काठमाडौं। आगामी मंसिर १८ गते अर्थात् डिसेम्बर ४ देखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ को नयाँ गीत ‘बसाइको सुप्लाखे’ आज सार्वजनिक भएको छ। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्मित चलचित्रको कथा तथा निर्देशन सरोज पौडेलले गरेका हुन्।
सार्वजनिक गीतमा प्रशान्त शिवाकोटी र मेलिना राईको स्वर, सुरज गैरे ‘विवश’को शब्द तथा प्रशान्त शिवाकोटीकै सङ्गीत रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ देवेश राईले गरेका हुन्।
चलचित्रमा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।
सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रका निर्माता नेम महर्जन, कार्यकारी निर्माता दिनेश खड्का तथा सहनिर्माता राकेश खड्का र श्याम मगर हुन्। बाबु श्रेष्ठको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन र स्मृति तिमिल्सिनाको नृत्य निर्देशन रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो।
मंसिर १८ देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने ‘सिन्दुरे जात्रा’प्रति निर्माण टोली उत्साहित देखिएको छ।
“मैले अरु चलचित्रहरुमा पनि अभिनय गरेको छु तर यो चलचित्र “सिन्दुरे जात्रा” मा भने मित्र, निर्देशक सरोज पौडेल र निर्माता मध्येका एक, मित्र दिनेश खड्काले मलाई बिशेष पात्र ( जिम्माल बा ) का रुपमा, महत्वपुर्ण पात्रका रुपमा अभिनय गर्ने अवसर प्रदान गर्नु भएको छ । मंसिर १८ गते अर्थात डिसेम्बर ४ तारिखमा रिलिज हुने यो चलचित्रको गीत भने आज रिलिज भएको छ । हेर्न सक्नुहुन्छ ! जय होस् – “सिन्दुरे जात्रा” – रामप्रसाद खनाल
प्रतिक्रिया