अमेरिकाको प्रतिनिधिसभाअन्तर्गतको ओभरसाइट एन्ड गभर्नमेन्ट रिफर्म कमिटीका डेमोक्र्याट सदस्यहरूले कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनको सम्पत्तिबाट प्राप्त तस्बिरहरू सार्वजनिक गरेपछि अमेरिकी राजनीतिक वृत्तमा ठूलो तरंग पैदा भएको छ। सार्वजनिक गरिएका तस्बिरहरूमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन, माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्स, पूर्व कोष सचिव ल्यारी समर्सलगायत विश्वका प्रभावशाली व्यक्तिहरू एप्स्टिनसँग देखिएका छन्।
ओभरसाइट कमिटीले एप्स्टिनको सम्पत्तिबाट करिब ९५ हजारभन्दा बढी तस्बिर प्राप्त गरेको जनाएको छ। तीमध्ये शुक्रबार बिहान १९ वटा तस्बिर सार्वजनिक गरिएको हो। कमिटीका शीर्ष डेमोक्र्याट सदस्य, क्यालिफोर्नियाका प्रतिनिधि रोबर्ट गार्सियाले यी तस्बिरहरूले एप्स्टिन र विश्वका शक्तिशाली व्यक्तिहरूबीचको सम्बन्धबारे गम्भीर प्रश्न उठाएको बताए। उनले “एप्स्टिन र उसका शक्तिशाली साथीहरूलाई ढाकछोप गर्ने प्रयास अब अन्त्य हुनुपर्छ” भन्दै न्याय मन्त्रालयलाई सम्पूर्ण फाइल तत्काल सार्वजनिक गर्न माग गरे।
सार्वजनिक तस्बिरहरूमध्ये केहीमा राष्ट्रपति ट्रम्प एप्स्टिनसँगै वा अज्ञात महिलाहरूको समूहमा मुस्कुराइरहेको देखिन्छ, जहाँ महिलाहरूको अनुहार गोप्य राखिएको छ। एउटा तस्बिरमा ट्रम्पले एक महिलाको कम्मरमा हात राखेको जस्तो देखिन्छ। अर्काे तस्बिरमा ‘I’m Huuuge!’ लेखिएको ‘Trump Condoms’ बिक्रीका लागि राखिएको दृश्य पनि समेटिएको छ।
बिल क्लिन्टनको हकमा, एप्स्टिन र उसकी सहयोगी घिस्लेन म्याक्सवेलसँगै मुस्कुराउँदै खिचिएको हस्ताक्षरयुक्त तस्बिर सार्वजनिक भएको छ। म्याक्सवेल हाल मानव बेचबिखन प्रकरणमा २० वर्षको जेल सजाय काटिरहेकी छन्। क्लिन्टनले भने एप्स्टिनको अपराधबारे आफूलाई जानकारी नभएको र सन् २०१९ मा पक्राउ हुनुअघि नै सम्बन्ध तोडेको दाबी गर्दै आएका छन्।
बिल गेट्स पनि केही तस्बिरमा देखिएका छन्, जसमा उनी बेलायतका प्रिन्स एन्ड्र्युसँग हाँसिरहेको अवस्थामा छन्। ल्यारी समर्स भने सानो विमानमा एप्स्टिनसँग देखिएका छन्। समर्सले यसअघि नै एप्स्टिनसँग सम्पर्कमा रहनु आफ्नो गलत निर्णय भएको स्वीकार गरिसकेका छन्, जसका कारण उनी विभिन्न शैक्षिक र व्यावसायिक संस्थाबाट अलग हुन बाध्य भएका थिए।
यी तस्बिरहरूले फिल्म निर्माता वुडी एलेन, ट्रम्पका पूर्व रणनीतिकार स्टिभ ब्यानन, अर्बपति रिचर्ड ब्रान्सनलगायत अन्य प्रभावशाली व्यक्तिहरू पनि एप्स्टिनको नेटवर्कमा रहेको देखाउँछन्। ब्यानन एप्स्टिनसँग कुराकानी गरिरहेको र ऐनासामु सेल्फी खिचिरहेको अवस्थामा देखिन्छन्। एलेनले भने आफू एप्स्टिनका डिनर पार्टीहरूमा सहभागी भए पनि नाबालिकासँग उसलाई देखेको दाबी अस्वीकार गरेका छन्।
यसबीच, ह्वाइट हाउसले डेमोक्र्याटहरूलाई ‘छनोट गरेर तस्बिर सार्वजनिक गरी राजनीतिक कथा बनाउन खोजेको’ आरोप लगाएको छ। ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले ट्रम्पविरुद्धको आरोपहरू बारम्बार खण्डन भइसकेको दाबी गर्दै ट्रम्प प्रशासनले नै एप्स्टिनका पीडितका लागि सबैभन्दा धेरै पारदर्शिता अपनाएको भनिन्। उनले केही डेमोक्र्याट नेताहरूले एप्स्टिनसँग सम्पर्क कायम राखेको आरोप पनि लगाइन्।
ओभरसाइट कमिटीले भने बाँकी तस्बिरहरू आगामी दिन र हप्ताहरूमा क्रमशः सार्वजनिक गरिने र पीडितहरूको पहिचान सुरक्षित राखिने जनाएको छ। कमिटीका अनुसार हालसम्म सार्वजनिक गरिएका तस्बिरहरू सम्पूर्ण सामग्रीको सानो अंश मात्र हुन्।
कांग्रेसले गत महिना पारित गरेको कानुनअनुसार न्याय मन्त्रालयले डिसेम्बर १९ भित्र एप्स्टिनसम्बन्धी सम्पूर्ण कागजात सार्वजनिक गर्नुपर्नेछ। अदालतले पनि ग्रान्ड जुरी सामग्री सार्वजनिक गर्ने बाटो खुला गरिसकेको छ। यसैबीच, बिल क्लिन्टनलाई ओभरसाइट कमिटीले औपचारिक रूपमा बयानका लागि समन पठाइसकेको छ, तर सुनुवाइ मिति भने तय भएको छैन।
एप्स्टिनसँग सम्बन्धित यी तस्बिर र फाइलहरूले केवल व्यक्तिहरू मात्र होइन, विश्वका शक्तिशाली राजनीतिक, आर्थिक र सामाजिक संस्थाहरूमा समेत गहिरो प्रश्न उठाइरहेका छन्। सत्य के हो भन्ने कुरा पूर्ण फाइल सार्वजनिक भएपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।

An undated photograph from Jeffrey Epstein’s estate of Donald Trump with unidentified women, released on Dec. 12, 2025, by the House Oversight Committee as part of the Jeffrey Epstein files. | House Oversight Committee
An undated photograph from Jeffrey Epstein’s estate of Bill Clinton, center, Ghislaine Maxwell, center right, and Epstein, far right, with two unidentified people, released on Dec. 12, 2025, by the House Oversight Committee as part of the Jeffrey Epstein files. | House Oversight Committee
ng at Andrew Mountbatten-Windsor, formerly known as Prince Andrew, in one photo and grinning beside a pilot in front of a plane in another. That photo has been published previously.
An undated photograph from Jeffrey Epstein’s estate of Woody Allen, left, and Steve Bannon, released on Dec. 12, 2025, by the House Oversight Committee as part of the Jeffrey Epstein files. | House Oversight Committee
प्रतिक्रिया