बिबेक हराएका शाशक, भोट बेच्ने र तिनै बिबेक हराएका शाशकको गुलामी, दासता र आरति उतार्नैमै मस्त जनता र आफु आफु मै लड्ने भिड्ने जनता, कुशाशन मार्फत देश लाइ प्रयोगशाला बनाउंदै ओली, देउबा, प्रचण्डहरुको लुटतन्त्रको राज चलिरहेकै नेपालसंग जोडिएको चीन को बिकास क्रम लोभ लाग्दो मात्र छैन संसार कै लागि अनुकरणीय छ। चीन ले एक पछि अर्को बिकासको फड्को मार्ने क्रम मा अहिले फेरि व्यावसायिक उड्ने ट्याक्सी उद्योग विकास गर्नेतर्फ कदम बढाएको छ । दुई कम्पनीले उड्ने ट्याक्सी अर्थात् स्वचालित यात्री ड्रोन सञ्चालन गर्न नियामक निकायबाट अपरेटर प्रमाणपत्र प्राप्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अमेरिकी सेयर मार्केट नास्डाकमा सूचीकृत दुई कम्पनी इह्याङ होल्डिङ्स र हेफेई हे एयरलाइन्सले स्वचालित यात्री ड्रोन सञ्चालन गर्ने उद्देश्यले शनिबार (मार्च २९) चीनको नागरिक उड्डयन प्रशासनबाट अनुमतिपत्र प्राप्त गरेका हुन् ।
अब यी दुई कम्पनीले मानवरहित हवाईयान प्रयोग गरी सहरी साइट सिइङ (सहरी पर्यटन टुर)जस्ता व्यावसायिक यात्री सेवा सञ्चालन गर्न पाउनेछन् । स्वचालित यात्री ड्रोन सञ्चालननिम्ति एयर अपरेटर प्रमाणपत्र ती कम्पनीले नियामक निकायबाट पाउनुपर्ने अन्तिम अनुमति थियो । ती कम्पनीले यसअघि टाइप, उत्पादन र एयरवर्थिनेस प्रमाणपत्र पाइसकेका थिए ।
यो विकासले लो अल्टिट्युड पर्यटन व्यवसायको नयाँ सुरुआत हुने बताइएको छ । इह्याङको सहरी साइट सिइङको व्यवसायले उद्योगको विकासलाई थप गति दिन सक्ने सेल्टिक सेक्युरिटिजको रिपोर्टलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।
चीनले हालैका महिनामा लो अल्टिट्युड इकोनोमी विकास गर्न धेरै कदम चालिसकेको बताइएको छ । यसमा डेलिभरी ड्रोनदेखि उड्ने कारसम्मका प्रविधि छन् । चीनका नेताले यसलाई एक महत्त्वपूर्ण उद्योग र आर्थिक वृद्धिको कडीका रूपमा चिनाएका छन् ।
प्रतिक्रिया