Washington DC, US : July 18, 2026, Saturday 08:55 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अपेक्षाभन्दा ठूलो सहभागिता

  NepalMother.com | २७ पुष २०८२, आईतवार ११:४८

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अपेक्षाभन्दा ठूलो सहभागिता देखिएको छ । आयोजक समितिका अनुसार कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२.४ प्रतिशतले भृकुटीमण्डपमा उपस्थित भई हस्ताक्षर गरेका छन् । यसअघि विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत प्रतिनिधिले लिखित हस्ताक्षर बुझाएका थिए । विधानमा व्यवस्था भएअनुसार आवश्यक न्यूनतम सीमा नाघेपछि सोही आधारमा विशेष महाधिवेशन आह्वान गरिएको हो ।

विशेष महाधिवेशनको उद्घाटनसँगै पार्टीभित्र लामो समयदेखि चलिरहेको सत्ता, नेतृत्व र मूल्यको बहस खुला रूपमा सतहमा आएको छ । महामन्त्री गगन थापाले सभापतिको अनुपस्थितिप्रति संकेत गर्दै पार्टीभित्र देखिएको संघर्षलाई सत्ता कब्जाको होइन, मूल्य र मान्यताको लडाइँको रूपमा व्याख्या गरे । उनले गणतन्त्र स्थापना भएपछिसमेत ‘नेपोबेबी’ प्रवृत्ति हावी भएको भन्दै जनआक्रोश भदौ २३ र २४ को आन्दोलनमा प्रकट भएको बताए । त्यो आक्रोश केवल तोडफोड वा हिंसामा सीमित नभई भ्रष्टाचार, कुशासन र नेतृत्वको असफलताविरुद्धको सामूहिक आवाज भएको उनको भनाइ थियो ।

उता महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देश दुवैका लागि निर्णायक प्रस्ताव अघि सारे । उनले नेपाली कांग्रेस मात्र होइन, कुनै पनि दलका नेता दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था विशेष महाधिवेशनबाट पारित गराउने स्पष्ट घोषणा गरे । सो प्रस्ताव यसअघि नै उनले सभापति शेरबहादुर देउवासमक्ष राखिसकेको तर सहमति नजुटेको पनि शर्माले खुलाए ।

विशेष महाधिवेशन चलिरहेका बेला सभापति देउवा भने भृकुटीमण्डप नपुगी महाराजगन्जस्थित निवासमा आफू निकटका नेतासँग छलफलमा व्यस्त देखिए । छलफलमा सहभागी नेताहरूले विशेष महाधिवेशनमा भेला भएका प्रतिनिधिले पार्टी फुटाउन सक्ने अवस्था नरहेको निष्कर्ष निकालेका छन् । देउवा समूहका केही केन्द्रीय सदस्य र प्रतिनिधि उपस्थित भए पनि उनका निकटस्थ नेताहरू भने महाधिवेशनस्थलमा देखिएनन् ।

इतिहास हेर्दा, नेपाली कांग्रेसले २०१४ सालमा गरेको पहिलो विशेष महाधिवेशन कुनै आन्तरिक अवरोधबिनै सम्पन्न भएको थियो । त्यसबेला सभापति सुवर्णशमशेर स्वयंले विशेष महाधिवेशन आह्वान गरेकाले बीपी कोइराला सर्वसम्मत रूपमा नेतृत्वमा चयन भएका थिए । तर ६८ वर्षपछि भएको यो विशेष महाधिवेशन भने ठीक उल्टो परिस्थितिमा सम्भव भएको छ । यसपटक तल्लो तहका कार्यकर्ताको दबाब र संगठनात्मक बलकै कारण विशेष महाधिवेशन सम्भव भएको हो ।

महामन्त्री गगन थापाले प्रतिनिधिहरूको प्रशंसा गर्दै विशेष महाधिवेशन केवल औपचारिक रूपमा सम्पन्न गरेर नछोडी ठोस निष्कर्षमा पुर्‍याउन आग्रह गरे । उनले नीति र नेतृत्व दुवै बदल्ने माग आएको भन्दै महाधिवेशनले गर्ने निर्णय आफूले स्वीकार गर्ने स्पष्ट पारे । कांग्रेसलाई ‘दास र लासको पार्टी’ हुन नदिन कार्यकर्ताको बल निर्णायक भएको उनको भनाइ थियो ।

यो विशेष महाधिवेशन सभापति देउवाको स्पष्ट इच्छाविपरीत भएको तथ्य पार्टीभित्र सबैलाई विदित छ । केन्द्रीय समितिमा ८२ प्रतिशत प्रभाव रहेको देउवा पक्षले कार्यसम्पादन समिति, बहुमत जिल्ला सभापति र पाँच प्रदेश सभापतिको समर्थन हुँदाहुँदै पनि विशेष महाधिवेशन रोक्न सकेन । रोचक रूपमा, संस्थापनइतरका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको वैधानिक प्रक्रियामा प्रारम्भिक भूमिका खेले पनि अन्तिम चरणमा उनी स्वयं उपस्थित भएनन् । तथापि, आइतबार साँझसम्म ६२ प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।

विशेष महाधिवेशनको बहस भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि तीव्र बनेको हो । पार्टी रूपान्तरण नगरी चुनावमा जान नहुने निष्कर्षसँगै विशेष महाधिवेशनको माग उठाइएको थियो । विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर पुगेपछि विशेष महाधिवेशन बोलाउनैपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार असोज ६ देखि हस्ताक्षर संकलन सुरु भयो । गुरुराज घिमिरे, मधु आचार्य, देवराज घिमिरेलगायत नेताहरूले अभियानको अगुवाइ गरे । गगन थापा र विश्वप्रकाश शर्मा प्रत्यक्ष हस्ताक्षर संकलनमा नदेखिए पनि ‘ग्रिन सिग्नल’ दिए ।

तर शेखर कोइराला पक्षका केही नेताहरू पछि हटे । हस्ताक्षर गर्नुभन्दा रोक्न दबाब दिने प्रयाससमेत भयो । यद्यपि, देउवा र कोइराला दुवैलाई अघिल्लो महाधिवेशनमा मत दिएका धेरै प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिएपछि ५४ प्रतिशत हस्ताक्षर संकलन सफल भयो ।

असोज २९ मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष विशेष महाधिवेशनको मागसहित लिखित प्रस्ताव पेश गरियो । केन्द्रीय समिति बैठकमा विधानअनुसार प्रक्रिया अघि बढाइने भनिए पनि विषय लगातार टारिँदै गयो । नियमित १५औँ महाधिवेशनको कार्यतालिका पारित गरिए पनि कार्यान्वयन हुन नसकेपछि विशेष महाधिवेशनको माग झनै चर्कियो । अन्ततः कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य सकिएको निर्णय गर्दा असन्तुष्टि थप गहिरियो ।

यही पृष्ठभूमिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधान पालना गर्दै विशेष महाधिवेशन आह्वान गर्ने अडान लिए । संस्थापन पक्षका करिब ३० केन्द्रीय सदस्यसमेत विशेष महाधिवेशनमा सहभागी हुनु यस अडानको बलियो संकेत बन्यो ।

विशेष महाधिवेशनको माहोल चर्किँदै जाँदा पूर्व पदाधिकारी र संस्थापन पक्षका केही नेताहरू पनि खुल्न थाले । गोपालमान श्रेष्ठ, ध्रुव वाग्ले लगायत नेताहरूले विधानअनुसार विशेष महाधिवेशन हुनैपर्ने मत राखे । भृकुटीमण्डपमा नेता–कार्यकर्ता ओइरिएका बेला डा. शेखर कोइरालाले भने भिडियो सन्देशमार्फत् ‘मध्यमार्ग’ रोजे । पार्टी विभाजन नहोस् भन्ने सावधानी देखाउँदै उनले भावनात्मक एकताको कुरा गरे ।

तर यही मध्यमार्गी धारले उनलाई निर्णायक घडीमा निष्क्रिय देखाएको टिप्पणी व्यापक बनेको छ । १४औँ महाधिवेशनमा उनी परिवर्तनको प्रतीकका रूपमा उदाएका थिए । गगन थापा, विश्वप्रकाश शर्मा लगायत युवा नेताहरूको राजनीतिक उर्जा उनको नेतृत्वसँग जोडिएको थियो । तर विशेष महाधिवेशन निर्णायक मोडमा पुग्दा उनले प्रत्यक्ष नेतृत्व गर्न नसकेको आलोचना छ ।

उनकै पहलमा सुरु भएको हस्ताक्षर अभियान ५४ प्रतिशत पुगेपछि उनी क्रमशः पछि हटे । आफ्ना निकट प्रतिनिधिलाई हस्ताक्षर नगर्न दबाब दिएको आरोपसमेत लाग्यो । केन्द्रीय समितिमा पुगेपछि उनले विशेष महाधिवेशन केन्द्रले नै बोलाउनुपर्ने, नत्र पार्टी विभाजन हुन सक्ने तर्क अघि सारे । यसले संस्थापनलाई सहज बनायो ।

जब नियमित महाधिवेशनको कार्यतालिका असफल भयो र महामन्त्रीहरूले विशेष महाधिवेशन आह्वान गरे, उनी फेरि चुनाव केन्द्रित तर्कमा फर्किए । यही सन्दर्भमा गगन थापाले स्पष्ट जवाफ दिएका छन्—कांग्रेस चुनाव जित्ने मेसिन मात्र होइन, नागरिक भरोसा पुनःआर्जन गर्ने राष्ट्रिय शक्ति हो ।

विशेष महाधिवेशन समयमै हुनुपर्ने अडान पक्षधरहरूले राखिरहँदा शेखर कोइराला भने निर्णायक क्षणमा भूमिका खेल्न चुकेको विश्लेषण व्यापक छ । यसले उनको निर्णय क्षमता र राजनीतिक दिशामाथि प्रश्न उठाएको छ । कांग्रेस रूपान्तरणको ढोका खुल्ने यो ऐतिहासिक मोडमा उनले आफ्नो जीवनकै सबैभन्दा ठूलो राजनीतिक अवसर गुमाएको ठान्नेहरू पनि बढ्दै गएका छन्

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor