Washington DC, US : November 7, 2026, Saturday 08:50 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|चलचित्र ‘सिन्दुरे जात्रा’को नयाँ गीत सार्वजनिक|व्यापक पुनर्संरचना र न्यायाधीशहरूको पुनर्नियुक्तिको माग|मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्पद्वारा ह्वाइट हाउसको नेतृत्व परिवर्तन|विश्व तापक्रममा नयाँ कीर्तिमान, सन् २०२६ इतिहासकै दोस्रो तातो वर्ष बन्ने सम्भावना, जलवायु परिवर्तनले विश्व थप चिन्तित|अमेरिकी शेयर बजारमा ठूलो गिरावट, लगानीकर्ता त्रसित|आमरण अनशनको नवौँ दिनमा डा. केसीको स्वास्थ्य अवस्था जटिल|धुर्मुस-सुन्तली, शतीले सरापेको देश र चक्र ब्यूहको खेल !|‘पूर्णबहादुरको सारङ्गी’ पछि सरोज पौडेलको अर्को चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते प्रदर्शनमा आउने|दीपक आचार्य निर्देशित चलचित्र ‘चिरञ्जीवी भव’ माघ १ गतेदेखि प्रदर्शनमा आउने|Breaking News: शव टुक्र्याएर फालेको नरेशको स्वीकारोक्ति

व्यापक पुनर्संरचना र न्यायाधीशहरूको पुनर्नियुक्तिको माग सर्वोच्च अदालतमा दोहोरिएको आगलागीको सूचना माग्दा उपलब्ध गराइएन : वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ

  NepalMother.com | २२ कार्तिक २०८३, शनिबार ०७:०१

न्यायालयको सामान्य सुधारले मात्र नपुग्ने भन्दै व्यापक पुनर्संरचना र न्यायाधीशहरूको पुनर्नियुक्तिको माग

काठमाडौं, कात्तिक २१, २०८३। वरिष्ठ अधिवक्ता तथा सत्य न्यायको खोजी अभियानका अध्यक्ष ध्रुवलाल श्रेष्ठले सर्वोच्च अदालतको नयाँ भवनमा दोहोरिएको आगलागीको घटनाबारे माग गरिएको सूचना तथा विवरण उपलब्ध नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले न्यायालयभित्रका समस्या केही न्यायाधीशमाथि कारबाही गरेर वा नयाँ नियुक्ति गरेर मात्र समाधान नहुने बताउँदै समग्र न्यायिक संरचनाकै पुनर्संरचना आवश्यक रहेको धारणा सार्वजनिक गरेका छन्।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा भएको आगजनीपछि नयाँ भवनमा समेत आगलागीका घटना दोहोरिएको उल्लेख गर्दै श्रेष्ठले त्यसबारे सत्यतथ्य जानकारी लिन र नागरिकलाई सुसूचित गराउन सम्बन्धित निकायसँग विवरण माग गरिएको बताएका छन्। तर आफूहरूले माग गरेको सूचना उपलब्ध नगराइएको उनको भनाइ छ।

सर्वोच्च अदालतको नयाँ भवनमा २०८३ भदौ १७ गते राति अभिलेख शाखामा आगलागी भएको थियो। त्यसपछि भदौ ३१ गते पुनः मुद्दा फाँटमा आगलागी हुँदा तीनवटा कम्प्युटरसहित केही सामग्रीमा क्षति पुगेको समाचार सार्वजनिक भएको थियो। अदालत प्रशासनले प्रारम्भिक रूपमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने जनाएको थियो। दोस्रो घटनापछि सार्वजनिक भएको प्रारम्भिक प्रतिवेदनमा मुद्दाका मिसिल सुरक्षित रहेको उल्लेख गरिएको थियो।

श्रेष्ठले यस्ता संवेदनशील घटनाको वास्तविक कारण, भएको क्षति, छानबिनको अवस्था र जिम्मेवारीबारे स्पष्ट जानकारी सार्वजनिक हुनुपर्ने विषय उठाएका छन्।

उनले नेपालको न्यायपालिकामा देखिएका समस्याहरू व्यक्तिगत नभई संरचनागत रहेको दाबी गर्दै न्यायाधीश नियुक्ति प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठाएका छन्।

श्रेष्ठका अनुसार न्यायाधीश नियुक्तिका क्रममा राजनीतिक प्रभाव, व्यक्तिगत सम्बन्ध, पारिवारिक पहुँच र भागबण्डाको प्रवृत्ति अन्त्य नभएसम्म न्यायालयप्रति नागरिकको विश्वास बलियो बनाउन कठिन हुनेछ।

सुनुवाइ समितिको योग्यता, निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले विभिन्न विवाद र उजुरीका बाबजुद औपचारिक प्रक्रिया पूरा गरेर मात्र न्यायाधीश नियुक्त गर्ने अभ्यासको आलोचना गरेका छन्।

उनले केही न्यायाधीशलाई कारबाही गरेर वा विवादास्पद नियुक्तिहरूलाई निरन्तरता दिएर न्यायालयको अवस्थामा आधारभूत परिवर्तन नआउने धारणा व्यक्त गरेका छन्।

“अदालतलाई वास्तविक अर्थमा अदालतजस्तो बनाउन यसको पुनर्संरचना र न्यायाधीशहरूको पुनर्नियुक्ति आवश्यक छ भन्ने हाम्रो अडान थियो, छ र रहनेछ,” श्रेष्ठको भनाइको आशय छ।

श्रेष्ठले आफूले सार्वजनिक रूपमा उल्लेख गरेको पुनरावेदनलाई समय दिएर अध्ययन गर्नसमेत आग्रह गरेका छन्। उक्त विषय सामान्य विवाद वा मनोरञ्जनको विषय नभई देशको न्यायिक व्यवस्था कुन दिशातर्फ गइरहेको छ भन्ने बुझ्न सहयोग पुग्ने प्रमाणगत विषय भएको उनको दाबी छ।

उनले आवश्यक परे सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा मुख्य रजिस्ट्रारसँग यस विषयमा भएका संवादसमेत भिडियोमार्फत जस्ताको तस्तै सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

सर्वोच्च अदालतमा पटकपटक भएका आगलागी, तिनको छानबिन, अभिलेखको सुरक्षा तथा न्यायाधीश नियुक्तिको पारदर्शिताबारे उठेका प्रश्नले न्यायालयको जवाफदेहिता र संस्थागत सुधारको बहसलाई पुनः अगाडि ल्याएको छ। यस विषयमा सर्वोच्च अदालत प्रशासन तथा सम्बन्धित निकायको स्पष्ट धारणा र आधिकारिक विवरण सार्वजनिक हुनु महत्त्वपूर्ण देखिएको छ।

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an illustration of blueprint and text

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।