ॐ जय शिव शङ्कर शम्भो जय गिरिजाधीश, शिव जय गिरिजाधीश ।
जयजय करुणासागर , जयजय करुणासागर पशुपति जगदीश ।
ॐ हर हर हर महादेव ॥
श्री कैलाश निवास छ गण छन सहचारी, शिव गण छन सहचारी ।
मुण्डमाला छ गलामा, मुण्डमाला छ गलामा रूप छ भयहारी ॥
ॐ हर हर हर महादेव ॥
डमरू-त्रिशूल सुशोभित प्रभुका दुई करमा, शिव प्रभुका दुई करमा ।
भुषण नाग विराजित भुषण नाग विराजित बाघाम्बर तनमा।।
ॐ हर हर हर महादेव ॥
तिन नयनमा थरि-थरि ज्योती छ दिव्य सदा शिव ज्योती छ दिव्य सदा ।
वाहन वृषभ मनोहर वाहन वृषभ मनोहर संगमा छन् गिरिजा ।।
ॐ हर हर हर महादेव ॥
भष्म-विलेपन शुन्दर शिरमा चन्द्रकला शिव शिरमा चन्द्रकला ।।
कलकल बग्छिन् हरदम कलकल बग्छिन् हरदम गंगा पुण्यजला ।।
ॐ हर हर हर महादेव ॥
ब्रम्हा-विष्णु-महेश्वर प्रभुका रूप सबै शिव प्रभुका रूप सबै ।
सृष्टि-स्थिति-लय सब हुन् सृष्टि-स्थिति-लय सब हुन् शुभ-लिला प्रभुकै ।।
ॐ हर हर हर महादेव ॥
वेद-पुराण थकित छन् प्रभुको वर्णनमा शिव प्रभुको वर्णनमा ।
कण-कण व्यापक प्रभुको कण-कण व्यापक प्रभुको महिमा त्रि-भुवनमा ।।
ॐ हर हर हर महादेव ॥
सुर-नर-मुनि सब प्रभुकै निसदिन ध्यान गरी शिव निसदिन ध्यान गरी ।।
परमानन्द मगन भै परमानन्द मगन भै जान्छन् पार तरी ।।
ॐ हर हर हर महादेव ॥
सच्चिदानन्द परात्पर सज्जन हितकारी शिव सज्जन हितकारी ।
जय-जय साम्वसदा शिव जय-जय साम्वसदा शिव जय-जय त्रि-पुरारी ।।
ॐ हर हर हर महादेव ।।
ॐ हर हर हर महादेव ।।
ॐ हर हर हर महादेव……..।।
प्रतिक्रिया