
ग्लेनडेल, एरिजोना / टर्निङ प्वाइन्ट यूएसए (Turning Point USA) का संस्थापक चार्ली कर्कको स्मृतिमा आइतबार स्टेट फार्म स्टेडियममा आयोजित सार्वजनिक श्रद्धाञ्जली कार्यक्रममा उनकी पत्नी एरिका कर्कले भावुक सम्बोधन दिँदै उनका हत्यारा भनिएका व्यक्तिलाई समेत माफी दिएको घोषणा गरिन्।

२२ वर्षीय आरोपी टायलर रोबिन्सनद्वारा गत सेप्टेम्बर १० मा युटाह भ्याली युनिभर्सिटीमा गोली हानी मारिएका कर्कको शव देख्दा आफूले अकल्पनीय पीडा अनुभव गरेको उनले सुनाइन्। एरिका कर्कले भनिन्, “हाम्रो उद्धारकर्ताले भन्नुभएको थियो, ‘हे पिता, तिनीहरूलाई माफ गर, किनभने तिनीहरूले के गरिरहेका छन्, थाहा छैन।’ त्यो युवक… म उसलाई माफ गर्छु। माफ गर्छु, किनभने यो नै क्रिष्टले गर्नुभएको हो र यो नै चार्लीले गर्ने थिए।”
उनीले बाइबलको प्रिय पद इसायाह ६:८ उद्धृत गर्दै चार्लीको जीवनको आह्वान स्मरण गरिन्, जसलाई उनले कहिल्यै हतोत्साहित नगरी पूर्ण समर्पणका साथ पुरा गरेको बताइन्। भीडलाई सम्बोधन गर्दै उनले भनेकी थिइन्, “चार्लीले प्रत्येक दिन आफू सक्दो १०० प्रतिशत गरे। उनी अधुरो कामसँग मरे तर अधूरो जिम्मेवारीसहित होइन।”
चार्लीको यात्राहरूले भरिएको जीवनबीच आफ्नो वैवाहिक सम्बन्धलाई बलियो राख्न हरेक शनिबार चार्लीले आफूलाई प्रेमपत्र लेख्ने गरेको निजी बानी उनले खुलाइन्। “हरेक पत्रको अन्त्यमा उनी सधैं भन्थे, ‘कृपया मलाई बताइदेऊ कि म कसरी तिम्रो पति भएर अझ राम्रो सेवा गर्न सक्छु,’” उनले भावुक हुँदै भनिन्।
कर्कको टाउकोको छेउमा देखिएको एउटा सेतो कपाल र उनको ओठमा झल्किएको हल्का मुस्कानले आफूलाई शान्ति दिएको उनले बताइन्। चिकित्सकको भनाइ उद्धृत गर्दै उनले थपिन्, “यो यति छिटो भएको थियो कि अपरेटिङ कोठामै पनि केहि गर्न सकिने थिएन। चार्लीले पीडा भोगेनन्।”
अन्त्यमा, एरिका कर्कले टर्निङ प्वाइन्ट यूएसएको सीईओको जिम्मेवारी लिन पाउँदा गर्व लागेको बताउँदै भनिन्, “चार्लीको दृष्टि र मेहनतले निर्माण गरेको संस्थालाई उनको स्मृतिको बलमा हामी दस गुणा महान् बनाउनेछौं। कुनै पनि हत्यारा हाम्रो स्वतन्त्रता र अधिकारको रक्षा गर्ने संकल्पलाई रोक्न सक्दैन।”
स्टेडियम पूर्ण क्षमतामा भरिएको कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जे.डी. भान्स, उद्यमी इलोन मस्कसहित हजारौं समर्थक उपस्थित थिए।

राष्ट्रपति ट्रम्पले किर्कलाई “अमेरिकी स्वतन्त्रताको सहिद” र “देशको लागि दिने, नलिने” व्यक्तित्वको रूपमा स्मरण गर्दै उनलाई मरणोपरान्त राष्ट्रपति स्वतन्त्रता पदक (Presidential Medal of Freedom) प्रदान गरिने घोषणा गरे। उनले भने, “अमेरिकाले चार्लीलाई माया गर्यो। उहाँले आफ्नो जीवनबाट प्रकाश देखाउनुभयो र त्यसैले अन्धकारले उहाँलाई निशाना बनायो।” ट्रम्पले कर्कको हत्यालाई राष्ट्रका लागि गहिरो चोट भनेका थिए र यस्तो हिंसा “देशका लागि सहन नहुने” चेतावनी दिए।
कर्ककी पत्नी एरिका कर्क, पूर्व मिस एरिजोना यूएसए, मञ्चमा आएर आफ्ना दुई स–साना बच्चासहित स्व. पति प्रति श्रद्धाञ्जलि अर्पण गरिन्। उनले रोदन रोक्दै भनिन्, “हाम्रो उद्धारकर्ताले भनेका थिए, ‘पिता, तिनीहरूलाई माफ गर, किनभने तिनीहरूले के गरिरहेका छन्, थाहा छैन।’ त्यसैले म उसलाई माफ गर्छु, किनभने यो नै चार्लीले पनि गर्ने थिए।” उनका यी शब्दहरूले उपस्थित हजारौंलाई भावुक बनायो।
उनीले उपराष्ट्रपति पत्नी उषा भान्सबाट पाएको सान्त्वना स्मरण गरिन्, जसले शोकलाई “१५ मिनेटको भागहरूमा सामना गर्न” सुझाएका थिए। उनका अनुसार, यो सल्लाहले आफूलाई कठिन क्षण पार गर्न बल प्रदान गर्यो।
कार्यक्रममा चार्ली कर्कको जीवन र कार्यलाई समेटेको शक्तिशाली भिडियो पनि देखाइयो, जसमा उनका बच्चासहितका भावनात्मक तस्बिर र क्लिप समावेश थिए। भिडियोमा एरिकाको आवाजमा वर्णन गरिएको थियो, जसले अब टर्निङ प्वाइन्ट यूएसए सीईओको भूमिका सम्हालेकी छिन्। उनले भनिन्, “चार्लीको दृष्टि र स्मृतिको शक्तिबाट हामी Turning Point USA लाई अझ दस गुणा महान् बनाउनेछौं। कुनै हत्याराले हाम्रो स्वतन्त्रता र अधिकारको रक्षा गर्ने हाम्रो संकल्प रोक्न सक्दैन।”
त्यसैबेला, स्टेडियम बाहिर केही स–साना विरोध प्रदर्शनहरू पनि भए। तर भित्र, हजारौं उपस्थितहरूले प्रार्थना, गीत र श्रद्धाञ्जलिसहित कर्क को आदर्शलाई जिवन्त राख्ने वाचा गरे। कर्क को हत्या सेप्टेम्बर १० मा युटाह भ्याली युनिभर्सिटीमा भएको थियो। उनको असामयिक मृत्युले अमेरिकी कन्भरभेटिभ आन्दोलनमा गहिरो खालीपन छोडे पनि उनका समर्थकहरूले उनको आदर्शलाई अघि बढाउने संकल्प प्रकट गरे।

प्रतिक्रिया