रोमका बिशप तथा क्याथोलिक चर्चका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस (८८ वर्ष), जसले वर्षौंको उथलपुथलका बीचमा परम्परावादीहरूसँग एकता कायम राख्दै विश्वव्यापी चर्चमा प्रगतिशील प्रभाव ल्याउन प्रयास गरे, सोमवार बिहान निधन भएको भ्याटिकनका क्यामरलेङ्गो कार्डिनल केभिन फ्यारेल्लले घोषणा गरेका छन्।
“प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, गहिरो दुःखका साथ म हाम्रो पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्न चाहन्छु। आज बिहान ७:३५ बजे, रोमका बिशप फ्रान्सिस परमपिताको घर फर्किनुभयो। उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो,” फ्यारेल्लले घोषणा गरे।
“उहाँले हामीलाई सुसमाचारका मूल्यहरूलाई निष्ठा, साहस र विश्वव्यापी प्रेमका साथ विशेष गरी गरिब र सीमान्तकृतका पक्षमा बाँच्न सिकाउनुभयो। प्रभु येशूका सच्चा चेला भएको उहाँको उदाहरणप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दै पोप फ्रान्सिसको आत्मालाई अनन्त दयामय त्रिएक परमेश्वरको प्रेममा सुम्पन्छौं।” अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पोपसँग आइतवारमात्रै भेट गरेका थिए।
“म अहिले पोप फ्रान्सिसको निधनको खबर थाहा पाएको छु। उहाँलाई प्रेम गर्ने संसारभरिका करोडौं ख्रीष्टियनहरूको लागि मेरो मन भारी भएको छ। हिजो उहाँसँग भेट्न पाउँदा म खुसी थिएँ, यद्यपि उहाँ निकै अस्वस्थ हुनुहुन्थ्यो। तर म उहाँको त्यो होमिली सधैं सम्झिरहनेछु जुन उहाँले COVID महामारीको सुरुवाती दिनहरूमा दिनुभएको थियो — साँच्चै अद्भुत थियो। परमेश्वरले उहाँको आत्मालाई शान्ति दिनुहोस्,” भान्सले सोमवार बिहान X मा लेखेका छन्।












प्रतिक्रिया