Washington DC, US : August 12, 2026, Wednesday 08:39 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

नेपालमा साम्प्रदायिक दङ्गा  र संयुक्त राष्ट्रसंघ - डा. बालकृष्ण चापागाईं

  NepalMother.com | २७ श्रावण २०८३, बुधबार २०:३८

नेपाललगायत विश्वका विभिन्न मुलुकमा समय समयमा गलत तत्वहरुको उक्साहटमा साम्प्रदायिक दङ्गा गराउने दुष्प्रयत्नहरु हुने गरेको पाइन्छ । विभिन्न वर्ण, जातजाती, भाषाभाषी, धर्म, संस्कृति, भूगोल, राजनीति र आर्थिक स्वार्थका कारण द्वन्द्व उत्पन्न हुँदा त्यसले क्रमशः उग्ररुप लिदै जाने क्रममा दङ्गा, हिंसा, विद्रोह र शारीरिक हमला तथा  सशस्त्र आक्रमणका  घटनाहरुले समाजमा  भयानक अशान्तिको स्थिति उत्पन्न हुने गरेको हामीले देख्दै  र भोग्दै आएका छौं ।

हिंसाजन्य घटनाका स्वरुप र प्रकृति फरक हुन सक्छन् तरकुनै पनि विभेद र हिंसाले समाजलाई अशान्त र आक्रान्त पारेको हुन्छ । आज भन्दा झण्डै एक वर्ष अघि अर्थात २०८२ भदौ २३ र २४ गते  जेनजी पुस्ताको आव्हानमा भएको आन्दोलन राजनीतिक प्रकृतिको भएतापनि त्यस आन्दोलनले  हिंसात्मक रुप लिदा राष्ट्रमा ठूलो धनजनको क्षति भएको हामी सबैमा विदितै छ ।  त्यस प्रकारको  हिंसा हुनबाट नेपाललाई जोगाउन सक्नुपर्दथ्यो । त्यसमा हामी नेपालीहरु चुकेका छौं । त्यसको क्षतिपूर्ति नेपालले कहिल्यै प्राप्त गर्न सक्ने छैन । त्यसैले यो घटना नेपालीहरुका लागि सदा सर्वदा अविस्मरणीय रहिरहने छ ।

विश्वकै राजनीतिक एवम्  परिवर्तनका खातिर अहिलेसम्म भएका र  गरिएका आन्दोलनहरुको सन्दर्भमा गत वर्षको जेनजी आन्दोलन पृथक विशेषताको आन्दोलन रहेको थियो । कसैले सोचेको थिएन की त्यो आन्दोलनले यस प्रकारको उग्ररुप लिन्छ र सरकारको नियन्त्रण भन्दा बाहिर पुग्छ भनेर ? तर आन्दोलनले साच्चिकै निर्णायक रुप लियो र सरकारलाई नेतृत्व बाहिर पार्ने मात्र होइन अन्तरिम सरकारको गठन र प्रतिनिधि सभाको विघटनका साथै नयाँ निर्वाचन गर्न समेत बाध्य तुल्यायो । झण्डै सैनिकको हातमा राजकीय सत्ता पुग्न सक्ने खतराबाट मुलुक जोगियो ।

गणतन्त्रको प्रतिकको रुपमा राष्ट्रपति कायम रहदै उनको संयोजन र आन्दोलनकारीको सहमतिमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा मन्त्रीमण्डल गठन हुन पुग्यो  र उहाँकै नेतृत्वमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई राष्ट्रिय स्वतन्त्र पार्टीको अत्यधिक ठूलो संख्या अर्थात झण्डै दुई तिहाईको प्रतिनिधित्व सहितको बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार बन्यो । मुलुकले  भ्रष्ट्राचारको अन्त्य र सुशासनका लागि जर्वजस्त परिवर्तन खोजेको सन्दर्भमा यो जेनजी आन्दोलन नेपालको लागि मात्रै होइन विश्वकै इतिहासको नयाँ कीर्तिमानका रुपमा चर्चित रहेको छ ।

विश्व राजनीतिका  विभिन्न घटनाक्रमहरुलाई विश्लेषण गर्दा जनताको चाहना अनुसार नै शासन सत्तामा  परिवर्तन हुँदै आएको पाइन्छ । यसको ऐतिहासिक पृष्ठभूमितर्फ जाँदा विश्वमा राज्य सत्ताको उदय र विकाससँगै शासक र शासित बीचको द्वन्द र हिंसाका घटनाहरू भएको पाइन्छ । विश्व राजनीतिमा देखा परेका द्वन्द्व र  परिवर्तनलाई दृष्टिगत गर्दा इस्वी सन् १२१५ मा बेलायती राजा र जनताबीच म्याग्नाकार्टामा लिखित सम्झौता भएको पाइन्छ ।  यो सम्झौतामा राजाले संसदको अधिवेशन नियमित रूपमा बोलाउनु पर्ने, ऐन पारित गर्ने अधिकार संसदलाई हुने, संसदको स्वीकृति बिना कर लाउन नपाइने, उचित कानुनी प्रक्रिया बिना कुनै पनि स्वतन्त्र व्यक्तिलाई थुनामा राख्न नपाउने तथा देश निकाला गर्न नपाउनेजस्ता व्यवस्थाहरू गरिएको पाइन्छ ।
सन् १६८८ मा बेलायतमा भएको परिवर्तनलाई इतिहासमा रक्तापातविहीन क्रान्ति वा गौरवमय क्रान्तिको     रूपमा चित्रित गरिएको पाइन्छ । सन् १६८९ को अधिकार पत्रले पनि मानवअधिकार र शान्तिको पक्षमा केही भूमिका खेलेको पाइन्छ । सत्रौं शताब्दीमा बेलायती संसद र त्यहाँका राजा बीच शक्ति संघर्ष बढ्दै गएको सन्दर्भमा राजा चाल्र्स प्रथमका सेना र संसद पक्षधर सेनाबीच भएको लडाईमा संसद पक्षधर सेना विजयी भएपछि जनवरी १६४९ मा चाल्र्स प्रथमलाई फाँसी दिइएको थियो । पछिल्ला राजा जेम्स द्वितीयले पनि संसदमाथि नियन्त्रणको प्रयास गर्दा असफलता हात लागेपछि सन् १६८८ मा देश छाडेर भागेका थिए । यो घटना रक्तहीन क्रान्ति भनेर चिनिन्छ । त्यसको लगत्तै राजा विलियमले संसद र जनताले हासिल गरेका सबै अधिकारहरूको सम्मान गर्न मन्जुर गरेका थिए ।
सोही अनुरूप सन् १६८९ मा बेलायती संसदले राजा र जनताबीचको सम्बन्ध निर्धारण गर्ने सम्बन्धमा सम्झौताको लिखत तयार ग¥यो, त्यसै सम्झौता -लिखत) लाई अधिकारपत्र भनेर चिनिन्छ । त्यस अनुसार राजाको शक्ति सीमित भयो र राजाले कुनै पनि काम गर्नुभन्दा पहिले संसदको स्वीकृति लिनुपर्ने भयो । कानुनी सुनुवाइहरू निष्पक्ष न्यायाधीशहरूद्वारा हुनुपर्ने, संसदले तयार गरेको कानुनलाई राजाले निलम्बन गर्न नपाउने, राजाद्वारा विशेष न्यायालयको व्यवस्था गर्न नपाउनेलगायतका प्रावधानहरू अधिकार पत्रमा समावेश गरिए । यस क्रममा अठारौं शताब्दीमा युरोपेली समाजका डच विधिवेत्ता ग्रोटिअसद्वारा प्रतिपादित राज्यहरूको कानुन रुसोद्वारा प्रतिपादित æसामाजिक सम्झौताको सिद्धान्तÆ शक्ति पृथकीकरणको मोन्टेस्क्युको अवधारणा, लकको ‘मान्छेको अधिकारको सिद्धान्त’ त्यस कालखण्डका महत्वपूर्ण उपलब्धि थिए, जसको सम्बन्ध त्यसपछिका उल्लेख्य परिवर्तनसँग रहेको छ । तत्पश्चात थोमस जेफर्सनद्वारा तयार गरिएको घोषणापत्रमा सबै मानिसहरूको सृष्टि -जन्म) समान रूपले भएको छ र जीवन स्वाधीनता -स्वतन्त्रता) र सुखजस्ता केही अहरणीय अधिकारहरू जन्मदै लिएर आएको हुँदा यस्ता अधिकारहरूको हरण गरिनु हुँदैन  भन्ने उल्लेख गरिएको छ ।
यो घोषणापत्रले सबै मान्छे जन्मजात स्वतन्त्र छन् र स्वतन्त्र रहने छन्, सबैको समान अधिकार छ भन्ने उल्लेख गरेको थियो । सन् १७७६ को अमेरिकी स्वतन्त्रताको घोषणा र सन् १७८९ र १७९३ को फ्रान्सेली घोषणापत्रले नवउदीयमान राष्ट्रहरूका लागि आधारभूत संरचना र निर्देशक सिद्धान्तका रूपमा मानवअधिकार र स्वतन्त्रतालाई प्रतिविम्बित गरेको छ । मिरावोद्वारा तयार गरिएको फ्रान्सेली घोषणापत्रमा मानिसको अधिकार भनेर एउटा मानिस भएको हुनाले प्राप्त हुने वैयक्तिक अधिकार र नागरिक अधिकार भन्नाले समाजको सदस्यका रूपमा रहेका नागरिकहरूलाई प्राप्त हुने अधिकारका रूपमा चित्रित गरिएको थियो । प्रथम विश्वयुद्धको शुरुवातका थुप्रै कारणहरू  थिए । युद्धको विकराल स्वरूप, युद्धमा भएको क्षति र मानवतामाथिको निर्मम प्रहारले प्रताडित विश्व–समुदायले त्यस्तो अवस्थाको रोकथाम गर्न साझा अन्तर्राष्ट्रिय मञ्चको आवश्यकता महसुस गरे अनुसार २८ जुन १९१९ मा लिग अफ नेसन्सको स्थापना गर्ने सम्बन्धमा एउटा सम्झौतापत्रमा हस्ताक्षर भयो र यसको पहिलो महासभा १० जनवरी १९२० मा सम्पन्न भई लिग अफ नेसन्सको जन्म भएको पाइन्छ ।
२६ धारा भएको लिग अफ नेसन्सको विधान -कोभेनान्ट) मा पहिले २७ राष्ट्र सदस्य थिए भने पछि यो संख्या ६३ पुगेको थियो । यसको विधान -कोभेनान्ट) मा मानवअधिकार बारे विस्तृत उल्लेख नभए तापनि दुई क्षेत्रमा जनताको संरक्षणको लागि सक्रियता उल्लेख थियो । एउटा अल्पसंख्यक जातिका मानिस र अर्को पराजित शक्तिहरूको उपनिवेशमा बसेका व्यक्तिहरूको सुरक्षा गर्नुसँग सम्बन्धित थियो । मानवअधिकारका दृष्टिले लिग अफ नेसन्सको उल्लेख्य सक्रियता श्रमिकहरूको अधिकार संरक्षणमा थियो । यसबारे लिगको विधानमा पनि उल्लेख थियो ।
सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठनको जन्म भएको थियो । पछि लिगको अवसान भए पनि श्रम संगठन जीवित रह्यो र अहिले राष्ट्र संघको विशेषीकृत निकायको रूपमा कार्यरत छ । सन् १९३९ मा दोस्रो विश्वयुद्ध शुरु भयो । सन् १९४० को प्रारम्भसँगै लिग अफ नेसन्स विघटन भयो । युद्ध रोक्न नसक्नुजस्ता यसका असफलताका अनेकौं कारण थिए । सन् १९४१ मा अमेरिकी राष्ट्रपति रुजबेल्टले चारवटा स्वतन्त्रताको घोषणा गरेका थिए । जुन विचार र अभिव्यक्ति, विश्वास, भयबाट मुक्ति र अभावबाट मुक्ति थिए । द्वितीय विश्व युद्धको समाप्तिसँगै २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको विधिवत जन्म हुन पुग्यो ।  यसको उद्देश्य भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउन भनी वडापत्र जारी ग¥यो ।
यसको प्रस्तावनामा संयुक्त राष्ट्रका जनताहरूले मानव–जातिमाथि अकथित दुःख ल्याउने युद्धको मारबाट भावी पुस्तालाई बचाउने र मौलिक मानवअधिकारहरूमा, मानवीय व्यक्तिको मर्यादा र मूल्यमा, ठूला र साना राष्ट्रहरूमा एवम् नर–नारीको समान हकमा विश्वास दिलाउँदै विभिन्न सन्धी तथा अन्तर्राष्ट्रिय कानुनका अन्य श्रोतहरूबाट उत्पन्न भएका दायित्वहरूप्रति न्याय र सम्मानको स्थिति कायम राख्ने दृढता व्यक्त गरिएको छ ।
बृहत्तर स्वतन्त्रतामा सामाजिक प्रगति र जीवनको उच्चस्तर बढाउने र सहिष्णुताको व्यवहार गर्ने तथा असल छिमेकी भई आपसमा शान्तिपूर्वक सँगसँगै बस्ने र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न आफ्नो बल संयुक्त गर्ने तथा संस्थागत प्रणाली एवम् सिद्धान्तहरूको स्वीकृतिद्वारा साझा हितमा बाहेक सशस्त्र शक्तिको प्रयोग गरिने छैन भन्ने सुनिश्चित गरिएको छ । अन्तर्राष्ट्रिय निकायको प्रयोगद्वारा समस्त जनताहरूको आर्थिक र सामाजिक उन्नतिमा अभिवृद्धि गर्ने, यी लक्ष्य पूरा गर्नलाई संयुक्त रूपमा प्रयत्न गर्ने संकल्प गरिएको  छ ।  तदनुसार आ–आफ्ना सरकारहरूले सही र उचित रूपमा अधिकार प्राप्त तथा सन्फ्रान्सिस्को नगरमा जम्मा भएका प्रतिनिधिहरूमार्फत् संयुक्त राष्ट्रको वर्तमान बडापत्रलाई मन्जुर गरी …संयुक्त राष्ट्रÚ भनी ज्ञात हुने अन्तर्राष्ट्रिय संगठनको स्थापना गरेको पाइन्छ ।
यसरी गठित भएको र प्रस्तावना अघि सारेको संयुक्त राष्ट्रसंघले एक ः अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम राख्नु तथा यस लक्ष्य प्राप्तिका लागि, शान्ति भङ्ग गर्ने धम्की रोक्न र हटाउन तथा आक्रमणका काम वा शान्ति भङ्ग गर्ने अन्य कार्यहरूको दमन गर्ने, सामुहिक रूपबाट प्रभावकारी कदमहरू उठाउनु तथा शान्त भई गर्ने खालका अन्तर्राष्ट्रिय विवाद वा स्थितिहरूलाई न्याय र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू अनुरूप शान्तिपूर्ण तरिकाबाट मिलाउनु वा तय गर्नु दुईः समान अधिकारहरूको सिद्धान्त र जनताहरूको आत्मनिर्णयको सिद्धान्तको सम्मानमा आधारित मैत्रीपूर्ण सम्बन्ध राष्ट्रहरूबीच विकसित गर्नु तथा विश्व शान्ति बलियो तुल्याउन अन्य समुचित कदमहरू चाल्नु तीनः आर्थिक, सामाजिक, साँस्कृतिक वा मानवीय प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्नमा केन्द्रित रहेको छ ।
विभिन्न जाति, लिङ्ग, भाषा वा धर्ममा भेदभाव नराखी सबैका लागि मानवअधिकार एवम् मौलिक स्वतन्त्रताहरू प्रति सम्मानको भाव प्रोत्साहित र विकसित गर्नमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्नु चारः यी साझा उद्देश्यहरू प्राप्तिको लागि राष्ट्रहरूका क्रियाकलापहरूमा एकरूपता ल्याउने केन्द्रको रूपमा काम गरी विश्वशान्ति स्थापनामा भूमिका खेल्ने गरी उद्देश्य तथा सिद्धान्तको अवलम्बन गरेको पाइन्छ ।
विश्वमा हिंसा र युद्ध रोक्नका लागि मानव जातिले विश्वस्तरमा संयुक्त प्रयास गर्दै आएको पाइन्छ । यसै सिलसिलामा १० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघ महासभाले मानव–अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेपछि मानव अधिकारका विषयले महत्व पाएको देखिन्छ । यो विश्वव्यापी घोषणापत्रमा निहित नागरिक तथा राजनीतिक अधिकार एवम् आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारबारे राष्ट्र संघले सन् १९६६ मा दुई वटा प्रतिज्ञापत्र जारी गरी सदस्य राष्ट्रको अनुमोदनपश्चात् लागू भइसकेको अवस्था पनि छ ।  १० डिसेम्बरलाई विश्वभरि अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका रूपमा मनाउन थालिएपछि यस अभियानले विश्वशान्तिमा सकारात्मक प्रभाव दिएको पाइन्छ ।
मानवअधिकार सम्बन्धी घोषणाको धारा १ मा सबै व्यक्तिहरू जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान, विवेक र अन्तः स्करणले युक्त, भातृत्वको भावना हुनुु पर्ने उल्लेख गरिएको छ । त्यस्तै धारा २ मा जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचारधारा, राष्ट्रिय वा सामाजिक उत्पति, सम्पत्ति, जन्म वा अन्य कुनै हैसियतजस्ता कुनै पनि आधारमा कुनै पनि किसिमको भेदभाव बिना प्रत्येक व्यक्तिलाई उल्लिखित अधिकार र स्वतन्त्रताहरूको अधिकार हुने, कुनै पनि व्यक्ति रहेका मुलुक वा इलाका स्वतन्त्र, न्याय, स्वशासनरहित वा सार्वभौमसत्ताको अन्य कुनै पनि सीमाको अधीनमा रहेको जे भए तापनि त्यस्तो मुलुक वा इलाकाको राजनीतिक, क्षेत्राधिकारगत वा अन्तर्राष्ट्रिय हैसियतका आधारमा कुनै पनि भेदभाव गरिने छैन भन्ने उल्लेख गरिएको छ ।
त्यस्तै धारा ३ मा प्रत्येक व्यक्तिलाई जीवनको स्वतन्त्रता र सुरक्षाको अधिकार हुने भनिएको छ भने धारा ४ मा कसैलाई बाधा वा दास बनाई राखिने छैन, कुनै पनि किसिमको दासत्व र दास व्यापारलाई निषेध गरिनेछ जस्ता मानवअधिकार सम्बन्धी धारा उपधाराहरूको व्यवस्था गरिएको छ । यसरी संयुक्त राष्ट्र संघले विश्व शान्ति र मानवअधिकारका लागि घोषणापत्र नै जारी गरेर स्थापना कालदेखि अनेकौं प्रयत्न गरी आएको भए तापनि विश्व मानवसमाज हिंसा र युद्धको विभीषिकाबाट मुक्त हुन सकेको छैन । विश्व मानचित्रमा आफ्नै भौगोलिक, राजनीतिक, सामाजिक र आर्थिक विशेषता भएको  सार्वभौम मुलुक नेपालको इतिहास हेर्दा द्वन्द्व, हिंसा र शान्तिपूर्ण आन्दोलनका माध्यमबाट अगाडि बढ्दै आएको पाइन्छ । लामो समयदेखिको त्याग, तपस्या र बलिदानीपूर्ण ठूलो संघर्ष र क्रान्तिबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान–२०७२ जारी भई त्यसको कार्यान्वयनका  १० वर्ष बितिसक्दा  पनि  त्यसले मुलुकको समग्र हित र समुन्नतिमा सार्थक परिणाम दिन नसक्नु  गम्भीर  प्रश्न बनेको  छ ।
यतिबेला संविधान संशोधनको बहस मात्र होइन, सरकारले नै संविधान संशोधनका लागि  औपचारिकरुपमै कार्यको थालनी गरेको छ । देशमा देखापरेको भ्रष्टाचार र सुशासनको अभावका कारण नयाँ विद्रोहका रुपमा जेनजी आन्दोलन भएको विश्लेषण हुने गरेको छ । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि सुशासनका क्षेत्रमा सकारात्मक कदमहरु चालिएको सन्दर्भमा जनस्तरबाट समर्थन भएको देखिन्छ । यो सरकारप्रति जनताको अपेक्षा र विस्वास पनि सकारात्मक नै देखिन्छ । युवाहरुको नेतृत्वको सरकार भएकाले अवश्य पनि  मुलुकलाई सही दिशामा अग्रसर गराई युवाहरुलाई रोजगारीको सिर्जना, उत्पादनमा वृद्धि तथा निजी तहका उद्योगी व्यवसायी एवं कृषि क्षेत्रमा उत्साहको लहर आउने विस्वास पनि गरिएको  अवस्था छ ।
झण्डै एक वर्ष पुग्न लाग्दा केही दिन अघि नेपालको पूर्वी क्षेत्रमा अकस्मात उत्पन्न साम्प्रदायिक दङ्गाले बालेन्द्र सरकारलाई नयाँ पाठ सिकाएको छ । यस प्रकारका साम्प्रदायिक दङ्गा मच्चाउने तत्वलाई सरकारले सूक्ष्म अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनै पर्दछ । दङ्गाका क्रममा  दिवंगत भएका  नागरिकप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै  घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । आगामी दिनमा यस प्रकारका साम्प्रदायिक घटना दोहोरिन नदिन समस्त नेपाली एकजुट हुनुपर्दछ । सरकार, सत्ताधारी दल, विपक्षी दल या  नागरिक समाज जुनसुकै तहबाट भएपनि  मुलुकमा शान्ति र अमनचयन कायम गर्नका लागि एकताबद्ध हुनुपर्छ ।  परिवर्तित सन्दर्भमा  नेपाली भूमिमा जन्म लिई विश्वलाई शान्तिदर्शन, सिद्धान्त र ज्ञान दिई  प्रभाव दिन सफल गौतमबुद्धका  विचारलाई  यतिबेला सबैले  फेरि पनि मार्गदर्शनको रुपमा लिई अगाडि बढ्नु वाञ्छनीय छ । भवतु सब्ब मंगलम् ।

May be an image of one or more people and crowd

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor