Washington DC, US : October 10, 2026, Saturday 01:14 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|यस्ता छन् आजका नेपालका समाचारहरु|सरकारी जग्गा संरक्षण र भ्रष्टाचार छानबिनको माग गर्दै सत्य र न्यायको खोजी अभियान फेरि अख्तियारमा|अमेरिकाबाट धुर्मुस-सुन्तलीको शानदार पुनरागमन|मध्य अमेरिकी मुलुक पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनहरू भत्किए, दर्जनौँ परकम्पले त्रास|अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध अमेरिकाको कठोर प्रतिबन्ध|Breaking News : गोप्य सूचना चुहावटमा एआईजी बर्खास्त|अमेरिकामा १३ सैनिकको हत्या गर्ने पूर्वसैनिक अधिकृतलाई गोली हानेर मृत्युदण्ड दिइने, संसारभर प्रत्यक्ष प्रसारण गर्ने सरकारको घोषणा|पद्म राज ढकालका केही रचना र उनको परिचय|अमेरिकामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरण: शव अझै बेपत्ता, प्रमाण नष्ट गरिएको आशंका|Breaking News : युक्रेनमा रुसको भीषण हवाई आक्रमण

ट्रम्पले कतारसँग २०० अर्ब डलरको विभिन्न सम्झौताहरूको घोषणा गरे अमेरिका र कतारबीचको सम्बन्ध अझ नजिकिएपछि केही आलोचना पनि भएको छ !

  NepalMother.com | १ जेष्ठ २०८२, बुधबार ११:२१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चार-दिने मध्यपूर्व भ्रमणको दोस्रो चरणमा कतारसँग विभिन्न सम्झौताहरूको घोषणा गरेका छन्, जसमा बोइङ विमानहरूको खरिदका लागि २०० अर्ब डलरको आदेश पनि समावेश छ। कतार एयरवेजले बोइङ कम्पनीसँग १६० विमान किन्नको लागि २०० अर्ब डलरभन्दा बढीको “कीर्तिमानी” अर्डर दिएको छ।

संयुक्त वक्तव्यको सुरूमा, अमिरले उक्त बैठकलाई “उत्कृष्ट” भन्दै क्षेत्रीय अवस्थासहित विभिन्न मुद्दाहरूमा छलफल भएको बताए।

उनले कतार र अमेरिकाबीचको सम्बन्धलाई “अर्को स्तरमा” लैजान लागेको विश्वास व्यक्त गरे।

दोहा उड्नु अघि, ट्रम्पले रियाधमा सिरियाली राष्ट्रपति अहमद अल-शरासँग भेटघाट गरे। उनले सिरियालाई इजरायलसँग सम्बन्ध सामान्य बनाउन आग्रह गरेका थिए।

ट्रम्पले सिरियामाथि लगाइएको प्रतिबन्ध हटाएपछि यो भेट भएको थियो। ट्रम्पले प्रतिबन्ध हटाउनुको कारण बताउँदै भने, “यसले उनीहरूलाई महानताको अवसर दिनेछ।”

ट्रम्पले पछि सिरियाली नेताको प्रशंसा गर्दै भने, “उनी एक आकर्षक व्यक्ति हुन्, सशक्त नेता हुन्।”

उनले थपे कि टर्कीमा युक्रेन र रुससँग हुने शान्ति वार्तामा सहभागी हुन सक्ने सम्भावना छ। उक्त वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति पुटिनले पनि भाग लिन सक्ने अनुमान छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कतारको दोहामा कतारका अमिर शेख तमीम बिन हमाद अल थानीसँग विभिन्न सम्झौताहरूमा हस्ताक्षर गरे।

यस सम्झौतामा कतारले बोइङ विमान किन्न गरेको खरीद सम्झौता, कतार र अमेरिकाबीचको सहकार्यका पत्रहरू तथा MQ-9 ड्रोन विमान किन्नको लागि आशय पत्रमा हस्ताक्षर गरिएको छ। अल थानीले हस्ताक्षर समारोहअघि ट्रम्पसँग भएको कुराकानीलाई “उत्कृष्ट” बताएका छन् र यी सम्झौताले अमेरिका-कतार सम्बन्धलाई “अर्को स्तरमा” पुर्‍याएको बताएका छन्।

अमेरिका र कतारबीचको सम्बन्ध अझ नजिकिएपछि केही आलोचना पनि भएको छ। यसै सन्दर्भमा कतारका राजपरिवारले अस्थायी रूपमा एयर फोर्स वनको सट्टा प्रयोग गर्न प्रस्ताव गरेको निःशुल्क जेटको विषयमा पनि चर्चा भएको छ।

कतारसँगको सम्बन्धको विषयमा अमेरिकी सिनेटर रिक स्कटले भने, “कतार मेरो विचारमा महान सहयोगी होइन। उनीहरूले हमासलाई समर्थन गर्छन्, त्यसैले मलाई राष्ट्रपतिको सुरक्षाको चिन्ता छ।”

सन् २०१७ मा राष्ट्रपति ट्रम्पले कतारलाई आतंकवादको समर्थन गर्ने देशको रूपमा आरोप लगाएका थिए। तर, २०२२ मा राष्ट्रपति जो बाइडेनको प्रशासनले कतारलाई प्रमुख गैर-नाटो सहयोगीको रूपमा मान्यता दिएको थियो। अमेरिकाको अल उदेद एयर बेस, जो मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य आधार हो, दोहामै रहेको छ।

कतारले इजरायल र हमासबीचको द्वन्द्वमा शान्ति वार्ता र बन्धक विमुक्तिका प्रयासहरूमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। यसै साता इजरायली प्रतिनिधिमण्डलले गाजा क्षेत्रमा बन्धक साटासाट र युद्धविरामको सम्भावित सम्झौताका लागि दोहाको भ्रमण गरेको थियो।

मार्चमा अमेरिकी नागरिक जर्ज ग्लेजमानलाई तालिबानको कैदबाट मुक्त गर्न कतारले मध्यस्थताको भूमिका खेलेको थियो। त्यसैगरी, हमाससँगको वार्तामा पनि कतारको भूमिकाले अमेरिकी नागरिक एडन अलेक्ज्याण्डरलाई मुक्त गराउन मद्दत पुर्‍यायो।

यसै क्रममा, ट्रम्प संगठनले कतारमा नयाँ विलासी गल्फ रिसोर्ट निर्माण गर्न कतारी डियारसँग साझेदारी गरेको छ, जसमा कतारको सार्वभौम सम्पत्ति कोषले लगानी गरेको छ।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।