काठमाडौँ / सर्जक, वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले भर्खरै आफ्नो अर्को नयाँ गीत “पानी लिन जाँदा खेरी” रिलिज गरेका छन् ।
पाँच हप्ताको नेपाल बसाइमा खनालले यस पटक ३ वटा गीत रेकर्ड, छायाङ्कन गरेका छन् त्यस मध्ये पहिलो गीत “पानी लिन जाँदा खेरी” रिलिज भएको छ । काठमाडौँबाट अमेरिका जाने क्रममा कतार एयरवेजको जहाजमा उडान भरिरहेका बेला खनालले त्यही बाटै “पानी लिन जाँदा खेरी” लोक दोहोरी गीत संसार भर एक साथ युट्युब मार्फत रिलिज गरेका थिए ।
खनालको आफ्नै शब्द रहेको यो गीतमा उनले शान्ति श्री परियारलाई आफ्नो गीतको दोहोरी गायिका बनाएका छन् र दोहोरी गायकका रूपमा आफैले गाएका छन् । खनालले आफैले टेलिभिजन र स्क्रिनमा पहिलो टेक दिएका गायक एवम् सङ्गीतकार कमल सौरागले गीतमा सङ्गीत र एरेन्ज गरेका छन् ।
नेपाली चलचित्र जगतकी सर्वाधिक लोकप्रिय निर्माता निर्देशक, कलाकार दीपा श्री निरौला र अर्का लोकप्रिय कलाकार गजित विष्टलाई रामप्रसाद खनालले आफू सँगै राखेर अभिनय मात्र गराएका छैनन् छमछमी नचाएका पनि छन् । खनाल, दीपा र गजितको नाच र अभिनयले “पानी लिन जाँदा खेरी” गीत राम्रो बनेको देखिन्छ । उनीहरूलाई अन्य कलाकारहरूले पनि साथ दिएका छन् । अहिलेका नयाँ पिँढीका निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेको यो म्युजिक भिडियो लाई राकेश दाहालले सम्पादन गरेका छन् ।
गीतको पुरा भिडियो यो लिँकमा गएर हेर्न सुन्न सकिन्छ :
प्रतिक्रिया