Washington DC, US : February 10, 2026, Tuesday 07:01 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|घर परिवार : सामाजिक सन्देश मुलक गीत|रूसको सैन्य शक्ति गम्भीर रूपमा क्षतिग्रस्त, सैन्य संयन्त्र पुनर्निर्माण गर्दै|नेपालमा भ्रष्टाचार कायमै रहेको अन्तर्राष्ट्रिय सर्वेक्षण प्रतिबेदन|लाज शरम पनि मरेको हो ?!|Breaking News: तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा ज्यान गुमाउनेको संख्या १२, ९ जनाको सनाखत, ३ जनाको परिचय खुल्न बाँकी|जाँचबुझ आयोगको म्याद थपप्रति सत्य र न्यायको खोजी अभियानको आपत्ति|Breaking News : साउदी अरेबियामा वैदेशिक रोजगारीका लागि गएका ७ सय ४८ जना नेपाली विभिन्न मुद्दामा जेलमा|नेपाली सम्पर्क विभाग साउदी अरेबियाको दोस्रो अधिवेशन सम्पन्न|जाँचबुझ आयोगको कार्यकाल २५ दिन बढाउने निर्णय, ओलीले काठमाडौंमा जनविश्वास गुमेपछि बालेन्द्र झापातिर आएको टिप्पणी|कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केपी शर्मा ओली र बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको बताए

नेपालमा भ्रष्टाचार कायमै रहेको अन्तर्राष्ट्रिय सर्वेक्षण प्रतिबेदन ट्रान्सपरेन्सी इन्टरनेशनलले १८२ मुलुकमा सर्वेक्षण गरेको हो । प्रतिवेदन अनुसार विश्वव्यापी रूपमा सुशासन कमजोर बन्दै गएको देखिन्छ । ८० भन्दा बढी अंक ल्याउने मुलुकहरूको संख्या घट्दै गएको छ भने करिब दुई तिहाइ मुलुकहरू अझै ५० अंकभन्दा कममै सीमित छन् ।

  NepalMother.com | २८ माघ २०८२, मंगलवार १७:०५

नेपालमा भ्रष्टाचार नियन्त्रणका प्रयासहरू अझै प्रभावकारी हुन नसकेको अन्तर्राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२५ अनुसार नेपालले अघिल्लो वर्षकै जस्तै १०० मा ३४ अंक मात्र प्राप्त गरेको छ । अंकमा कुनै सुधार नआए पनि अन्य देशहरूले गरेका सुधारका कारण नेपालको अन्तर्राष्ट्रिय वरीयता दुई स्थान तल झरेर १०९ औँमा पुगेको छ । उक्त प्रतिवेदन गत भदौमा भएको जेनजी आन्दोलन अघिको अवधिमा संकलित तथ्यांकका आधारमा तयार गरिएको हो । सर्वेक्षण सम्पन्न हुँदाको समयमा केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकार सत्तामा थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वभरका विभिन्न १३ संस्थाले गरेका सर्वेक्षणको नतिजा विश्लेषण गरी सूचकांक तयार गर्ने गर्छ । नेपालका हकमा भने ६ वटा संस्थाबाट प्राप्त तथ्यांकलाई आधार बनाइएको हो ।

छ वटा सूचकहरूमध्ये तीनमा नेपालले अघिल्लो वर्षकै बराबर अंक पाएको छ । एउटामा अवस्था कमजोर बनेको देखिएको छ भने दुई सूचकमा झिनो सुधार देखिए पनि समग्र अंकमा कुनै परिवर्तन आउन सकेन । यसरी नेपालले लगातार दोस्रो वर्ष पनि ३४ अंकमै सीमित रहनु भ्रष्टाचार नियन्त्रणमा ठोस सुधार नदेखिएको संकेत हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक आशिष थापाका अनुसार तीन अंकभन्दा कमको सुधारलाई अर्थपूर्ण परिवर्तन मानिँदैन । अझ ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकहरूलाई भ्रष्टाचार नियन्त्रणमा असफल मानिने अन्तर्राष्ट्रिय अभ्यास रहेको उनको भनाइ छ । यस आधारमा हेर्दा नेपाल अझै गम्भीर चुनौतीको अवस्थामा रहेको स्पष्ट हुन्छ ।

अपराधबाट आर्जित सम्पत्ति नियन्त्रणमा असफल भएको निष्कर्षसहित फाइनान्सियल एक्सन टास्क फोर्सले गत वर्ष नेपाललाई जोखिमपूर्ण सूचीमा समेटेको थियो । शासकीय सुधार कमजोर रहँदै आएको अवस्थामा जेनजी आन्दोलनपछि नेपालको अन्तर्राष्ट्रिय छवि थप दबाबमा परेको विश्लेषण गरिएको छ । नेपालको अवस्था मापन गर्न प्रयोग गरिएका सूचकहरूमा सरकारी निर्णय प्रक्रिया, सार्वजनिक स्रोतको उपयोग, कर्मचारीको जवाफदेहिता, नागरिकको सूचना पहुँच र सीमित व्यक्तिको राज्य संयन्त्रमा प्रभावजस्ता विषयमा अघिल्लो वर्षकै अवस्था दोहोरिएको देखिन्छ । यी आधारमा विश्व बैंकले नेपाललाई पुनः ३९ अंक दिएको हो । वर्ल्ड इकोनोमिक फोरमको सर्वेक्षणमा भने आयात–निर्यात, कर भुक्तानी, सार्वजनिक सेवा तथा न्यायिक प्रक्रियामा झिनो सुधार देखिएको जनाइएको छ ।

तर व्यापार व्यवसाय, ठेक्का–पट्टा, आयात–निर्यात र दैनिक सेवामा घुस लेनदेनको अवस्था भने जस्ताको तस्तै रहेको सर्वेक्षणले देखाएको छ । राजनीतिक भ्रष्टाचारको व्यापकता तथा सरकार, संसद्, न्यायपालिका र सुरक्षा निकायमा हुने अनियमितता झिनो भए पनि बढ्दै गएको निष्कर्ष निकालिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार ५० भन्दा कम अंक ल्याउने मुलुकहरू भ्रष्टाचार नियन्त्रणमा असफल ठहरिन्छन् । यस्तो अवस्थामा एक–दुई अंकको उतारचढावले वास्तविक सुधार झल्काउन नसक्ने उनको भनाइ छ । उनले देश किन यस्तो अवस्थामा पुगेको हो भन्ने गहिरो समीक्षा गर्दै स्वच्छ र इमानदार नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

यस वर्ष ट्रान्सपरेन्सी इन्टरनेशनलले १८२ मुलुकमा सर्वेक्षण गरेको हो । प्रतिवेदन अनुसार विश्वव्यापी रूपमा सुशासन कमजोर बन्दै गएको देखिन्छ । ८० भन्दा बढी अंक ल्याउने मुलुकहरूको संख्या घट्दै गएको छ भने करिब दुई तिहाइ मुलुकहरू अझै ५० अंकभन्दा कममै सीमित छन् । डेनमार्क लगातार आठ वर्षदेखि सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा अग्रस्थानमा रहेको छ भने दक्षिण सुडान, सोमालिया, भेनेजुएला, यमन र लिबियाजस्ता देशहरू अत्यधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् । दक्षिण एसियामा भुटान बाहेक सबै मुलुक ५० अंकभन्दा तल छन् । नेपाल पाकिस्तान, बंगलादेश र अफगानिस्तानभन्दा केही राम्रो अवस्थामा देखिए पनि समग्र क्षेत्रमा भ्रष्टाचार गम्भीर समस्या बनेको ट्रान्सपरेन्सी इन्टरनेशनलको निष्कर्ष छ ।

सूचकांकमा कम अंक पाउने धेरै मुलुकहरूमा पछिल्लो वर्ष युवाहरूको आन्दोलन देखिएको संस्थाले जनाएको छ । नेपालसहित विभिन्न देशमा भएको जेनजी नेतृत्वको प्रदर्शनलाई शक्ति दुरुपयोग, सार्वजनिक सेवामा पहुँचको अभाव, रोजगारी र आर्थिक अवसरबाट वञ्चित भएको अनुभूतिसँग जोडेर व्याख्या गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जेनजी आन्दोलनपछि नेपाली समाज राजनीतिक भ्रष्टाचार निर्मूल गर्न थप सचेत र सक्रिय बनेको विश्लेषण गरेको छ । संस्थाले आगामी निर्वाचनमार्फत भ्रष्टाचारमा नमुछिएका, स्वच्छ, इमानदार र प्रतिबद्ध नेतृत्व चयन हुन सके मात्रै दशकौँदेखि बेलगाम बनेको भ्रष्टाचार नियन्त्रणमा आशा गर्न सकिने उल्लेख गरेको छ ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।