दश हजारका पाइन्ट लाउछन, घुँडा घुँडा काटेर, केटा पनि हिडछन् आजकल, चुल्ठो बाटेर !
केटा हो कि केटी मान्छे, छुट्टाउने हो कसरी ? फुली मुन्द्री चुरा लाउछन, केटी जसरी !!
केटा बन्छन् केटी जस्तै, केटी बन्छन् केटा झैँ, यस्तो चलन कहाँ बाट आयो बरिलै !!
केटा केटा बिहे गर्ने केटी केटी गर्ने रे !?, यो कुरा नि अधिकार भित्र पर्ने रे !!
संसारको के रीति हो के के देख्न पर्ने हो ??, वाल्ल पर्दै ट्वाल्ल हेर्दै हामी मर्ने हो !!
कली आको भन्छन् सबले, होकी जस्तो लाइरछ ! आइज काल लैजा मलाइ भनौँ भैराछ !!
* पुरा भिडियो हेर्न मेरो Youtube Channel वा कम्मेन्ट बक्सको लिङ्कमा जानुहोस्। यो लिङ्ककै प्ले लिस्टमा अरू पनि थुप्रै मौलिक, लोकप्रिय र सुपर हिट तीजका गीतहरू हेर्न सक्नुहुन्छ :
प्रतिक्रिया