाई “स्कूलका दुई बालबालकबीचको झगडा” भनेर तुलना गरे भने रुट्टेले त्यसमा टिप्पणी गर्दै भने, “र कहिलेकाहीँ बुबाले कडा भाषा प्रयोग गर्नुपर्छ।”

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेंस्कीसँग पनि छुट्टै बैठक गरे। पत्रकार सम्मेलनमा उनले युक्रेन युद्धविराम “आशभन्दा कठिन” भइरहेको बताएका थिए।

नाटोको साझा वक्तव्यमा युक्रेनलाई समर्थनको पुनः प्रतिबद्धता

अन्तिम संयुक्त वक्तव्यमा नाटो राष्ट्रहरूले युक्रेनलाई प्रत्यक्ष सैन्य सहायता र यसको रक्षा उद्योगको सुदृढीकरणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

स्टारमरको सन्देश: नाटो अहिले झनै सशक्त छ

बेलायतका प्रधानमन्त्री कीर स्टारमरले भने, “आजको यो सम्मेलन नाटोको एकताबद्ध शक्ति प्रदर्शन हो। हामी पहिलेभन्दा ठूलो छौं, बलियो छौं, र अझ सशक्त छौं।”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।