अमेरिकीहरूलाई सेन्सर गर्ने विदेशी नागरिकहरूलाई लक्षित भिसा प्रतिबन्ध नीतिको घोषणा
प्रेस विज्ञप्ति
मार्को रुबियो, विदेशमन्त्री
मे २८, २०२५
स्वतन्त्र अभिव्यक्ति अमेरिकनहरूलाई प्राप्त सबैभन्दा मूल्यवान अधिकारहरूमध्ये एक हो। हाम्रो संविधानमा कानुनी रूपमा सुनिश्चित यो अधिकारले हामीलाई विश्वभर स्वतन्त्रताको प्रतीक बनाएको छ। हामी स्वदेशमा सेन्सरशिपको विरोधमा कदम चालिरहेका बेलामा विदेशी सरकारहरू र अधिकारीहरूले त्यसको भरपाई गर्ने खालका चिन्ताजनक गतिविधिहरू गरिरहेका छन्। केही अवस्थामा, विदेशी अधिकारीहरूले अमेरिकी प्रविधि कम्पनीहरू तथा अमेरिकी नागरिक र बासिन्दाहरूमाथि सेन्सरशिप थोपर्ने जस्ता गतिविधिहरू गरेका छन्, जुन गर्न उनीहरूलाई कुनै अधिकार छैन।
आज म यस्तो नयाँ भिसा प्रतिबन्ध नीति घोषणा गर्दैछु, जुन अमेरिकी भूमिमा सुरक्षित अभिव्यक्तिमाथि सेन्सरशिप गर्ने विदेशी नागरिकहरूमा लागू हुनेछ। अमेरिकी नागरिक वा स्थायी बासिन्दाहरूले अमेरिकी सामाजिक सञ्जालमा गरेका पोस्टहरूका कारण उनीहरूविरुद्ध गिरफ्तारी वारन्ट जारी गर्नु वा धम्की दिनु पूर्णतः अस्वीकार्य छ, विशेषतः उनीहरू अमेरिकी भूमिमा हुँदा। त्यस्तै, अमेरिकी प्रविधि प्लेटफर्महरूलाई विश्वव्यापी सामग्री नियमन नीति अपनाउन वा अधिकार क्षेत्र बाहिर पुग्ने गरी सेन्सरशिप गर्न दबाव दिनु पनि अस्वीकार्य छ। अमेरिकाको सार्वभौमिकतामाथि हुने यस्ता हस्तक्षेप हामी सहने छैनौं, विशेषगरी जब ती हस्तक्षेपहरूले हाम्रो मौलिक स्वतन्त्र अभिव्यक्तिको अधिकार कमजोर पार्छन्।
यो भिसा प्रतिबन्ध नीति आप्रवासन तथा राष्ट्रियता ऐनको धारा २१२(क)(३)(सी) अन्तर्गत लागू गरिनेछ, जसले विदेशमन्त्रीलाई यस्तो कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा अयोग्य ठहर गर्न अधिकार दिन्छ, जसको अमेरिका प्रवेशले “संयुक्त राज्य अमेरिकाको लागि गम्भीर परराष्ट्र नीति परिणामहरू निम्त्याउन सक्छ।” यी प्रतिबन्धहरू केही पारिवारिक सदस्यहरूमा पनि लागू हुन सक्छ।
Today, I am announcing a new visa restriction policy that will apply to foreign nationals who are responsible for censorship of protected expression in the United States. It is unacceptable for foreign officials to issue or threaten arrest warrants on U.S. citizens or U.S. residents for social media posts on American platforms while physically present on U.S. soil. It is similarly unacceptable for foreign officials to demand that American tech platforms adopt global content moderation policies or engage in censorship activity that reaches beyond their authority and into the United States. We will not tolerate encroachments upon American sovereignty, especially when such encroachments undermine the exercise of our fundamental right to free speech.
This visa restriction policy is pursuant to Section 212(a)(3)(C) of the Immigration and Nationality Act, which authorizes the Secretary of State to render inadmissible any alien whose entry into the Unites States “would have potentially serious adverse foreign policy consequences for the United States.” Certain family members may also be covered by these restrictions.
https://www.state.gov/announcement-of-a-visa-restriction-policy-targeting-foreign-nationals-who-censor-americans/?fbclid=IwY2xjawKmktRleHRuA2FlbQIxMABicmlkETFnUVVjUEdJcFhFVURicEZ3AR5hpHCkv_bCc8P7Nv2dC_d_0h4aQOL4vNkI0acqpsvvVEJ-pmf2N8u9Db2Obg_aem_hN9h58GrFiAyXIprNizS7Q
प्रतिक्रिया