इजरायलले उत्तर-पूर्वी तेहरान खाली गर्न आग्रह गर्दै सैन्य लक्षहरूमा आक्रमणको तयारी गरेको छ।
ट्रम्पले “सबैजनालाई तुरुन्त तेहरान खाली गर्न” भनिएको पोस्ट गरे।
ट्रम्पले G7 बैठक अल्बर्टा, क्यानडाबाट छिट्टै फर्किने निर्णय गरेका छन्, “महत्वपूर्ण विषयमा ध्यान दिन”।
तेहरानमा विस्फोट र हवाई रक्षा प्रणालीको गोलीबारी जारी रहेको इरानी मिडियाले रिपोर्ट गरेको छ।
इजरायलमा इरानी मिसाइल प्रहारबाट केही घाइते भएको पुष्टि, तर थप खतरा हटाइएको घोषणा।
इजरायली सेनाले (IDF) केही समयअघि जारी गरिएको सुरक्षाका लागि आश्रयस्थलमा बस्ने सूचनालाई हटाएको छ।
देशका सबै भागका नागरिकहरू अब सुरक्षित क्षेत्र (shelters) छाड्न सक्नेछन्।
सेनाले भन्यो: “स्थिति मूल्यांकन गरिएको छ, तर नागरिकहरू हाम्रा निर्देशनहरू प्रति सर्तक रहनुपर्नेछ।”

मानिसहरू राजधानी तेहरानबाट भाग्न प्रयासरत छन्, तर सडकहरू अत्यधिक जाम छन्।
एउटा परिवारले सामान्यत: ३ घण्टाको दूरीलाई पार गर्न १४ घण्टा लागेको अनुभव सुनायो।
“भाग्न सफल भयौं भनेर भाग्यशाली ठानिरहेका छौं, तर आफन्तहरू अझै तेहरानमै छन्,” उनीहरूले भने।
सामाजिक सञ्जाल, टेलिग्राम जस्ता च्याट समूहहरू अब राजनीतिक बहस र लक्षित स्थानहरूको अद्यावधिक सूचना साट्ने माध्यम बनेका छन्।
एक भिडियो गेम स्ट्रीमरले लेखे: “चार रातदेखि निद्रै लागेन, म शारीरिक र मानसिक रूपमा थकित छु।“
अर्को जनाले लेखे: “१ करोड मानिस कसरी तेहरानबाट भाग्न सक्छन्?” — यो प्रश्न च्याटमै अनुत्तरित रह्यो।
इजरायली सेनाले उत्तर–पूर्वी तेहरान खाली गर्न चेतावनी जारी गर्यो, जहाँ “सैन्य पूर्वाधार” रहेको दाबी गरिएको छ।
तुरुन्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सबैलाई तेहरान छाड्न आग्रह गरे।
अमेरिकी अधिकारीहरूले भनेका छन्: “हामी इजरायली आक्रमणमा प्रत्यक्ष सहभागी छैनौं“।
यद्यपि, ट्रम्पले नेशनल सेक्युरिटी काउन्सिल (NSC) बैठक बोलाएका छन्।
रक्षामन्त्री पीट हेगसेथले क्षेत्रीय सुरक्षाका लागि थप क्षमताको तैनाथी गरिएको बताएका छन्।
ट्रम्पको सुरक्षा परिषद् बैठकको आदेश, तर अमेरिकी हमलामा सहभागी छैन
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेशनल सेक्युरिटी काउन्सिल (NSC) लाई आकस्मिक बैठक बोलाउन निर्देशन दिएका छन्।
– यद्यपि अमेरिकी अधिकारीहरूले स्पष्ट पारेका छन् कि अमेरिका इजरायलको इरानमाथिको सैन्य कारबाहीमा प्रत्यक्ष संलग्न छैन।
इरानमाथि पुनः इजरायली हमला
– इजरायली सेनाले इरानबाट इजरायलतर्फ प्रक्षेपण भएका मिसाइलहरू पत्ता लगाएको दाबी गरेपछि प्रतिआक्रमण गरिएको हो।
इरानी आक्रमणबाट हालसम्म कुनै क्षति रिपोर्ट छैन
– पछिल्लो इरानी मिसाइल हमलामा कुनै जनधनको क्षति नभएको इजरायली अधिकारीहरूले बताएका छन्।
– त्यसपछि इजरायलले आपतकालीन सतर्कता हटाएको छ।
तेहरानस्थित इरानी राज्य सञ्चारमाध्यमका भवनहरूमा इजरायली हमला
– सोमबार बिहान, इजरायली वायुसेनाले तेहरानमा रहेको इरानी राज्य टेलिभिजन र समाचार एजेन्सीहरूका भवनहरूमा हमला गरेको थियो।
– उक्त हमला प्रत्यक्ष प्रशारण (live TV) मा कैद गरिएको थियो।
मानव क्षतिको विवरण (शुक्रबार यता)
– इरानी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणबाट कम्तीमा २२४ जना इरानी नागरिकको मृत्यु भइसकेको छ।
– इजरायलमा मृत्यु हुनेको संख्या २४ पुगेको छ।
ट्रम्पले क्यानडाको अल्बर्टामा भइरहेको G7 सम्मेलन सोमबार राति नै छाड्ने भएका छन्।
कारण: इस्रायल र इरानबीचको जारी संघर्ष।
उनले बेलायतका प्रधानमन्त्री किर स्टार्मरसँग व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि राष्ट्रप्रमुखहरूसँगको रात्रीभोजपछि अमेरिका फर्किनेछन्।
व्हाइट हाउसले नेशनल सेक्युरिटी काउन्सिललाई वार रूममा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
स्यान्डर्सले ट्रम्पलाई कांग्रेसको स्वीकृति बिना इरानमाथि हमला गर्न नदिने विधेयक संसदमा पेश गरेका छन्।
विधेयकले युद्ध शक्तिको संविधानिक व्यवस्थालाई बलियो बनाउँदै आत्मरक्षाबाहेक अन्य सैन्य कारबाहीलाई निषेध गर्न खोजेको छ।
स्यान्डर्सले नेतान्याहुलाई “अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्ने, लडाई भड्काउने नेता” को रूपमा आलोचना गरे।
इजरायली प्रधानमन्त्री नेतान्याहुले टेल नोफ एयर बेसमा हवाई सेनालाई भेट गरी “तेहरानमाथि आकाशीय नियन्त्रण” भएको दाबी गरे।
उद्देश्य: परमाणु र मिसाइल खतरा अन्त्य गर्नु।
उनले इजरायली पाइलटहरूलाई “नायक” को संज्ञा दिँदै नागरिकहरूलाई सुरक्षित राख्न जनताको तर्फबाट धन्यवाद दिएका छन्।
इजरायली नेभीले ८ वटा इरानी ड्रोन नयाँ “बराक मागेन” प्रणाली प्रयोग गरी समात्न सफल भयो।
यो प्रणालीले क्रुज मिसाइल, UAV, समुन्द्रबाट प्रहार हुने मिसाइल जस्ता विभिन्न खतरा रोक्न सक्छ।
प्रणालीले इजरायलको तेल तथा ग्याँस संरचना र तटीय क्षेत्रलाई दीर्घकालीन सुरक्षा दिन सक्ने विज्ञको भनाइ।
ट्रम्पले Truth Social मा लेखे: “ईरानले सम्झौता गर्नुपर्थ्यो, अब सबैले तेहरान खाली गर्नुहोस्!”
उनले दोहोर्याए कि ईरानले परमाणु हतियार पाउनु हुँदैन।
IDF अनुसार इरानबाट प्रक्षेपण गरिएका मिसाइलहरू इजरायलमा पत्ता लागेका छन्।
नागरिकहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ।
इरानी सरकारी मिडियाले IRGC ले ड्रोन तथा मिसाइल आक्रमणको चेतावनी दिएको जानकारी दिएको थियो।
रक्षा सचिव पीट हेगसेथले CENTCOM का लागि थप सैन्य स्रोतसाधन पठाउने निर्णय गरेका छन्।
उद्देश्य: क्षेत्रीय सुरक्षालाई बलियो बनाउने।
CENTCOM अन्तर्गत मध्यपूर्व, उत्तर अफ्रिका, र दक्षिण एशियाका केही क्षेत्र पर्दछन्।
इजरायली कम्पनीहरूले आक्रमणात्मक हतियार प्रदर्शन गरेपछि फ्रान्सले कालो पर्खाल लगाएर स्टलहरू रोक्यो।
इजरायलका युएन प्रतिनिधि ड्यानी ड्यानोनले निर्णयलाई “भेदभावपूर्ण” भने।
फ्रान्सेली प्रधानमन्त्री फ्राँस्वा बायरुले भने, प्रदर्शनीमा आक्रमणात्मक हतियार निषेध गरिएको हो।
युएन परमाणु निगरानी संस्था IAEA प्रमुख राफेल ग्रोसीका अनुसार विद्युत् गडबडीका कारण सबै सेंट्रिफ्युज सम्भवत: क्षतिग्रस्त वा नष्ट।
उनले भित्र रासायनिक वा विकिरणजन्य प्रदूषण हुनसक्ने बताएका छन्।
इरान–इजरायल युद्धका कारण क्नेस्सेट (इजरायली संसद) मा दिने भनिएको सम्बोधन स्थगित गरिएको छ।
जोनसनले भने, “स्थिति सामान्य भएपछि भ्रमण पुन: तय गरिनेछ।”
G7 समिटमा ट्रम्पले इरानसँग वार्ता गर्न अब पनि ढिलो नभएको संकेत गरे।
ट्रम्पले भने, “इरान यो युद्ध हारिरहेको छ, वार्ता नगरे शान्तिको मौका सकिन्छ।”
उक्त वक्तव्यले इस्रायल–इरान तनाव कम गर्न आग्रह गर्ने थियो।
व्हाइट हाउसले भन्यो, “ट्रम्प शान्ति कायम गर्ने प्रयासमा छन् तर ईरानले परमाणु हतियार कहिल्यै नपाओस् भन्नेमा कडा अडानमा छन्।”
इजरायलले तेहरानमा आक्रमण थालेकै दिन ट्रम्पले इरानलाई “झन् कडा हमला” गर्ने चेतावनी दिएका थिए। यी हमला अमेरिकाबाट दिइएको बममार्फत इजरायली सेनाले गरिरहेको बताइएको छ।
ट्रम्पले बारम्बार भनेका छन्, “इरानले कहिल्यै पनि परमाणु हतियार पाउनु हुँदैन।” नेतान्याहुले पनि यही माग दोहोर्याउँदै ट्रम्पलाई सैन्य कारबाहीमा ढकेलिरहेका छन्।
यद्यपि ट्रम्पको रणनीति दुईमुखी देखिएको छ—कहिले कूटनीतिक सम्झौतामा जोड, कहिले कडा कारबाहीको धम्की। उनले गत साता नै भनेका थिए: “इजरायली हमला सम्झौताका लागि सहयोगी हुन सक्छ, या त्यो सबै नष्ट गर्न सक्छ।”
यो रणनीति “म्याडम्यान थ्योरी” अर्थात् जानाजानी अनिश्चितता सिर्जना गरेर विरोधीलाई दबाब दिने रणनीति जस्तै हो, जुन शीतयुद्धको समयमा राष्ट्रपति निक्सनले अपनाएका थिए।
नेतान्याहु चाहन्छन् कि अमेरिका इरानमाथि खुलेर आक्रमण गरोस्, विशेषतः इरानको Fordow भूमिगत परमाणु संयन्त्र ध्वस्त पार्न अमेरिकाका bunker-buster बम प्रयोग गरियोस्।
ट्रम्पले अहिले पनि औपचारिक रूपमा भनेका छन् कि अमेरिका इजरायली आक्रमणमा संलग्न छैन।
अमेरिकी रक्षा प्रणाली इजरायलको सहयोगमा सक्रिय छन्—जस्तै नौसेनाका युद्धपोत र जमिनबाट मिसाइल रोक्ने प्रणाली, तर इरानी मिसाइलले कतिपय अवस्थामा सुरक्षा पंक्ति भेद गरेको छ।
यसले ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूलाई झनै सतर्क बनाएको छ कि अतिरिक्त सैन्य सहयोगले युद्धको पाटो झन् जोखिमपूर्ण बन्न सक्छ।
नेतान्याहुका अनुसार, इरानी सर्वोच्च नेता खामेनीलाई लक्षित हमला “युद्धको अन्त्य” ल्याउनेछ। तर अमेरिकी स्रोतका अनुसार ट्रम्प यस्ता हमलाको विपक्षमा छन्।
‘Make America Great Again’ (MAGA) समर्थकहरू ट्रम्पको परराष्ट्र नीतिलाई अमेरिका पहिलो भनिरहेका छन्। उनीहरू इजरायलप्रति परम्परागत समर्थनको विरोधमा उत्रिएका छन्।
ट्रम्प समर्थक पत्रकार टकर कार्लसनले कडा आलोचना गर्दै भने: “नेतान्याहुको युद्धपिपासु सरकार अमेरिकालाई जबरजस्ती तान्दैछ।“
उनले लेखे: “अमेरिका यस्तो युद्धमा तानिनु, अमेरिकी जनताले दिएका मतको अपमान हो।”
ट्रम्प निकट कांग्रेस सदस्य माजोरी टेलर ग्रीनले लेखिन्: “जो कोही इजरायल-इरान युद्धमा अमेरिका तान्न चाहन्छ, उनीहरू MAGA समर्थक होइनन्।”
ट्रम्पले त्यसको प्रतिक्रियामा सामाजिक सञ्जालमा युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति पुटिनसँगै मिलेर आग्रह गरे। र भने: “इरान र इजरायलबीच सम्झौता हुनु पर्छ, अमेरिका इरानमाथिको आक्रमणमा संलग्न छैन।“
ट्रम्पका दूत स्टिभ विटकोफको नेतृत्वमा ओमानमा तय गरिएको छैठौं चरणको वार्ता युद्धका कारण अहिलेका लागि स्थगित भइसकेको छ।
इरानले अमेरिकालाई चेतावनी दिइसकेको छ कि यदि अमेरिका इजरायलको साथमा प्रत्यक्ष संलग्न रह्यो भने अमेरिकी सैन्य बेसहरू आक्रमणको निशानामा पर्नेछन्।
कुनै पनि अमेरिकी क्षतिको स्थिति आउन थालेमा, MAGA समर्थकहरूको चर्को विरोधले ट्रम्पलाई इजरायललाई संयम अपनाउन दबाब दिने सम्भावना बलियो हुन्छ।
प्रतिक्रिया