Washington DC, US : March 16, 2026, Monday 04:33 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अहिले इरान युद्धमा के के भइरहेको छ ? हेर्नुस ताजा अपडेटहरु|NRN को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल|Breaking News : इरानले प्रतिशोधात्मक आक्रमण, होर्मुज हुँदै जाने तेल आपूर्ति अवरुद्ध हुन थालेपछि विश्वव्यापी ऊर्जा संकट उत्पन्न|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि

फ्रान्सको राजधानी पेरिसमा तामाङ ल्होछार सम्पन्न

  NepalMother.com | २० माघ २०८१, आईतवार २१:५५

फ्रान्सको राजधानी पेरिसमा आईतबार तामांग समुदायको प्रमुख पर्व २८६१ औं तामाङ ल्होछार भब्यताका साथ बीच सम्पन्न भएको छ। तामाङ घेदुङ फ्रान्सको आयोजनामा सम्पन्न यस सांस्कृतिक समारोहमा ३०० भन्दा बढी दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्यता दिएको थियो ।

कार्यक्रममा तामांग समुदायका महिला र पुरुष हरुले विभिन्न परम्परागत भेषभूषामा आकर्षक रूपमा प्रस्तुत हुँदै कार्यक्रमको रौनक बढाएका थिए। विशेष आकर्षणका रूपमा परम्परागत तामांग गीत-संगीत र नृत्य प्रस्तुत गरिएको थियो।बिहान सबेरै तामांग धर्म गुरु द्वारा गत बर्ष फ्रान्समा मृत्यु हुनु भएका दिबंगत आत्माहरुको चिर शान्तिको लागि पूजापाठ गरिएको थियो ।कार्यक्रमको सुरुवातमा रास्ट्रिय गान बजाईएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास फ्रान्सका महामहिम राजदूत सुधिर भट्टराईले मेन्दो माया, मैच्याङ र च्याङ्वाको सेलोलाई देशको सांस्कृतिक पहिचानको रुपमा हेरिने बताउनु भएको थियो । उनले यस्ता सांस्कृतिक कार्यक्रमले बिदेशमा जन्मे हुर्केका पुस्तालाई नेपाल संग जोड्ने काम गर्ने उल्लेख गर्नु भएको थियो ।फ्रान्समा हुने जुनसुकै कार्यक्रम राजुताबासको पूर्ण सहयोग हुने बताउनु भएको थियो ।

यस समारोहको सञ्चालन सुरेश डुल्छेन लामा तामांगले गर्नु भएको थियो।कार्यक्रमको सुरुवातमा ल्होछार पर्बको महत्वको बारेमा सुरेश लामा तामांगले प्रकाश पर्नु भएको थियो।निशा लामाले आयोजक को तर्फ बाट उपस्थितहरुलाई नयाँ वर्ष २८६१ को शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष लोक पुन मगर, नेपाली एकता समाज फ्रान्सका संस्थापक तप्त भण्डारी, नेपाली सांस्कृतिक गृह फ्रान्सका अध्यक्ष नन्द कुमार थेवे, नेपाली जनसंपर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, साहित्यकार हरिहर अर्याल ,साहित्यकार,रक्तदान अभियन्ता प्रसान्त उप्रेती ज्यु लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सुभकामना मन्तब्यको क्रममा साहित्यकार उप्रेतीले तामांग घेदुङ्ग फ्रान्सको कार्यक्रम आयोजनाको लागि आर्थिक सहयोग गर्नु हुने सामाजिक मनहरुको प्रसंशा खुलेर गर्नु भएको थियो । उहाँले सामाजिक सद्भाव बढाउन यस संस्थाले गरेको योगदानको चर्चा गर्दै गर्दा कार्यक्रम स्थल तालीले गुन्जायमान भएको थियो।
कार्यक्रममा दोस्रो पुस्ताका तामांग युवा युवती हरूले पनि सक्रिय सहभागिता जनाए, जसले कार्यक्रममा नयाँ पुस्ताको सांस्कृतिक चासो र उत्साहलाई झल्कायो। उनीहरूको उपस्थितिले तामांग समुदायको पहिचान र मौलिकताको निरन्तरतालाई बलियो बनाएको सहभागीहरूले बताए ।

कार्यक्रममा प्रस्तुत गरिएका परम्परागत नृत्य र गीतहरूले दर्शकहरूलाई विदेशमै बसेर पनि आफ्नो गाउँघरको सम्झना दिलाएका थिए। यो अवसरले परिसमा रहेका तामांग समुदायलाई एकत्रित गर्न र आफ्नो सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न प्रोत्साहित गरेको छ।

तामांग घेदुङ्ग फ्रान्सका अध्यक्ष मिलन लामाले ल्होछार जस्तो सांस्कृतिक पर्वले समुदायलाई एकताबद्ध गर्नुका साथै नयाँ पुस्तामा आफ्नो परम्पराप्रति गर्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले यो पर्वले समुदायको एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको कुरा पनि उल्लेख गरे।यस वर्षको ल्होछारमा नेपाली समुदायको बाक्लो उपस्थितिले कार्यक्रमलाई अझ विशेष र यादगार बनाएको थियो। – प्रशान्त उप्रेती

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।