Washington DC, US : June 25, 2025, Wednesday 08:01 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अर्को साता अमेरिका र इरानबीच वार्ता हुने : अमेरिकी राष्ट्रपति ट्रम्प|Breaking News : NATO महासचिव रुट्टेले ट्रम्पलाई “शक्तिशाली व्यक्ति” र “शान्तिका अग्रदूत” को रूपमा सम्मान गरे|देशका लागि “ऐतिहासिक विजय”- इजरायल, “१२ दिनको युद्ध” को अन्त्यको निर्णय – इरान|देशभरिका १४ उत्कृष्ट किसानलाई राष्ट्रपति बाट सम्मान|इरान – इजरायल युद्ध र युद्ध बिराम पछिको बिकसित घटना क्रम|अब नेपाली सेना मौन बस्न मिल्दैन|जनसंघर्षको ३६ औं वर्ष प्रवेश : डा. चापागाईंले धन्यवाद व्यक्त गरे|कुशासनको छायाँमा शान्ति र समृद्धि|Breaking News : राष्ट्रपति डोनाल्ड ट्रम्पले गराए कतारी सरकारको मध्यस्थतामा इजरायल र इरानबीचको नाटकीय “युद्ध बिराम”|सर्वोच्च नेता खामेनी बंकरमा, यदि इरानले होर्मुज बन्द गरे के हुन्छ ?

१२ घण्टासम्म अघोषित लोडसेडिङ शुरु काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले उद्योगहरुमा अघोषित लोडसेडिङ गरेर नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नै छैन भन्ने झुटो र भ्रामक प्रचारबाजीमा लागिरहेको आरोप

  NepalMother.com | ९ चैत्र २०८१, आईतवार १०:२८

व्यवसायीहरुले भनेः विद्युत आपूर्ति गर्न नसक्ने भए लोडसेडिङको तालिका देउ
औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ शुरु भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । आईतवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले उद्योगहरुमा अघोषित लोडसेडिङ गरेर नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नै छैन भन्ने झुटो र भ्रामक प्रचारबाजीमा लागिरहेको आरोप लगाएका हुन् । २४ सै घण्टा विद्युत आवश्यक पर्ने सिमेन्ट, स्टिलल र धागो उद्योगहरुमा अघोषित लोडसेडिङ भइरहेको उनीहरुको भनाइ छ । नेपाल विद्युत प्राधिकरणले दिउँसो विद्युत दिने गरेको भएपनि आधा समय मेसिनरी बन्द गर्न नमिल्ने उद्योगीहरुको जिकिर छ । यसरि दैनिक आधा समय मात्र चलाएका मेसिनरीहरु कवाडिमा परिणत हुने चिन्ता उनीहरुको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झुटको खेती गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेपालको अर्थतन्त्र अचेत अवस्थामा रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत निरन्तर ह्रास आइरहेको अवस्थामा समेत औद्योगिक क्षेले पर्याप्त विद्युत नपाउनु दुःखद् भएको बताउनु भयो । उहाँले प्राधिकरणकै पदाधिकारीहरुले महंगोमा विद्युत किने उद्योग जोगाउन नसक्ने खालको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज अर्थतन्त्र अचेत अवस्थामा छ । कुल ग्राहस्थ उत्पादनमा दिनानुदिन ह्रास आउँदै गइरहेको छ । त्यस्तो अवस्थामा पनि हामी निरन्तर बिजुली नपाउने अवस्थामा छौं । विद्युत प्राधिकरणका प्रवक्ताले हालै एक ठाउँमा महंगोमा बिजुली किनेर उद्योगहरुलाई जोगाउन सक्दैनौं भन्नुभयो । एउटा जिम्मेवार व्यक्तिले त्यस्तो स्टेटमेन्ट दिनसक्छ । यो सारै नै दुःख लाग्दो कुरा हो ।’

अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले अघोषित रुपमा १२ घण्टा र घोषित रुपमा १२ घण्टा लोडसेडिङ हुँदा उद्योहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताउनु भयो । उहाँले लोडसेडिङकै कारण मासिक ९ हजार टन वस्तुको उत्पादन गर्ने क्षमता भएको कम्पनीले ३ हजार सात सय ५० टन मात्रै उत्पादन गर्न सकेको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरु लोडसेडिङकै कारणले प्रत्येक वस्तुमा १०÷१० रुपैयाँ मारमा रहेको बताउनु भयो । उहाँले आवश्यकता जति विद्युत अपूर्ति नभएकै कारणले वस्तुको मूल्य बढाउन बाध्य भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कुनै उद्योग दैनिक ३०० टन उत्पादन गर्ने उद्योग छ । र उसले महिनामा ९ हजार टन उत्पादन गर्ने क्षमता मानिन्छ । तर उद्योगको फिक्स क्यापिटल भन्ने हुन्छ । त्यो हरेक उद्योगको ६ करोड रुपैयाँ देखिएको छ । यो खर्चको विवरण हो । तर अहिले वस्तुको उत्पादन ३७५० मा झरेको छ । उद्योग चलाउन सक्ने अवस्था नै छैन । बत्तिको कारणले १०÷१० रुपैयाँ मार परेको स्थिति भएको कारण मूल्य वृद्धि गर्नुपरेको हो । हाम्रो घाटा हामीले कहाँबाट व्यहोर्ने कसरि निकाल्ने ? हाम्रो उद्योगले नोक्शान खाएर पनि उत्पादन गर्न सक्दैन ।’

नेपाल विद्युत प्राधिकरणले बिना लोडसेडिङ विद्यतु आपूर्ति गरिदिनुपर्ने उहाँको माग छ । विद्युत आपूर्ति गर्न नसक्ने भए लोडसेडिङको तालिका प्रकाशन गरी पूर्वजानकारी दिनुपर्नेमा उद्योगीहरुको जोड छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले लोडसेडिङ अन्त्य गरी डेडिकेटेड र ट्रंकलाइन महशुल विवाद टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले लोडसेडिङको बायोप्रोडक्ट भएको हिसाबले वस्तुको मूल्यमा वृद्धि भएको बताउनु भयो । उद्योगहरुको वस्तु उत्पादनको क्षमतामा ह्रास आइरहेको उल्लेख गर्दै उहाँले लोडसेडिङ अन्त्य आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।

उद्योगी व्यवसायीहरु अन्याय नगर्ने र अन्यायको विरुद्धमा डटेर लड्ने उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।