कुलमान घिसिङले लोड सेडिंग अन्त्यको लागि पुर्याउनु भएको योगदानको म मुक्तकण्ठले प्रशंसा गर्दछु। वहाँलाई कार्यकाल सकिनै लाग्दा पनि केही समय अघि नै सरकारले बिचमै अपदस्थ गरेकोमा पनि मेरो विरोध छ।
तर कुलमानजी सँग मेरा तीनवटा गम्भीर र सार्वजनिक प्रश्न छन्, ती हुन :
१- यस्तो राम्रो र कुशल मान्छे, प्रचण्ड र माओवादी सँग राजनीतिक रूपमा नजिक हुनु हुन्छ भनिन्छ यदि यो साँचो हो भने यस्तो राम्रो र कुशल प्रशासक, प्राविधिक राजनीतिक बन्नु गलत होइन र ? वहाँ नेपाली साह्रा जनताले माया गरेको मान्छे, स्वतन्त्र रहनु पर्थ्यो, किन स्वतन्त्र बस्न नसक्नु भएको होला ?
२- आठ वर्ष बिद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक भएर काम गर्दा वहाँले आफ्नो एक जना पनि वहाँ जस्तै राम्रो उत्तराधिकारी किन बनाउन सक्नु भएन होला। कुशल नेतृत्वले कुशल उत्तराधिकारीहरू जन्माउनु पर्ने होइन र ? वहाँ हुँदा बिद्युत् प्राधिकरण ठिक ठाक चल्ने, वहाँ हिँड्यो कि लोडसेडिङ पनि सुरु भइहाल्ने, घाटामा पनि जाने यस्तो किन भएको होला ?
३- अहिले जुन बिद्युत् प्राधिकरण घाटा र नाफाको बहसमा छ, खासमा के होला कुलमान जी ?
एउटा पत्रकार भएको नाताले मैले जनमानसले उठाएका सवालहरू पनि सुन्नु पर्छ, त्यसैले सार्वजनिक रूपमा तपाईँको बारेमा लेखेँ र प्रश्न सोधेँ अन्यथा नमानिदिनुहोला । सार्वजनिक रूपमा उत्तर पाएँ भने त्यो यहाँका लागि पनि क्लियर गर्ने मौकाको रूपमा लिनुहोला है कुलमानजी !
* उही तपाईंको शुभेच्छुक जो तपाईंको पक्षमा सधै कलम चलायो, बोल्यो – रामप्रसाद खनाल
प्रतिक्रिया