Washington DC, US : February 22, 2025, Saturday 01:07 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

भारतमा ३ नेपाली सहित १३ भन्दा बढीको मृत्‍यु, दर्जनौं घाइते

  NepalMother.com | १० माघ २०८१, बिहीबार १०:५७

भारतको महाराष्ट्रको जलगाउँमा बुधबार बेलुका (हिजो) रेल दुर्घटना हुँदा १३ भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । दुर्घटनामा नौ पुरुष र तीन महिलाको मृत्यु भएको जलगाउँका जिल्ला कलेक्टर आयुष प्रसादले द इन्डियन एक्सप्रेसलाई बताएका छन् । ज्यान गुमाउनेमध्ये तीन जना नेपाली नागरिक हुन् । हालसम्म नेपाली नागरिकसहित सातजनाको शव पहिचान भइसकेको छ । दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको जनाइएको छ । कमला भण्डारीको घर कैलालीको मोहन्याल गाउँपालिका–६ हो ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलको एउटा डिब्बामा आगो लागेको हल्ला फैलिएको थियो । त्यसपछि आत्तिएका केही यात्रुले ‘अलार्म चेन’ ताने । रेल रोकियो । र, हतारहतार केही यात्रु रेलबाट हाम फालेका थिए । त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो । जलगाउँका एक मन्त्री गुलाबराव पाटिलले रेलमा आगो लागेको अफवाहले यात्रु डराएका र त्यसबाट हाम फालेका बताएका छन् ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।