Washington DC, US : July 6, 2026, Monday 12:03 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्प–नेतन्याहुबीच दूरी बढेको चर्चा, मध्यपूर्व नीतिमा नयाँ मोडको संकेत|विश्वकप फुटबलको गौरवशाली इतिहास|बागमतीको पवित्रता पुनर्स्थापनासँगै पशुपति क्षेत्रको धार्मिक गरिमा अझ उचो बनाउने महत्वाकांक्षी योजना|खामेनीको अन्त्येष्टिमा लाखौँ लाखले दिए श्रद्धाञ्जली !|चलचित्र विकास बोर्डको २६ औँ बार्षिकोत्सव समारोह २०८३ यसरी सम्पन्न भयो|अमेरिकामा जन्मिने सबै बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायमै|दीपाश्री निरौलालाइ कसले सक्नु, आइन अर्को नयाँ अबतारमा|मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच फेरि कूटनीतिक रस्साकस्सी|छोरीले जन्माएका आमाहरू !|वाम एकताको बहस : जनताले पत्याउलान् ?

मदनकृष्ण र देविकाको नयाँ गीत ‘तिमीसँग बिहे भो…’ सार्वजनिक, दर्शक हाँसो र मनोरञ्जनमा रमाए

  NepalMother.com | २६ जेष्ठ २०८३, मंगलवार ११:३८

काठमाडौं । नेपाली कला, संगीत तथा मनोरञ्जन क्षेत्रमा दशकौँदेखि सक्रिय वरिष्ठ कलाकार, गीतकार तथा गायक मदनकृष्ण श्रेष्ठ र चर्चित गायिका देविका बन्दनाको नयाँ युगल गीत ‘तिमीसँग बिहे भो…’ सार्वजनिक भएको छ। रमाइलो कथा, हास्य शैली र आकर्षक प्रस्तुति समेटिएको गीतको म्युजिक भिडियो मंगलबार काठमाडौंस्थित जय नेपाल सिनेमामा आयोजित विशेष कार्यक्रममा प्रिमियर गरिएको हो।

गीतमा मदनकृष्ण श्रेष्ठ र देविका बन्दनाको स्वर सुन्न सकिन्छ भने गीतका शब्द स्वयं मदनकृष्ण श्रेष्ठले रचना गरेका हुन्। वैवाहिक सम्बन्ध, कल्पना र हास्यलाई केन्द्रमा राखेर तयार पारिएको गीतले दर्शक तथा श्रोतालाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले भिडियो छायांकनका क्रममा भएका केही रोचक अनुभव सुनाएका थिए। विशेषगरी दुलाहाको भेषमा सजिएर अभिनय गर्दा आफूलाई निकै लाज लागेको प्रसङ्ग सुनाउँदा कार्यक्रममा उपस्थित दर्शकहरू हाँसोले गुञ्जिएका थिए।

गायिका देविका बन्दनाले भने मदनकृष्ण श्रेष्ठसँग युगल गायन गर्ने आफ्नो लामो समयदेखिको चाहना पूरा भएको बताइन्। उनले नेपाली संगीतमा फरक स्वाद र नयाँ शैलीको प्रयोग गरिएको यो गीतलाई दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गरिन्।

त्यसैगरी अभिनेत्री दीपाश्री निरौलाले पनि मदनकृष्ण श्रेष्ठसँग जोडी बाँधेर अभिनय गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै गीत निर्माण टोलीलाई धन्यवाद दिइन्।

सपना, विवाह र हास्यको रोचक कथा

निर्देशक केशवराज भट्टले तयार पारेको भिडियोमा मदनकृष्ण श्रेष्ठ, दीपाश्री निरौला तथा दिनेश डिसीको अभिनय रहेको छ। भिडियोमा मदनकृष्ण श्रेष्ठ र दीपाश्री निरौलालाई श्रीमान्–श्रीमतीका रूपमा प्रस्तुत गरिएको छ।

कथाअनुसार दुवैले आफ्ना सपनामा फरक–फरक वैवाहिक दृश्य देख्छन्। मदनकृष्णले आफू दीपाश्रीसँग विवाह गरेको सपना देख्छन् भने दीपाश्रीले दिनेश डिसीसँग विवाह भएको कल्पना गर्छिन्। यही सपनामय कथा र त्यसबाट उत्पन्न हुने हास्यपूर्ण परिस्थितिलाई भिडियोमा रोचक ढंगले प्रस्तुत गरिएको छ।

अनुभवी टोलीको सहकार्य

देविका बन्दनाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा संगीतकार अनिल शाहीको संगीत तथा संगीत संयोजन रहेको छ। ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ दीप तुलाधरले गरेका हुन्।

हरि हुमागाईंको छायांकन रहेको भिडियोमा सम्पादन, कलर ग्रेडिङ तथा ग्राफिक्सको जिम्मेवारी मनोज कार्कीले सम्हालेका छन्। युवराज हुमागाईं सहायक क्यामेराम्यानका रूपमा रहेका छन् भने प्रकाश व्यवस्थापन सुरेश थापा, रामप्रसाद हुमागाईं, राजेन्द्र हुमागाईं तथा गोकुल हुमागाईंले गरेका छन्।

हास्य, संगीत र अभिनयको सन्तुलित संयोजन रहेको ‘तिमीसँग बिहे भो…’ ले नेपाली दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ। विशेषगरी मदनकृष्ण श्रेष्ठको फरक शैलीको प्रस्तुति र देविका बन्दनासँगको युगल गायनले गीतलाई थप आकर्षक बनाएको संगीतप्रेमीहरूको प्रतिक्रिया छ।

 

May be an image of one or more people

May be an image of text

 

 

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।