Washington DC, US : July 27, 2026, Monday 11:58 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण

रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको आक्रामक सम्बोधन रास्वपा महाधिवेशनमा रवि लामिछानेको सन्देश : “बल बालेनको खुट्टामा छ, अब गोल गर्ने जिम्मा उहाँकै”

  NepalMother.com | ७ असार २०८३, आईतवार ०९:१२

 अख्तियारलाई वर्षौँ सोधपुछ गर्न सकिने, सीमा विवादमा ब्रिटिस मध्यस्थता नखोजिएको दाबी

चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह ले पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रण, सीमा विवाद, सुकुम्बासी तथा सहकारी समस्या समाधानलगायत विषयमा सरकारको स्पष्ट अडान प्रस्तुत गरेका छन्। उनले विगतमा राज्यकोष र सार्वजनिक सम्पत्तिमाथि भएको दुरुपयोगको छानबिन गर्न सरकार कुनै पनि हदसम्म जान तयार रहेको बताएका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर सोधपुछ तथा परामर्श गरिएको विषयलाई स्वीकार गर्दै त्यसलाई अस्वाभाविक रूपमा लिन नहुने बताए। विगतमा सरकारी सम्पत्ति, सार्वजनिक जग्गा तथा राज्यकोषको दुरुपयोग भएको आशंका रहेका विषयमा सरकारले गम्भीर अनुसन्धान गरिरहेको उनको भनाइ थियो।

उनले भने, “हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। कसैसँग व्यक्तिगत दुस्मनी राख्ने पार्टी होइन। तर राज्यको सम्पत्ति दोहन भएको छ, जनताको पैसा दुरुपयोग भएको छ भने त्यसबारे प्रश्न उठाउनु र जवाफ माग्नु सरकारको जिम्मेवारी हो।”

शाहले आवश्यक परे अख्तियारसँग केही घण्टा मात्र होइन, वर्षौँसम्म पनि छलफल र सोधपुछ गर्न सकिने भन्दै भ्रष्टाचार र अनियमितताविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने संकेत दिए।

सीमा विवादमा ब्रिटिस मध्यस्थता होइन, ऐतिहासिक प्रमाण खोजिएको दाबी

प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे हालै सार्वजनिक भएका टिप्पणीहरूको पनि जवाफ दिएका छन्। उनले नेपालले सीमा समस्यामा कुनै विदेशी मध्यस्थकर्ता खोजेको नभई ऐतिहासिक तथ्य र प्रमाण संकलन गर्न मात्र प्रयास गरेको स्पष्ट पारे।

विशेषगरी कालापानीलिपुलेक सम्बन्धी ऐतिहासिक नक्सा तथा अभिलेख ब्रिटिस शासनकालका दस्तावेजबाट प्राप्त गर्न खोजिएको उनको भनाइ थियो।

“हामीले ब्रिटेनलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ। कालापानी र लिपुलेकबारे ऐतिहासिक प्रमाण खोजेका हौँ। छिमेकी मुलुकसँगको विषय हामी आफैँ वार्ता गरेर समाधान गर्न सक्छौँ,” उनले भने।

उनको भनाइलाई सीमा विवादमा राष्ट्रिय स्वार्थको पक्षमा सरकार दृढ रहेको सन्देशका रूपमा हेरिएको छ।

सुकुम्बासी र सहकारी समस्या यही कार्यकालमै समाधान गर्ने प्रतिबद्धता

महाधिवेशनमा बोल्दै प्रधानमन्त्री शाहले देशका दुई जटिल सामाजिक–आर्थिक मुद्दा—सुकुम्बासी समस्या र सहकारी संकट—लाई आफ्नो कार्यकालभित्रै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

“हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ। यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ। अर्को चुनावमा फेरि यही मुद्दा बोकेर जनतामाझ जानुपर्ने अवस्था आउन दिन्नौँ,” उनले भने।

पछिल्ला वर्षहरूमा हजारौँ बचतकर्ताको रकम जोखिममा परेको सहकारी क्षेत्रको संकट तथा दशकौँदेखि समाधान हुन नसकेको भूमिहीन र अव्यवस्थित बसोबासको समस्या सरकारका प्रमुख प्राथमिकतामध्ये रहेको उनले बताए।

‘हाम्रो सरकार लोकल होइन, एक्सप्रेस गाडी हो’

प्रधानमन्त्री शाहको सम्बोधनको सबैभन्दा चर्चित अंश सरकारलाई ‘एक्सप्रेस गाडी’सँग तुलना गर्नु रह्यो। उनले सरकारलाई रोक्न वा गति कम गर्न विभिन्न कोणबाट सुझाव र आलोचना आइरहेको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकार गन्तव्य नपुगेसम्म नरोकिने बताए।

“सरकार भनेको गाडी जस्तै हो, ब्रेक पनि चाहिन्छ भन्ने धेरैको चिन्ता छ। तर त्यो लोकल गाडीका लागि ठीक हुन सक्छ। हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ,” उनले भने।

उनले सरकार अनियन्त्रित नभएको तर लक्ष्य हासिल नभएसम्म सुधार, सुशासन र प्रणालीगत परिवर्तनका कार्यक्रमहरू निरन्तर अघि बढ्ने बताए।

महाधिवेशनबाट नयाँ राजनीतिक सन्देश

चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री शाहले भ्रष्टाचारविरुद्ध कठोर कदम, सीमा सम्बन्धी राष्ट्रिय अडान, सहकारी र सुकुम्बासी समस्याको समाधान तथा तीव्र विकास अभियानलाई प्राथमिकता दिने संकेत दिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार शाहको सम्बोधनले सरकार आगामी दिनमा सुशासन, जवाफदेहिता र प्रशासनिक सुधारका मुद्दामा अझ आक्रामक ढंगले अघि बढ्ने संकेत दिएको छ।

रास्वपा महाधिवेशनमा रवि लामिछानेको सन्देश : “बल बालेनको खुट्टामा छ, अब गोल गर्ने जिम्मा उहाँकै”

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने ले प्रधानमन्त्री वालेन्द्र शाह प्रति पूर्ण विश्वास व्यक्त गर्दै वर्तमान सरकारको नेतृत्व र सफलता बालेन शाहकै हातमा रहेको बताएका छन्। उनले पार्टीभित्र नेतृत्वका विषयमा भइरहेका अड्कलबाजी र राजनीतिक टिप्पणीहरूलाई सम्बोधन गर्दै आफू सरकार सञ्चालनको प्रतिस्पर्धामा नभई सहयोगी भूमिकामा रहेको स्पष्ट संकेत दिएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले वर्तमान राजनीतिक परिस्थितिलाई फुटबल खेलसँग तुलना गरे। उनले पार्टीले प्रधानमन्त्री बालेन शाहलाई नेतृत्वको अवसर दिएको र अब देशलाई सही गन्तव्यमा पुर्‍याउने जिम्मेवारी पनि उनकै काँधमा रहेको बताए।

“धेरैले मुख मिठ्याएका हुन सक्छन्, धेरैले अनेक किसिमका अनुमान गरेका हुन सक्छन्,” लामिछानेले भने, “तर हामीले बालेन शाहको खुट्टामा बल दिएका छौँ। अब भटाभट गोल गर्ने जिम्मा बालेनको हो। कतै झुक्किएर मेरो खुट्टामा बल आयो भने पनि म इमान्दारीपूर्वक पास दिनेछु।”

उनको यो अभिव्यक्तिलाई पार्टीभित्र नेतृत्व संघर्षको कुनै सम्भावना नरहेको सन्देशका रूपमा हेरिएको छ। पछिल्ला केही महिनादेखि रास्वपाभित्र शक्ति सन्तुलन र नेतृत्व भूमिकाबारे विभिन्न राजनीतिक वृत्तमा चर्चा भइरहेका बेला लामिछानेको भनाइले ती अड्कलबाजीलाई सम्बोधन गरेको विश्लेषकहरूको भनाइ छ।

“रास्वपालाई अरूले लडाउन सक्दैनन्”

सभापति लामिछानेले आफ्नो पुरानो भनाइ दोहोर्‍याउँदै रास्वपा बाह्य शक्तिका कारण कमजोर नहुने दाबी पनि गरे। उनले पार्टीभित्रको एकता, उद्देश्य र जनसमर्थन बलियो रहेको उल्लेख गर्दै रास्वपालाई कुनै बाह्य शक्ति वा राजनीतिक प्रतिस्पर्धीले विभाजित गर्न नसक्ने बताए।

“मैले विगतमा पनि भनेको छु, रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरूको तागत छैन,” उनले भने, “तर अहिले म अझ स्पष्टसँग भन्छु—रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन।”

उनले पार्टीभित्र विचार, बहस र आलोचना स्वाभाविक भए पनि त्यसलाई विभाजन वा संकटका रूपमा व्याख्या गर्न नहुने धारणा राखे। लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै पार्टीलाई संस्थागत रूपमा अघि बढाइने उनको भनाइ थियो।

नयाँ राजनीतिक संस्कृतिको दाबी

लामिछानेले रास्वपाले परम्परागत राजनीतिक शैलीभन्दा फरक संस्कार स्थापित गर्न खोजेको उल्लेख गर्दै नेतृत्वको प्रतिस्पर्धाभन्दा पनि सामूहिक जिम्मेवारीलाई प्राथमिकता दिइएको बताए। उनले पार्टीभित्र व्यक्तिगत स्वार्थभन्दा राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने वातावरण निर्माण भइरहेको दाबी गरे।

उनका अनुसार रास्वपाको लक्ष्य केवल सरकार सञ्चालन गर्नु मात्र नभई सुशासन, पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी प्रशासनमार्फत जनताको विश्वास जित्नु हो।

महाधिवेशनको केन्द्रमा एकता र नेतृत्व

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक संरचना सुदृढ गर्ने, भावी राजनीतिक दिशा तय गर्ने तथा नेतृत्वलाई थप संस्थागत बनाउने अवसरका रूपमा हेरिएको छ। महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह दुवैले पार्टीभित्र एकता कायम रहेको सन्देश दिएका छन्।

विश्लेषकहरूका अनुसार लामिछानेको “बल बालेनको खुट्टामा छ” भन्ने अभिव्यक्तिले वर्तमान सरकारप्रति पार्टीको सामूहिक समर्थन रहेको तथा नेतृत्व परिवर्तन वा आन्तरिक शक्ति संघर्षको चर्चालाई तत्कालका लागि विराम दिने प्रयास गरेको देखिन्छ।

महाधिवेशनको उद्घाटन सत्रबाट आएको सन्देशले रास्वपा आगामी दिनमा सरकारको कार्यसम्पादन, सुशासनका एजेन्डा र संगठन विस्तारमा केन्द्रित हुने संकेत दिएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor