Washington DC, US : December 11, 2025, Thursday 10:52 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प|भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए|जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच सम्झौता सम्पन्न|पोखरा एयरपोर्ट भ्रस्टाचार : कसले, कसरी, कति र कहिले खाए ?|भूषिता वशिष्ठको संस्कृत, जीवन र अध्यात्म मोह|About US ( Nepalmother.com)|गृहमन्त्री भन्छन “यो सरकार कारबाहीका मामलामा डगमगाउने छैन” |लाखौँ बालबालिका इंस्टाग्राम, फेसबुक, थ्रेड्स, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिट, एक्स, ट्विच र किक जस्ता प्लेटफर्मबाट बाहिरिए|रोयल क्यारिबियनको क्रुजमा ३३ गिलास मदिरा पिलाए पछि !|नेपाली समाज नटिङ्घमको अधिवेशन सम्पन्न

नेपाली लोक संगीतको अत्यन्तै लोकप्रिय, सम्मानित र अनुशासित उदाहरणीय पात्र, गायिका हरिदेवी कोइरालालाई १० प्रश्न

  NepalMother.com | ५ मंसिर २०८२, बिहीबार ०८:४४

हरिदेवी कोइरालाको परिचय :

हरिदेवी कोइराला नेपाली लोकसंगीतको अत्यन्तै लोकप्रिय, सम्मानित र अनुशासित गायिका हुन्। उनले आफ्नो लामो सांगीतिक यात्रामा सयौँ लोकगीत, दोहोरी गीत, तीज गीत तथा नेपाली संस्कृतिको मौलिक पहिचान बोकेका विशिष्ट गीतहरू गाइन्। उनले गाएका गीतहरू केवल मनोरञ्जनका सामग्री मात्र होइनन्, ती सम्पूर्ण नेपाली समुदायको सम्पत्ति, संस्कृतिको गौरव र पहिचानका धरोहर पनि हुन्।

पोखरामा बसोबास गरे पनि हरिदेवी कोइरालाको उपस्थिति नेपालभरि समान रूपमा महसुस हुन्छ, उनी कार्यक्रम, सांगीतिक महोत्सव, मिडिया प्रस्तुति वा सामाजिक सञ्जालमार्फत सधैंजसो नेपाली जनताको बीचमै रहन्छिन्। उनले गाएका गीतहरूले नेपालको पर्व, संस्कार, संस्कृति र भावनालाई जस्ताको तस्तै उजागर गर्छन्। यसैले उनी केवल पोखराकी गायिका मात्र नभई सम्पूर्ण नेपाली हृदयकी प्रिय कलाकार मानिन्छिन्।

शिष्ट, विनम्र, अनुशासित र संस्कृतिसँग समर्पित कलाकारको रूपमा हरिदेवी कोइरालाले आर्जन गरेको सम्मान अद्वितीय छ। उनको आवाजमा रहेको मिठास, गहनता र नेपालीपनले उनलाई लोक–संगीत क्षेत्रमा स्तम्भका रूपमा स्थापित गराएको छ।

नेपाली कला, संस्कृति र प्रतिभालाई सम्मान गर्दै NepalMother.com ले हरिदेवी कोइरालासँग गरेको विशेष अन्तरवार्ता प्रस्तुत गरेको छ यहाँ । यस अन्तर्वार्तामा १० वटा महत्वपूर्ण प्रश्नमार्फत उनको जीवन, यात्रा, उपलब्धि र योगदानका विषयलाई अझ नजिकबाट पाठक तथा दर्शकसमक्ष ल्याउँदै छौं । – सम्पादक, नेपाल मदर

१. नेपाली गीत संगीतको महान् हस्ती मध्येको एक भनेर मान्छेहरूले यहाँलाई चिन्छन्, तपाई आफैलाई आफू कस्तो लाग्छ ?

– मेरा परम पूज्य श्रोता दर्शकहरूले म प्रति दर्साएको माया सद्भाव एवं आशीर्वाद हो। उहाँहरूले भनेझैं म त्यस्तो महान हस्ती होइन । एउटा सामान्य लोकगीत, संगीत र साहित्यप्रति अनुराग राख्ने र गाउन लेख्ने, शब्द संकलन गर्ने, लय सिर्जना गर्ने र गाउने मन पराउने एउटी साधारण गायिका भन्न रुचाउँछु मेरा आदरणीय श्रोता दर्शकहरूले मलाई यही रुपमा माया गरिदिनु भएँ म धन्य हुन्छु ।

२. नेपाली गीत संगीत क्षेत्रमा धेरै वर्षदेखि क्रियाशिल हुनुहुन्छ हाल सम्मका तपाईका उल्लेखनिय र श्रोता दर्शकले सम्झिने कार्यका बारेमा आफैँले केही बताईदिनु न ?

– विद्यार्थी जीवनदेखि नै अर्थात तीसको दशकदेखि नै साहित्य र लोकगीत गायनमा पाइला चालियो । विद्यालयमा कविता र गीतमा थुप्रै पुरस्कार हौसला पाइयो । फल स्वरुप त्यसैको उर्जाले यो क्षेत्रमा हालसम्म हिँडीरहेकी छु मलाई दर्शक श्रोताहरूले साहित्य लेखन, गायन, संकलक, धेरै संस्थागत कार्यमा निरन्तर क्रियाशिल व्यक्तित्वका रुपमा सम्झिनुहुन्छ । उहाँहरूको माया र आशीर्वादले नै अहिलेसम्म १३ वटा साहित्यिक कृतिहरू र १००० भन्दा गीत संगीत गायन र वाचन गरिसकेकी छु । जुन मेरा सिर्जना कृतिहरू छन् सबैलाई उत्तिकै मन पराईदिनु भएको छ जस्तो लाग्छ । ति मध्येमा पाइन खबर, आमाको चिठी, अरु मै रानी यसै त मन मेरो धमिलो, झिलझिल सितारा, के फूल फूल्यो, त्यस्तै साहित्यमा पनि थुप्रै कविता मुक्रत गजत, वाल गीत, राष्ट्रिय गीत, पप गीत, आधुनिक गीत मन पराइदिनु भएको छ । मैले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौंमा ८ वर्षसम्म प्राज्ञको हैसियतले काम गर्ने मौका पाएँ । त्यति खेर देशका पूर्वदेखि पश्चिमसम्मको लोपोन्मुख परम्परा, पौराणिक, मौलिक सबै खालका गीतको खोज अनुसन्धान गर्न र अग्रज स्रष्टाहरुको सूचिकृत, सम्पन्न गर्ने जिम्मेवारी पाउँदा अत्यन्त खुसी पनि लागेको छ ।

३. नेपालको गीत संगीतको पुरानो अवस्था र अहिलेको परिवर्तित अवस्थालाई कसरी तुलना गर्नुहुन्छ ?

– पहिला र अहिले धेरै परिवर्तन भएको छ । गीतका संरचनाका क्षेत्र होस् या शिष्टता र अनुशासनमा होस्, मौलिकतामा पनि भाषा एवं विषय लयसुर, विविधताका हिसाबले, साथै जून एउटा चोखो सरल र भावमा गहिराई अर्थात् ठेट नेपाली पनको सुगन्ध थियो । त्यो सुनमा सुगन्ध थियो । हाम्रा अग्रजहरूले अत्यन्त माया र सम्मान गरेर हाम्रो साँस्कृतिक धरोहरलाई जोगाउनु भएको थियो तर आज हामीले त्यो सबै बिर्सेका छौ जस्तो लाग्छ अहिले कसरी चर्चा कमाउने कसरी बिकाउने भन्ने एउटा अस्वस्थ प्रतिस्पर्दा देखिन्छ । विकृति विसंगतीले नेपाली पनलाई निलिसकेको छ । भिउजको लोभमा आफूलाई नाङ्गै हिडेको पनि पत्तो छैन । यो राष्ट्रको लागि भोलिको पुस्ताको लागि अत्यन्तै दुर्भाग्य हो ।

4. सरकारले गीत संगीतको क्षेत्रलाई कत्तिको ध्यान दिएको जस्तो लाग्छ यहा“लाई ?

– गीत संगीतको अध्ययन अनुसन्धान संरक्षण र प्रवद्र्धनका लागि त सरकारले यससँग सम्बन्धित संघसंस्थाहरू निकायहरू खोलेको छ तर पनि हाम्रो सबै जातजातिका सबै धर्म संस्कृतिका पौरणिक ऐतिहासिक, धार्मिक, संस्कारयुक्त सम्पदाहरू छन् जून बहुरङ्गी फूलबारीका हाम्रा मेचीदेखि महाकाली हिमालदेखि तराई सम्मका अमूल्य ति सम्पदाहरूलाई संरक्षण अध्ययन गर्न सकिरहेका छैनौं । सरकारको यो प्रयासले जति हुनुपर्ने हो त्यो प्रयाप्त छैन । सबै विधालाई यस्ता स्रष्टा सर्जकहरूलाई नव प्रतिभाहरूलाई संबोधन गर्न नसकेको अवस्था छ जस्तो लाग्छ । राज्यको जति नजर पर्नुपर्ने हो त्यो अपूर्ण छ । त्यसैले त्यो महत्वपूर्ण विषयको प्राथमिकतामा सरकारी पक्षको दृष्टिकोण स्पष्ट हुनुपर्छ ।

5. तपाईंले म अब यो यो गर्छु भनेर लामै सूची बनाउनुभएको होला, त्यसको बारेमा पनि जानकारी दिन मिल्ला ?

– सकेसम्म अर्थात् स्वास्थ्यले साथ दिएसम्म साहित्य र लोक संगीतमा केही गरी रहूँ भन्ने नै हो गर्न बाँकी अझै थुप्रै छन् सोचेजति गर्न सकिएको छैन मनमा अझै हाम्रा परम्परागत मौलिक गीतको खोज अनुसन्धान गरी सामान्य भएपछि रेकर्ड गर्ने, आफूले गाइसकेको गीतहरूलाई पनि पुनः रेकर्ड गर्ने आफूले लेखेका बाल गीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजनहरू छन् । गजलहरू छन् । तिनलाई पनि अन्य कलाकारलाई गाउन दिने अझै साहित्यिक कृति लेख्न सकियो भने आफ्नो आत्मकथा लेख्ने, सानो सोच भने छ भने वि.सं. २०६४ सालमा मैले एकल साँझ सम्पन्न गरेर सो साँझको संकलित करिब ७ लाखभन्दा बढी छ । सो रकमबाट हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष खडा भएको छ जसबाट राष्ट्रिय स्तरको पुरस्कार एवम् कलाकारलाई अपरझट उपचार खर्च गर्ने गरिएको छ ।

6. हालसम्म तपाईले के कति पुरस्कार पाउनु भयो ?

– पुरस्कार, सम्मानमा मेरो सबैभन्दा बढी जनस्तरको छ जस्मा दुईसय पचास भन्दा बढी छन् । जस्मा जिल्ला, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तर सम्मका रहेका छन् ।

7. नेपाली गीत संगीतको क्षेत्रलाई विकास गर्दै अगाडी लैजान के के गर्नुपर्ने देख्नुहुन्छ ?

– नेपाली गीतसंगीतको क्षेत्रलाई अडाडि बढाउन सबैको सकारात्मक चिन्तन, चासो, सद्भाव एवंम् सहकार्य आवस्यक छ । पहिला त राज्यको सहि नीति नियम उचित सम्बोधनको जरुरी छ भने हामी सम्पूर्ण यस क्षेत्रमा लाग्ने कलाकर्मीहरूको अहम भूमिका पनि ठूलो छ । कलाकारिता, धर्म, निष्ठा, त्याग, समपर्ण हन जरुरी छ । यसको जरामा मलजल राखेर फलाउने पूmलाउने गहन जिम्मेवारी, दायित्व पनि उत्तिकै छ । यसको संरचनागत विकास अध्ययन, अनुसन्धान एवं संरक्षणमा सबै संवेदनशील हुनुपर्ने देखिन्छ, यसमा भित्रिएका विसंगती, विकृतिलाई न्यूनिकरण गर्न कानुन सम्मत विधिविधान हुनुपर्छ जस्ले गीतको गरिमा र महिमालाई उजागर गरोस् । कलाकर्मीहरूले आफ्नो दायित्व कर्तव्य सम्झेर गीत संगीतलाई शिष्टता र मौलिकतामा गम्भिर हुन जरुरी छ । सञ्चारक्षेत्र लोकगीत विकास र संरक्षणमा लागेका संघसंस्थाले पनि सहज रुपमा लाग्नु पर्दछ ।

8. गीतसंगीत कलाको क्षेत्रमा विकृति फैलिएको भन्ने व्यापक गुनासो छ, यहा“लाई कस्तो लाग्छ ?

– तपाईले भनेजस्तै अहिले गीतसंगीतको बजारमा हामीले विकृति फैलिएको देखेका छौं । यो एउटा चिन्तन र चिन्ताको विषय पनि हो । गाएपछि जस्तो पनि गीत हुन्छ भन्ने भ्रममा छौं । परिवारमा बसेर गीत सुन्न, हेर्न नमिल्ने अवस्था पनि छ । यस्तो दुर्दशा हुनु भनेको हाम्रै भावी सन्ततिलाई कुठाराघात गर्नु हो । सन्तानले के सिक्लान् र भोलिको गीतसंगीत कता जाला भन्ने एउटा ठूलो प्रश्न चिन्ह पनि हो ।

9. विकृति रोक्न गर्ने पर्ने काम के हो ? विकृति रोक्न उपायहरूको बारेमा केही सोच्नुभएको छ ?

– पहिला त स्वयम कलाकारहरूले नै आफ्नो कलाकारिता धर्म जिम्मेवारी के हो त्यो बुझ्न जरुरी हुन्छ कलाकारलाई समाजले मूल्याङ्कन गरिरहेको हुन्छ । त्यो पनि बुझ्नुपर्छ भावी पुस्ताको भविष्यलाई पनि ख्याल राखी कस्तो संस्कार सिकाउनी भन्ने कुरा पनि अत्यन्त महत्वपूर्ण हुन्छ, आम जनसमुदाय, सञ्चार माध्यम राज्यले त्यसको संरक्षण सम्वद्र्धनमा सम्वोधन गरिरहनु पर्छ र राज्यस्तरबाट नै कानुनी मान्यता एउटा बलियो सेन्सरबोर्डको अति खाँचो देखिन्छ भने कलाकार नै पहिला यस्को शिष्टता र सभ्यता शैली संस्कारको निर्माणमा सजग र जिम्मेवार सचेत हुन जरुरी छ ।

10. अरु केही भन्नु छ ? केही कुरा भन्न छुटेका छन् कि ?

– यो छोटो लेखाई र बसाईमा सबै कुरा व्यक्त गर्न निकै असम्भव छ तैपनि छोटोमोटो रुपमा लेखेँ प्रथमत मलाई यति लोकप्रिय अन्तर्राष्ट्रिय स्तरको अनलाइमा सम्झिनु भयो । यो महत्वपूर्ण अवसर प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु । मेरा साहित्यिक र सांगीतिक यात्राको लागि मलाई मायाप्रेम, आशीर्वाद दिएर उर्जा प्रदान गर्ने सबैमा हार्दिक नमन भन्दै आगामी दिनमा पनि साहित्य र लोकक्षेत्रमा समर्पित रहन सकूँ । यही उर्जा र आशीर्वादका अपेक्षा गर्नै प्रियभाइ वरिष्ठ लोकसंस्कृतिकर्मी, साहित्यकार, पत्रकार एवं समाजसेवी रामप्रसाद खनालप्रति आभार शुभ आशीर्वाद ।

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।