Washington DC, US : April 24, 2026, Friday 07:43 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“मसँग त संसारभरको समय छ, तर इरानसँग छैन, समय सकिँदै छ।” : ट्रम्प|मध्यपूर्वमा चर्किँदै गएको तनावबीच इरान र अमेरिकाबीचको शान्ति प्रयासमा गम्भीर अवरोध|चीनको औद्योगिक सहरहरूको भित्री गल्लीमा देखिने दृश्य अहिले विश्व अर्थतन्त्रको बदलिँदो यथार्थको प्रतिबिम्ब|Breaking News : गृहमन्त्री सुदन गुरुङ पनि चट, एक महिना भित्रै दुइ मन्त्री चट हुनु सुभ संकेत होइन है ! जोशमा होस पुर्याउ, आशाहरु निराशामा परिणत नहोउन है बालेंन सरकार !|श्री एयरलाइन्स लिमिटेड अब अन्तरराष्ट्रिय आकाशमा उडान भर्ने तयारीमा|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धविराम थप गर्ने घोषणा गरे|राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्ने|होर्मुज बन्द भएपछि सयौँ व्यावसायिक तेल ट्यांकरहरू दुवै किनारमा अलपत्र|Breaking News : अमेरिकाको लुइसियानामा एक व्यक्तिले आठ बालबालिकाको गोली हानी हत्या गरे|अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ? कुन जिल्लाका कति ? कस्तो छ अवस्था ?

अमेरिकी राष्ट्रपति ट्रम्पले भिसा नीतिमा ठूलो र कडा कदम चाल्दै ७५ देशका नागरिकलाई दिइने ‘इमिग्रेन्ट भिसा’ (आप्रवासी भिसा) मा प्रतिबन्ध

  NepalMother.com | ४ माघ २०८२, शनिबार ०८:४५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले भिसा नीतिमा ठूलो र कडा कदम चाल्दै ७५ देशका नागरिकलाई दिइने ‘इमिग्रेन्ट भिसा’ (आप्रवासी भिसा) मा प्रतिबन्ध लगाएका छन्। यस सूचीमा नेपाल सहित धेरै छिमेकी तथा विकासोन्मुख राष्ट्रहरू परेका छन्। ट्रम्प प्रशासनका अनुसार बाहिरबाट आएका आप्रवासीहरूले अमेरिकी करदाताको पैसामाथि अत्यधिक निर्भरता देखाइरहेका छन्। प्रशासनले यसलाई ‘वेलफेयर डिपेन्डेन्सी रेट’ अर्थात् कल्याणकारी योजनामाथिको निर्भरता भन्दै खाद्यान्न कुपन (फुड स्ट्याम्प), आवास सहायता र नगद सहयोगजस्ता सुविधाबाट करदातामाथि बोझ बढेको दाबी गरेको छ। यही कारण आप्रवासी भिसामा कडाइ गरिएको बताइएको छ।इमिग्रेन्ट भिसा भनेको अमेरिका सधैँका लागि बसोबास गर्ने उद्देश्यले जाने व्यक्तिलाई दिइने भिसा हो। यस्तो भिसा प्राप्त गर्न अनिवार्य रूपमा प्रायोजक आवश्यक पर्छ, जो अमेरिकी नागरिक वा रोजगारका लागि बोलाउने अमेरिकी कम्पनी हुन सक्छ। यसको विपरीत नन–इमिग्रेन्ट भिसा सीमित समयका लागि अध्ययन, रोजगारी वा भ्रमणमा जाने विदेशीलाई दिइन्छ।

प्रतिबन्धमा परेका ७५ देशको सूची हेर्दा स्पष्ट ढाँचा देखिन्छ। दक्षिण एसियाबाट नेपाल, भुटान, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र म्यानमार छन्। यीमध्ये २८ मुस्लिम बाहुल्य देश, २६ अफ्रिकी देश र अन्य विभिन्न क्षेत्रका राष्ट्रहरू समावेश छन्। सूचीमा अल्बानिया, अल्जेरिया, आर्मेनिया, अजरबैजान, बेलारूस, ब्राजिल, क्यामेरून, कोलम्बिया, क्युबा, इजिप्ट, इथियोपिया, हैटी, इरान, इराक, जोर्डन, कुवेत, लेबनान, लिबिया, मंगोलिया, मोरोक्को, नाइजेरिया, रसिया, सोमालिया, सिरिया, सुडान, थाइल्यान्ड, टुनिसिया, उरुग्वे, उज्वेकिस्तान, यमनलगायत देश छन्। ट्रम्प प्रशासनको तर्कअनुसार प्रतिबन्ध ती व्यक्तिमाथि केन्द्रित छ, जो अमेरिका पुगेपछि लामो समयसम्म सरकारको सहयोगमा निर्भर हुने सम्भावना हुन्छ। धेरै आप्रवासी सुरुआती महिनादेखि गाँस, बास र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा सरकारी सहयोगमा आश्रित हुने गरेको भन्दै त्यस निर्भरता घटाउनु नै नीतिको मुख्य उद्देश्य रहेको बताइएको छ।

अमेरिकाको कल्याणकारी प्रणाली करिब एक शताब्दीअघि आफ्नै नागरिकका लागि सुरु भएको भए पनि पछि आप्रवासीहरूलाई पनि समेटिँदै गयो। यसले स्थायी बसोबास अनुमति पाएकाहरूलाई खाद्यान्न, आवास, स्वास्थ्य र शिक्षा जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ। न्यून आम्दानी भएका परिवारलाई खाद्यान्न कुपन, शरणार्थी तथा असायलम खोज्नेहरूलाई सुरुआती नगद सहयोग, सस्तो वा सरकारी आवास, बालबालिकाका लागि निःशुल्क सरकारी शिक्षा, रोजगारी खोज्न र भाषा सिक्न पुनर्स्थापना सहायता उपलब्ध गराइन्छ। यी सबै योजनाको खर्च करदाताबाट उठाइने आयकरबाटै बेहोर्ने गरिन्छ। मेडिकेड, फुड स्ट्याम्प र आवास सहायता जस्ता कार्यक्रम जोड्दा अमेरिकाले सामाजिक सहयोगमा वार्षिक अर्बौं डलर खर्च गर्दै आएको छ, जसको कुल रकम भारतीय मुद्रामा करिब ८० लाख करोड र नेपाली मुद्रामा करिब १२८ लाख करोड रुपैयाँ हाराहारी पुग्ने अनुमान छ।

यही खर्च र केही आपराधिक घटनासँग आप्रवासन जोडिँदै जाँदा अमेरिकी जनतामा असन्तुष्टि बढ्दै आएको छ। विशेषगरी युद्ध र प्राकृतिक विपत्तिबाट भागेर आएका शरणार्थीहरू लामो समयसम्म सरकारी सहयोगमै आश्रित हुने गरेको आरोपका कारण आक्रोश चर्किएको बताइन्छ। ट्रम्प प्रशासनले यही जनभावनालाई आधार बनाएर आप्रवासी भिसामा व्यापक प्रतिबन्ध लागू गरेको दाबी गरेको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।