Washington DC, US : March 4, 2026, Wednesday 01:21 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|फागुन २१ को चुनाबका सन्दर्भमा स्वतन्त्र मान्छेका स्वतन्त्र कुरा|मध्यपूर्व संकट : कतारदेखि युरोपसम्म कूटनीतिक र सैन्य तरंग|Breaking News : इजरायलले इरानी शीर्ष नेतृत्व बस्ने क्षेत्रमा पुनः शक्तिशाली हवाई आक्रमण, ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”|इरानमा ५५५ जनाको मृत्यु, हजारौं घाइते, इजरायलमा १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते, लेबनानमा ३१ जनाको मृत्यु, युक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु भइसकेको पुष्टि|लेबनानको बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरे|इरानी सैनिक, प्रहरीलाई ट्रम्पले भने “हतियार त्याग्नुहोस्, आत्मसमर्पण गर्नुस र पूर्ण उन्मुक्ति पाउनुहोस्, नत्र निश्चित मृत्युको सामना गर्नुहोस्”|यस्तै निर्णय जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो कार्यकारी आदेशविरुद्ध आए चीनलाई फाइदा पुग्ने चेतावनी

ल्होछार अमेरिकाको क्यालिफोर्निया राज्यमा साताव्यापी ! - ईश्वरी न्यौपाने

  NepalMother.com | ७ माघ २०८२, मंगलवार १८:५४

सान फ्रान्सिस्कोमा धुमधामका साथ सुरु भयो ल्होछार, साताभर विविध कार्यक्रम

सान फ्रान्सिस्को, क्यालिफोर्निया (अमेरिका) । बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व ल्होछार अमेरिकाको क्यालिफोर्निया राज्यमा भव्य रूपमा मनाउन थालिएको छ। तामाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाले मञ्जुश्री संवत् २८६२ को सोनाम ल्होछार ता–ल्हो (घोडा वर्ष) लाई जनवरी १८ देखि साताव्यापी कार्यक्रममार्फत मनाइरहेको हो।

ल्होछारको पहिलो दिन माघ शुक्ल प्रतिपदाका अवसरमा क्यालिफोर्नियाको एल सोब्रान्तेस्थित तामाङ सामुदायिक केन्द्रमा दाज्र्यु फेर्ने तथा शुभकामना आदान–प्रदान गर्दै पर्वको औपचारिक सुरुआत गरिएको थियो। सोही दिन आयोजित पत्रकार सम्मेलनमार्फत सोसाइटीले ल्होछारको अवसरमा सञ्चालन गरिने सम्पूर्ण गतिविधिबारे जानकारी गराएको छ।

सोसाइटीका अध्यक्ष सुरज पाख्रिनका अनुसार जनवरी १९ देखि बे एरियाका विभिन्न स्थानमा तामाङ समुदायको घर–घरमा दाज्र्यु फेर्ने, पूजा–अर्चना गर्ने लगायतका कार्यक्रम निरन्तर चलिरहनेछन्। “गुम्बा तथा घरघरमा पूजा, सार्वजनिक स्थलमा दाज्र्यु गाड्ने, छो–प्रसाद वितरण गर्ने, शुभकामना साटासाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र तथा कुटुम्बसँग भेटघाट, सामूहिक भोज र सांस्कृतिक कार्यक्रम साताभर सञ्चालन हुन्छ,” अध्यक्ष पाख्रिनले बताउनुभयो।

जनवरी २४ मा बृहत् सांस्कृतिक साँझ

ल्होछारको अवसरमा सबै समुदायको सहभागितामा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जनवरी २४ मा विशेष सांस्कृतिक साँझ आयोजना गरिनेछ। आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष कुमार दोङले विदेशको भूमिमा सांस्कृतिक अस्तित्व र पहिचान जोगाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रमका लागि विभिन्न प्रायोजक तथा टिकट बिक्रीमार्फत रकम संकलन भइरहेको छ। खर्च कटाएर करिब १ लाख २० हजार डलर बचत गर्ने लक्ष्य रहेको अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो। उक्त रकम तामाङ सांस्कृतिक केन्द्रको ऋण तिर्न प्रयोग गरिनेछ। सोसाइटीले सन् २०२४ अप्रिल १० मा तामाङ सांस्कृतिक केन्द्रका लागि भवन तथा जग्गा खरिद गरिसकेको छ, र संकलित सम्पूर्ण रकम सोही केन्द्रको विकासका लागि खर्च गरिने जनाइएको छ।

सांस्कृतिक साँझका लागि नेपालबाट चर्चित गायक राजु लामा अमेरिका आउने तय भएको छ। ‘दि मंगोलियन हार्ट’ बाट परिचित लामासँगै गायक हेम वाइबा पनि सहभागी हुनेछन्। साथै सुपर मोडेल तथा डान्सर रश्मी तामाङको नृत्य प्रस्तुति र फिन्जो शेर्पाको डिजे रहने सांस्कृतिक संयोजक अबील तामाङले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा अध्यक्ष सुरज पाख्रिन र कुमार दोङसँगै समाजसेवीहरू रेशम बल, संगम लामा र सानुकान्छी तामाङले कार्यक्रमका विभिन्न पक्षबारे जानकारी गराएका थिए।

करिब ४ हजार ५०० वर्षअघि सुरु भएको मानिने ल्होछार पर्व नेपालमा मात्र होइन, चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर, भारत लगायतका देशहरूमा पनि चन्द्र पात्रोका आधारमा मनाइन्छ। नेपालमा तामाङसहित ह्योल्मो, मनाङ्गे, हुम्ली, डाल्पो, ताप्केगोला, सिङ्सा, ताङबे, थकाली, जिरेल, खाम मगर, दुरा, भोटे, नेस्याङ्बा, शेर्पा र गुरुङ समुदायले ल्होछार मनाउने परम्परा छ।

‘ल्हो’ को अर्थ साल वा वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने हुन्छ। त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष हो। १२ वर्षको एक चक्र रहने ल्हो प्रणालीमा १२ वटा पशुपन्छीका नामबाट वर्षको नामकरण गरिन्छ। प्रत्येक वर्ष ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोल्बा, ल्हो दोबा वा ल्होछार भनिन्छ।

(तस्वीर फाइल: तामाङ को–अपरेसन प्रेस मिट)

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।