Washington DC, US : June 25, 2025, Wednesday 03:10 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अर्को साता अमेरिका र इरानबीच वार्ता हुने : अमेरिकी राष्ट्रपति ट्रम्प|Breaking News : NATO महासचिव रुट्टेले ट्रम्पलाई “शक्तिशाली व्यक्ति” र “शान्तिका अग्रदूत” को रूपमा सम्मान गरे|देशका लागि “ऐतिहासिक विजय”- इजरायल, “१२ दिनको युद्ध” को अन्त्यको निर्णय – इरान|देशभरिका १४ उत्कृष्ट किसानलाई राष्ट्रपति बाट सम्मान|इरान – इजरायल युद्ध र युद्ध बिराम पछिको बिकसित घटना क्रम|अब नेपाली सेना मौन बस्न मिल्दैन|जनसंघर्षको ३६ औं वर्ष प्रवेश : डा. चापागाईंले धन्यवाद व्यक्त गरे|कुशासनको छायाँमा शान्ति र समृद्धि|Breaking News : राष्ट्रपति डोनाल्ड ट्रम्पले गराए कतारी सरकारको मध्यस्थतामा इजरायल र इरानबीचको नाटकीय “युद्ध बिराम”|सर्वोच्च नेता खामेनी बंकरमा, यदि इरानले होर्मुज बन्द गरे के हुन्छ ?

इरानले इजरायलमाथि पुनः क्षेप्यास्त्र आक्रमण, अस्पतालमा गम्भीर क्षति इजरायलका रक्षा मन्त्रीले अबदेखि इरानका "रणनीतिक संरचनाहरूमा आक्रमण तीव्र गर्ने" आदेश दिएको बताए

  NepalMother.com | ५ असार २०८२, बिहीबार ०८:४८

युद्ध अझै जारी: बिहीबार इरानले इजरायलमाथि पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ। यस क्रममा इजरायलको दक्षिणमा रहेको एउटा प्रमुख अस्पतालमा गम्भीर क्षति पुगेको इजरायली अधिकारीहरूले बताएका छन्। इरानले भने हमलाको लक्ष्य अस्पताल नभई त्यस छेउको प्रविधि पार्क रहेको दाबी गरेको छ, जहाँ इजरायली सेनाले सैन्य प्रयोजनमा प्रयोग हुने प्रविधि विकास गरिरहेको आरोप लगाइएको छ।

यसको जवाफस्वरूप इजरायलले इरानको निष्क्रिय अराक आणविक केन्द्रमा हमला गरेको जनाएको छ। यो केन्द्र इरानको देशको मध्य भागमा अवस्थित छ, यद्यपि हमलाबाट ठूलो क्षति नभएको बताइएको छ।


इजरायली आक्रमण अझ तीव्र हुने: इजरायलका रक्षा मन्त्रीले अबदेखि इरानका “रणनीतिक संरचनाहरूमा आक्रमण तीव्र गर्ने” आदेश दिएको बताएका छन्। उनले इरानबाट अस्पताल र आवासीय क्षेत्रहरूमा गरिएको लक्षित आक्रमणको प्रतिशोधमा यस्तो निर्णय गरिएको बताएका हुन्।


अमेरिका हस्तक्षेप गर्ने कि नगर्ने? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै “अब धैर्य सकिएको” बताएका थिए। तर स्रोतहरूका अनुसार उनी हालसम्म पनि अमेरिका युद्धमा प्रत्यक्ष संलग्न गराउनेबारे अन्तिम निर्णयमा पुगिसकेका छैनन्। ट्रम्पको मुख्य उद्देश्य अहिले युद्धलाई थप लम्बिन नदिने हो।


कूटनीतिक पहल: इरानका परराष्ट्रमन्त्री भोलि (शुक्रबार) स्वीट्जरल्याण्डको जेनेभामा युरोपका तीन देशका प्रतिनिधिहरूसँग भेटघाट गर्दैछन्। इरानी राज्य सञ्चारमाध्यमहरूले यो जानकारी दिएका छन्। यो वार्ता कूटनीतिक समाधानतर्फको सम्भावित प्रयासको रूपमा हेरिएको छ।

इजरायलका रक्षामन्त्रीले इरानका सर्वोच्च नेतालाई अब “यहि अबस्थामा रहन दिनु मिल्दैन” भनेर कडा चेतावनी दिएका छन्। यो टिप्पणी त्यतिबेला आएको हो जब इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलको दक्षिणी क्षेत्रमा रहेको सोरोका अस्पताल नजिकै हमला भयो। एएफपी र इजरायली संचारमाध्यमहरूका अनुसार आक्रमणमा अस्पताल नभएर त्यसको छेउमा रहेको एक सैनिक ठाँउलाई लक्षित गरिएको थियो।

इरानको सरकारी संचारमाध्यमले पनि सोही कुरा पुष्टि गर्दै सोरोका अस्पताल लक्षित नभएको बताएको छ। यद्यपि, इजरायलको आपतकालीन सेवाले देशभरिमा भएका आक्रमणहरूमा कम्तिमा ८९ जना घाइते भएको जानकारी दिएको छ।

यसैबीच, इजरायली सेनाले इरानमा रहेका केही महत्वपूर्ण आणविक स्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ। तीमध्ये हाल निष्क्रिय रहेको अराक हेभी वाटर रिएक्टर र नतान्ज यूरेनियम प्रशोधन केन्द्र पनि समावेश छन्।

यी घटनाहरू यस्तो संवेदनशील समयमा भइरहेका छन् जब अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको सैन्य कारबाहीमा अमेरिकाको सम्भावित प्रत्यक्ष संलग्नताको विषयमा विचार गरिरहेका छन्। रिपोर्टहरू अनुसार ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई स्वीकृति दिइसकेका छन्, तर अन्तिम निर्णय भने गरेका छैनन्।

उता, इरानका सर्वोच्च नेताले भने अमेरिका हस्तक्षेपमा उत्रिए “अपूरणीय क्षति” हुने चेतावनी दिएका छन्। यस्तो परिस्थिति अन्तर्राष्ट्रिय स्तरमै तनावपूर्ण स्थितिको संकेत हो, जसले आगामी दिनमा अझै ठूलो द्वन्द्व निम्त्याउने सम्भावना बढाएको छ।

A view of the damaged building of Iranian state TV (IRIB) after an Israeli airstrike in Tehran

“यो अमेरिकाको युद्ध होइन”: इरानी उप-परराष्ट्रमन्त्री

इरानका उप-परराष्ट्रमन्त्री सईद खतीबजादेले बीबीसीसँग कुराकानी गर्दै भनेका छन् कि यदि अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयअनुसार इजरायलको युद्धमा प्रत्यक्ष संलग्न हुन्छ भने त्यसको गम्भीर परिणाम हुने छ। उनका अनुसार इरान कूटनीतिक समाधान चाहन्छ, तर जबसम्म उनीहरूको देशमाथि आक्रमण जारी रहन्छ, वार्ता सम्भव छैन। उनले भने, “आक्रमण रोकिएपछि, कूटनीति नै हाम्रो पहिलो विकल्प हुनेछ।” साथै, उनले यो पनि स्पष्ट पारे कि “यो युद्ध अमेरिका होइन, ट्रम्प यसमा संलग्न भए भने उनलाई यस्तो युद्धमा सहभागी भएको भनेर इतिहासले सम्झिनेछ, जुन युद्ध उनकै होइन।”

खतीबजादेले इरानले अमेरिका वा ट्रम्प प्रशासनसँग प्रत्यक्ष सम्पर्कमा नरहेको बताए। ट्रम्पले इरानी प्रतिनिधि वाशिङ्टन आउन चाहेको दाबी गरे पनि खतीबजादेले त्यसको खण्डन गरे। उनले भने, “हामीमाथि पहिलो आक्रमण भएको हो, सयौं इरानी नागरिक मारिएपछि हामी आत्मरक्षामा छौं, र यो जारी रहनेछ जबसम्म आक्रान्ताले पाठ सिक्दैन।”

उनले भनाइमा इरान आणविक वार्तामा अमेरिकासँग सम्झौतामा पुग्नै लागिरहेको बेला इजरायलले आक्रमण गरेर सम्पूर्ण प्रक्रिया बिगारिदिएको आरोप पनि लगाए।


खामेनीको आग्रह: “बलियो भएर अगाडि बढ”

इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले देशवासीलाई डराउन नदिने र आत्मविश्वाससाथ अघि बढ्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “यदि शत्रुले तपाईं डराएको महसुस गर्यो भने उनीहरू तपाईंलाई छोड्दैनन्। त्यसैले अहिलेसम्म जसरी व्यवहार गर्दै आउनु भएको छ, त्यसलाई अझ बलियो बनाउनुहोस्।”


तेहरानमा इजरायली आक्रमण: राज्य प्रसारण कार्यालय ध्वस्त

१७ जुनमा इजरायली युद्धविमानले तेहरानस्थित इरानी राष्ट्रिय प्रसारण संस्था IRIB को मुख्य कार्यालयमा आक्रमण गर्‍यो। विस्फोटका कारण प्रत्यक्ष प्रसारण केहीबेरका लागि रोकिएको थियो र स्टुडियोका बत्तीहरु निभेका थिए। कम्तीमा एक कर्मचारीको मृत्यु भएको रिपोर्ट छ। तस्वीरहरूमा कार्यालयको गम्भीर क्षति देखिन्छ।


इरानमा इन्टरनेट अवरुद्ध, प्रवासी इरानीहरू चिन्तित

इरानमा इन्टरनेट सेवा अत्यन्त अस्थिर भएको पुष्टि इरानी सञ्चार मन्त्रालयले गरेको छ। सरकारले ‘सैन्य प्रयोजनमा इजरायलले संचार नेटवर्क दुरुपयोग गरेको’ आरोप लगाएको छ। इन्टरनेट बन्दले देशभित्रका आफ्ना आफन्तसँग सम्पर्क गर्न प्रवासी इरानीहरू अत्यन्त पीडित छन्। जर्मनी र बेलायतमा रहेका इरानीहरूले बीबीसीसँग भनेका छन् कि उनीहरूले परिवारसँग सम्पर्क गर्न नसकेको धेरै दिन भइसकेको छ।


इरान-इजरायल युद्ध: हालसम्मको अवस्था

गत शुक्रबारदेखि सुरु भएको युद्धमा इजरायलले इरानका दर्जनौं आणविक र सैन्य संरचनाहरूमा आक्रमण गरिसकेको छ। इजरायली सेनाका अनुसार उनीहरूले अराक हेभी वाटर रिएक्टर र नतान्ज यूरेनियम प्रशोधन केन्द्रमा हमला गरेका छन्। इरानले भने आणविक ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय निकाय IAEA मा उजुरी दिएको छ।

इजरायलले हालै दक्षिणी इजरायलको बीयरशेभास्थित सोरोका अस्पतालमा आक्रमण भएको जनाएको छ। यद्यपि, इरानले अस्पताल नभई त्यस छेउको सैनिक बेसलाई लक्षित गरिएको जनाएको छ। अस्पताल निर्देशकका अनुसार केही वार्डहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र ४० जना घाइते भएका छन्, जसमा अधिकांश स्टाफ र बिरामी रहेका छन्।


अमेरिकी हस्तक्षेप चेतावनी: रूसको गम्भीर प्रतिक्रिया

रुसी क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकाले इरानमाथि हमला गरे “स्थिति थप भयावह रूपमा बिग्रिने” चेतावनी दिएका छन्। ट्रम्पले इरानमाथि आक्रमण योजना स्वीकृत गरिसकेको रिपोर्ट भए तापनि अन्तिम निर्णय नभएको बताइएको छ। रूसले इजरायलका आक्रमणलाई ‘उक्साहटपूर्ण’ र ‘निराधार’ भन्दै निन्दा गरेको छ। क्रेमलिन र तेहरानबीच यसै वर्ष विस्तृत रणनीतिक सुरक्षा सम्झौता भएको थियो, जसमा परराष्ट्र तथा सैन्य सहकार्यको प्रतिबद्धता उल्लेख गरिएको छ।


यो संकटले अब अमेरिका र रूसलाई पनि एकअर्काको विरोधमा ठोक्किनसक्ने स्थितिमा पुर्याएको छ। स्थिति अत्यन्त संवेदनशील बन्दै गएको छ र कूटनीतिक समाधान अझ कठिन बन्दै गइरहेको छ।

A view of the damaged building of Iranian state TV (IRIB) after an Israeli airstrike in Tehran

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।