Washington DC, US : June 25, 2026, Thursday 02:32 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले भूकम्पबाट “अत्यन्तै विनाशकारी मानवीय क्षति” भएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका उद्धार तथा राहत सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए|नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा|पहिलो ७.२ र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प आएपछि देशभर राष्ट्रिय आपत्काल घोषणा|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन|Breaking News : विष्णु पौडेल पक्राउपछि एमालेमा तरंग|राजालाई लखेटनेहरु आफै कसरी लखेटिए ?|बालेन र रबिहरुलाई असफल हुने छुट छैन, भए देश ३० बर्ष फेरि पछाडी धकेलिने !|विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक

बजेटअघि इभी भित्र्याउने खेलमा नीतिगत भ्रष्टाचारको आशंका, ७७४ गाडी नियन्त्रणमा घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले उपसचिव भूपालराज शाक्यको संयोजकत्वमा विशेष छानबिन समिति गठन

  NepalMother.com | २१ जेष्ठ २०८३, बिहीबार २२:३९

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि नै कर संरचना परिवर्तन हुने गोप्य सूचना चुहावट भएको आशंकामा नेपालमा भित्रिएका सयौं विद्युतीय सवारीसाधन (इभी) विवादमा तानिएका छन्। सशस्त्र प्रहरी बलले कर दर बढ्नुअघि ठूलो संख्यामा भित्र्याइएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएपछि सरकारले उच्चस्तरीय छानबिन प्रक्रिया सुरु गरेको छ।

प्राप्त विवरणअनुसार बजेट घोषणाअघि नै नेपाल–चीन सीमास्थित कोरला नाकाबाट ठूलो संख्यामा विद्युतीय गाडी भित्र्याइएको थियो। सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत इभीमा लाग्ने कर वृद्धि गरेपछि बजेटअघि नै विशेष सूचनाका आधारमा आयात गरिएको हो कि भन्ने प्रश्न उठेको छ।

अर्थ मन्त्रालयद्वारा विशेष छानबिन समिति गठन

घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले उपसचिव भूपालराज शाक्यको संयोजकत्वमा विशेष छानबिन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिहरू समेत सहभागी छन्।

समितिलाई आयात प्रक्रिया, भन्सार जाँचपास, कर निर्धारण र बजेटअघिका गतिविधिहरू कानुनी रूपमा सम्पन्न भए वा नभएको विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार विभागको अभिलेखमा जेठ १३ गतेसम्म ६४९ वटा गाडी मात्रै जाँचपास भएको देखिन्छ। तर सशस्त्र प्रहरीले ७७४ गाडी नियन्त्रणमा लिएको जनाएको छ। यही तथ्यगत अन्तरको वास्तविकता पत्ता लगाउन टोली फिल्डमा खटिएको छ।

‘कर बढ्ने सूचना पहिल्यै चुहिएको थियो’ भन्ने आशंका

सुरक्षा निकायका अधिकारीहरूका अनुसार कर वृद्धि हुने सूचना केही व्यवसायिक समूहसम्म बजेटअघि नै पुगेको हुन सक्ने आशंका गरिएको छ। सोही सूचनाको आधारमा व्यापारी, भन्सार एजेन्ट तथा केही कर्मचारीबीच मिलेमतो गरी हतार–हतार जाँचपास गराइएको हुन सक्ने प्रारम्भिक शंका गरिएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले कर संरचनामा हुने परिवर्तनबारे अग्रिम जानकारीको दुरुपयोग भएको हुन सक्ने आधार देखिएकाले अनुसन्धान अगाडि बढाइएको बताए।

उनका अनुसार कास्की, मुस्ताङ लगायतका विभिन्न सडकखण्डमा विशेष निगरानी सञ्चालन गरी ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।

नम्बर प्लेटबिनै गन्तव्यतर्फ पठाइँदै

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका अधिकांश सवारीसाधन चीनको चर्चित विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीका रहेका छन्।

तीमध्ये धेरै गाडीहरू नम्बर प्लेटबिनै विभिन्न जिल्लातर्फ पठाइँदै गरेको अवस्थामा फेला परेका थिए। बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा महँगा विद्युतीय गाडी रातारात देशका विभिन्न भागतर्फ पठाइनुले थप शंका उत्पन्न गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

नीतिगत भ्रष्टाचारको सम्भावना

प्रहरी अधिकारीहरूका अनुसार यदि बजेटअघि कर वृद्धि हुने सूचना सीमित व्यापारी समूहलाई मात्रै उपलब्ध गराइएको पुष्टि भयो भने यो सामान्य प्रशासनिक कमजोरी नभई ‘नीतिगत भ्रष्टाचार’ को गम्भीर उदाहरण हुन सक्छ।

यसले राज्यको राजस्व प्रणाली, भन्सार प्रशासन र आर्थिक नीतिको गोपनीयतामाथि प्रश्न उठाउने भएकाले छानबिन प्रतिवेदनलाई विशेष महत्वका साथ हेरिएको छ।

छानबिनबाट अनियमितता पुष्टि भए भन्सार कर्मचारी, एजेन्ट, व्यापारी वा अन्य संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुन सक्ने संकेत सरकारी स्रोतहरूले दिएका छन्।

बीवाईडीको आधिकारिक वितरकको स्पष्टीकरण

विवाद बढ्दै गएपछि नेपालका लागि बीवाईडीको आधिकारिक वितरक कम्पनी साइमेक्स इंकले आफ्नो धारणा सार्वजनिक गरेको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण आयात प्रक्रिया विद्यमान कानून, भन्सार ऐन तथा नियमावलीअनुसार गरिएको दाबी गरिएको छ। कुनै पनि प्रकारको विशेष सुविधा, गोप्य सूचना वा अनधिकृत लाभ नलिइएको कम्पनीको भनाइ छ।

साइमेक्सका अनुसार मुस्ताङ भन्सारबाट ६४९ र रसुवा भन्सारबाट ४७२ वटा सवारीसाधन बजेटअघि नै जाँचपास भएका थिए भने थप २२६ वटा सवारी चीनतर्फको भन्सार प्रक्रियामा रहेका थिए।

कम्पनीले ग्राहकको माग र पूर्व बुकिङका आधारमा नियमित व्यवसायिक योजनाअनुसार आयात गरिएको दाबी गर्दै कर परिवर्तनबाट बच्न कुनै अनुचित गतिविधि नगरिएको स्पष्ट पारेको छ।

प्रतिवेदनपछि मात्र टुंगो लाग्ने

हाल नियन्त्रणमा रहेका ७७४ वटा विद्युतीय सवारीसाधनको भविष्य, आयात प्रक्रियाको वैधानिकता तथा सम्भावित दोषीमाथिको कारबाहीबारे अन्तिम निर्णय छानबिन समितिको प्रतिवेदनपछि मात्र हुने बताइएको छ।

सरकारको कर नीति सार्वजनिक हुनुअघि नै ठूलो संख्यामा महँगा इभी भित्रिएको घटनाले आर्थिक प्रशासनको पारदर्शिता, नीतिगत गोपनीयता र राजस्व व्यवस्थापनबारे गम्भीर प्रश्न खडा गरेको छ। अब छानबिनले यो घटनालाई सामान्य व्यापारिक गतिविधि प्रमाणित गर्छ वा नीतिगत भ्रष्टाचारको संगठित उदाहरण ठहर गर्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor