नेपाली चलचित्र क्षेत्रको लोकप्रिय ब्रान्डका रूपमा स्थापित ‘छ माया छपक्कै’को दोस्रो शृंखला ‘छ माया छपक्कै २’ दशैंको अवसर पारेर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षका अनुसार चलचित्र असोज ३१ अर्थात् अक्टोबर १७, दशैंको फूलपातीका दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
आमा सरस्वती मुभिजको निर्माणमा तयार भएको चलचित्रलाई AMA Saraswati Movies र IME ले प्रस्तुत गरेका छन् भने फिल्म ब्यानरका रूपमा Rohit Adhikari Films रहेको छ। नेपाली चलचित्रका चर्चित कलाकार तथा निर्माता दीपकराज गिरी यस चलचित्रमा ‘राजा’ नामक मुख्य पात्रको भूमिकामा देखिँदैछन्।
चलचित्रमा दीपकराज गिरीसँगै दीपाश्री निरौला, केकी अधिकारी, सनीशा भट्टराई, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, राम प्रसाद खनाल, मेक्सम गौडेल, नवीन लम्साल, विष्णु सापकोटा, रविन्द्र झा, रजनी केसी, कर्मा शाक्य, रियान गिरी, शारदा गिरी, सन्तोष पौडेल, पार्वती अधिकारी र राधा लम्साललगायत कलाकारको अभिनय रहेको छ। शारदा गिरी चलचित्रमा ‘काली आमा’को भूमिकामा प्रस्तुत भएकी छन्।
चलचित्रको कथा तथा निर्देशन दीपेन्द्र लामाले गरेका छन् भने कथा विकास, पटकथा र संवादमा दीपकराज गिरीको महत्वपूर्ण भूमिका रहेको छ। दीपाश्री निरौला चलचित्रको सल्लाहकारका रूपमा रहेकी छन्। निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता हुन् भने धीरज चापागाईंले प्रोडक्सन डिजाइन सम्हालेका छन्।
छायांकनतर्फ सुशन प्रजापति र आलोक शुक्ला डीओपीका रूपमा रहेका छन् भने विशाल प्रजापतिले सिनेमाटोग्राफी सम्हालेका छन्। विपिन मल्ल सम्पादक र अंकित खान सहायक सम्पादक हुन्। मनोरञ्जन श्रेष्ठले कलरिङ, मुकेश शाहले साउन्ड डिजाइन तथा रि रेकर्डिङ मिक्सिङ र सुजिल कर्माचार्यले पृष्ठसंगीत तयार गरेका छन्।
दिक्षित अधिकारीले फोली, एम्बियन्स, साउन्ड इफेक्ट तथा डबिङमा काम गरेका छन्। सचिन जोशीको लोगो एनिमेसन तथा मनोज श्रेष्ठको भीएफएक्स र मोसन ग्राफिक्स रहेको चलचित्रमा ललित बिष्ट मुख्य सहायक निर्देशक, विश्व माझी सहायक निर्देशक र नवीन अवस्थी प्रथम सहायक निर्देशकका रूपमा रहेका छन्। प्रोडक्सन म्यानेजर साजन बस्थाकोटी हुन्।
चलचित्रका नृत्य निर्देशक किरण थापा हुन् भने लाक्पा लामा र सुनैना श्रेष्ठ सहायक नृत्य निर्देशकका रूपमा रहेका छन्। देवराज सापकोटा र नवराज रिजालले डान्सर टोलीको नेतृत्व गरेका छन्। ड्रोन तथा पर्दा पछाडिका दृश्यको जिम्मेवारी केशव पाण्डेले सम्हालेका छन्।
रोशन श्रेष्ठले एक्सन तथा थ्रिल पक्षमा काम गरेका छन्। ज्योति केसी, सासा क्रिएसन पोखरालगायतले वार्डरोब व्यवस्थापन गरेका छन्। विक्रम थापा मेकअप, सरस्वती श्रेष्ठ हेयर तथा भीमलाल श्रेष्ठ ड्रेसको जिम्मेवारीमा छन्। कला निर्देशन रोशन रामटेल ‘दिवाना’को रहेको छ भने अनुप रिजाल सहायक कला निर्देशक हुन्। चलचित्रमा Ideas & Images का उपकरण प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रलाई IME, New Punch EV र IMEPAY ले प्रायोजन गरेका छन्। OSR Digital डिजिटल पार्टनर र Hamro Patro क्यालेन्डर पार्टनरका रूपमा जोडिएका छन्।
निर्माण पक्षले Royal Palace Banquet, Mulpani, Garima Florist & Event, Sasa Creation Pokhara, Club 16 Pokhara र Ganesh Dhaka Pokhara लगायतलाई विशेष धन्यवाद दिएको छ।
दशैं जस्तो नेपाली चलचित्रका लागि महत्वपूर्ण व्यापारिक समयमा प्रदर्शनमा आउन लागेको ‘छ माया छपक्कै २’ ले पारिवारिक मनोरञ्जनसँगै सामाजिक विषयलाई हास्य, व्यंग्य र कथात्मक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। पहिलो ‘छ माया छपक्कै’बाट दर्शकमाझ बनेको पहिचानका कारण दोस्रो शृंखलाप्रति पनि दर्शकको चासो बढ्ने निर्माण टोलीको अपेक्षा छ।









प्रतिक्रिया