Washington DC, US : May 16, 2026, Saturday 03:10 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|काठमाडौंमा वरिष्ठ लोकगायक तथा अग्रज पत्रकार रामप्रसाद खनाललाई “लोकगीत, दोहोरी गीत, संगीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६” प्रदान|Cartoon|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान र चीन दुवैलाई स्पष्ट सन्देश दिँदै ताइपेईले अमेरिकाको सैन्य समर्थनलाई ‘खुला चेक’ का रूपमा नलिन चेतावनी|Breaking News : देशको कुल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँ|चलचित्र “सिन्दुरे जात्रा” शुभ मुहुर्त संगै छायांकन सुरु|चीन भ्रमणको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा उच्चस्तरीय वार्ताको अन्तिम चरण जारी|वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान|अवरोध, बहिष्कार र आरोप–प्रत्यारोपबीच नीति तथा कार्यक्रम पारित|सरकारले मन्त्रालयको संख्या घटाएर १८ कायम गरेसँगै मन्त्रीमण्डल हेरफेर|यदि भनिए अनुसार राम्रो संग सम्पति छानबिन गरी तथ्य बाहिर ल्याउने र कारवाही गर्ने हो नेपालमा के होला ? बच्लान कति ?

काठमाडौंमा वरिष्ठ लोकगायक तथा अग्रज पत्रकार रामप्रसाद खनाललाई “लोकगीत, दोहोरी गीत, संगीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६” प्रदान काठमाडौंमा कला, संगीत, सञ्चार, समाजसेवा, शिक्षा, स्वास्थ्य, सौन्दर्य तथा उद्यमशीलता क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा र प्रतिभाहरूलाई एउटै मञ्चमा सम्मान गर्दै “ग्लोबल स्टार अवार्ड–२०२६” भव्य रूपमा सम्पन्न, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल लाई नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै “दिग्गज अभिनेत्री सम्मान–२०२६” प्रदान

  NepalMother.com | २ जेष्ठ २०८३, शनिबार ००:५८

काठमाडौंमा कला, संगीत, सञ्चार, समाजसेवा, शिक्षा, स्वास्थ्य, सौन्दर्य तथा उद्यमशीलता क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा र प्रतिभाहरूलाई एउटै मञ्चमा सम्मान गर्दै “ग्लोबल स्टार अवार्ड–२०२६” भव्य रूपमा सम्पन्न भएको छ। दक्ष इन्टरनेशनलको आयोजनामा तथा राष्ट्रखबरको सहकार्यमा आयोजित दोस्रो संस्करणको उक्त समारोह राजधानीको सुकेधारास्थित होटल मर्क्युरमा विशेष आकर्षणका साथ सम्पन्न गरिएको हो।

समारोहमा नेपाली कला, साहित्य, संगीत, पत्रकारिता तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

उक्त बिशेष समारोहमा लोकसंगीत, सञ्चार र साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका वरिष्ठ लोकगायक तथा अग्रज पत्रकार रामप्रसाद खनाललाई “लोकगीत, दोहोरी गीत, संगीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६” प्रदान गरिएको थियो । चलचित्र छायांकन मा ब्यस्त रहेका कारण उक्त कार्यक्रममा उपस्थित हुन असमर्थ रहेका खनालको उक्त सम्मान अर्का अग्रज कलाकार राजाराम पौडेलले ग्रहण गर्नुभएको थियो भने सम्मान कला क्षेत्र का दुइ महान हस्तीहरु नीर शाह र मदन कृष्ण श्रेष्ठले प्रदान गर्नु भएको थियो।

त्यसैगरी कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल लाई नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै “दिग्गज अभिनेत्री सम्मान–२०२६” प्रदान गरिएको थियो। उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट राष्ट्रसेवक सम्मान’ प्रदान गरियो। चर्चित मोडल पल शाहलाई ‘ग्लोबल स्टार अफ द डिकेड’ र वरिष्ठ गायिका सुनिता लुइँटेललाई ‘जीवित धरोहर सम्मान’ बाट विभूषित गरियो। यम बराल, रमेश बुढाथोकी, र यमन श्रेष्ठलगायतका कलाकारहरू पनि विभिन्न विधामा सम्मानित हुनुभयो।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरू अखण्ड भण्डारी, कल्पना शर्मा, वीरेन्द्र जैरु, खेमबहादुर बम तथा उदयराज शर्मालाई “पत्रकारिता विशेष सम्मान” प्रदान गरिएको थियो। साथै विभिन्न विधामा सक्रिय कलाकार, सञ्चारकर्मी, चिकित्सक, उद्यमी, फेसन डिजाइनर, समाजसेवी तथा मोडलहरूलाई पनि “ग्लोबल स्टार सम्मान–२०२६” बाट सम्मानित गरिएको थियो।

संगीत क्षेत्रमा निरन्तर समर्पित योगदानका लागि वरिष्ठ गायिका सुनिता लुइटेल लाई “संगीतमा समर्पित सर्वोत्कृष्ट साधक तथा जीवित धरोहर सम्मान–२०२६” प्रदान गरिएको थियो भने भजन गायक रेशम सापकोटा लाई “संगीत रत्न सम्मान” प्रदान गरिएको थियो।

सम्मानित व्यक्तित्वहरूमा यमन श्रेष्ठ, रमेश बुढाथोकी, विष्णु कुँवर ‘धरती माता’, जीवन शर्मा, राममणि भट्टराई, पुरुषोत्तम आचार्य, सोनी अधिकारी, अनिल खनाल, पूर्णायु आयुर्वेदिक अस्पतालका प्रल्हाद चौहान, दीना गुरुङ, गीता उप्रेती, साहिल खान, सनम कठायत, पारु खड्का, डा. रुपेश बनियाँ, मनीषा राई, रमेश पाठक, कमल खड्का, पुरु भण्डारी, अनिल भण्डारी, प्रियंका प्रसाई तथा एलोन रेशम लगायतका व्यक्तित्वहरू रहेका थिए।

समारोहमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता निर शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पूर्व उपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, पूर्वसचिव भीम उपाध्याय, गायक आनन्द कार्की, गायिका देविका बन्दना, वरिष्ठ पत्रकार विदुर गिरी, वरिष्ठ पत्रकार नवराज बजगाईं, कार्यक्रम निर्देशक निशु झा, शिक्षा उद्यमी लक्ष्मण घिमिरे तथा व्यवसायी सिपी हुमागाईं लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको आयोजना दक्ष इन्टरनेशनलले दोस्रो संस्करणका रूपमा गरेको हो। आयोजकका अनुसार यसअघि पहिलो संस्करण नेपाल प्रहरी क्लबमा सम्पन्न गरिएको थियो। कार्यक्रममा चर्चित सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डे आयोजक समितिका अध्यक्ष रहेका थिए भने कार्यक्रम निर्देशकको भूमिका राजेन्द्र लुइटेलले निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार तथा रेडियो प्रस्तोता प्रियंका प्रसाईले गर्नुभएको थियो।

कार्यक्रमका वक्ताहरूले कला, संस्कृति, सञ्चार, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेका व्यक्तित्वहरूको सम्मान र प्रोत्साहन गर्नु समाजका लागि सकारात्मक सन्देश भएको बताएका थिए। कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष टेकराज पाण्डेले आगामी दिनमा “ग्लोबल स्टार अवार्ड” लाई अझ व्यापक र प्रभावकारी ढंगले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि नीर शाह र विशेष अतिथि इन्दिरा राना मगरले सम्मानित सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना दिँदै नेपाली कला, संस्कृति, सञ्चार तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने प्रतिभाहरूलाई सम्मान गर्ने कार्य प्रशंसनीय रहेको बताएका थिए।

आकर्षक सांगीतिक प्रस्तुति, सम्मान वितरण तथा विशेष सांस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त समारोह देशभरका प्रतिभा, स्रष्टा र कर्मशील व्यक्तित्वहरूको योगदानलाई उजागर गर्ने उद्देश्यसहित अत्यन्त भव्य र सभ्य वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

c7ee3432-6847-45fd-acfb-70dc96428dd2-1778840858.jpg

fed6d71f-1f34-4e4c-84be-c25dc8198468-1778840843.jpg

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।