Washington DC, US : January 30, 2026, Friday 03:59 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

लाखौँ युवायुवती खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया तथा केही युरोपेली देशतर्फ कामको खोजीमा जान बाध्य

  NepalMother.com | ६ माघ २०८२, सोमबार २०:५६

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीको व्यवस्थापनमा केही सुधार देखिन थालेसँगै रोजगारीको खोजीमा विदेश जाने नेपाली युवाको संख्या फेरि बढ्दो क्रममा पुगेको छ। स्वदेशमै स्थायी र आकर्षक रोजगारीको अवसर नपाउँदा प्रत्येक वर्ष लाखौँ युवायुवती खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया तथा केही युरोपेली देशतर्फ कामको खोजीमा जान बाध्य छन्। उनीहरू वैदेशिक रोजगार विभागबाट कानुनी प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएर ती गन्तव्य मुलुकमा पुग्ने गरेका छन्।

सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा स्वदेशमै रोजगारी सिर्जना गर्ने र युवाशक्तिको विदेश पलायन घटाउने प्रतिबद्धता दोहोर्याउँदै आए पनि व्यवहारमा भने अपेक्षित सुधार देखिन सकेको छैन। रोजगारीका सीमित अवसर, राजनीतिक अस्थिरता, बढ्दो महँगी र जीवनयापनको दबाबका कारण ठूलो संख्यामा युवा विदेशिन बाध्य भएका छन्। कोरोना महामारीका कारण केही समय घटेको वैदेशिक रोजगारीको प्रवाह पछिल्लो वर्षदेखि पुनः तीव्र गतिमा बढ्न थालेको सरकारी तथ्यांकले देखाउँछ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब चार लाख नेपाली युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० हजारले बढी हो। विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा मात्रै तीन लाख ३९ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गइसकेका छन्। पुस महिनामा मात्र करिब ६० हजार युवाले श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ।

महिनागत विवरण हेर्दा चालु आर्थिक वर्षको साउनदेखि पुससम्म हरेक महिना ६० हजारभन्दा बढी युवाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा अधिकांश महिनामा उच्च देखिन्छ। यसले पछिल्लो समय वैदेशिक रोजगारीप्रति युवाको आकर्षण झनै बढ्दै गएको संकेत गर्छ।

सरकारले श्रम गन्तव्य मुलुकसँग अनिवार्य रूपमा द्विपक्षीय श्रम सम्झौता गर्ने, दूतावासहरूलाई कामदारमैत्री बनाउने, न्यूनतम पारिश्रमिक, बीमा, स्वास्थ्य सुविधा तथा कामका सर्तहरू समयानुकूल परिमार्जन गर्ने जस्ता नीतिगत सुधार अघि बढाएपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न थालेको विभागका अधिकारीहरू बताउँछन्। यससँगै म्यानपावर कम्पनीले कामदारसँग लिने लागत शुल्कलाई पनि नियन्त्रण र पुनरावलोकन गर्ने प्रयास भइरहेको जनाइएको छ।

यसअघि केही समय नेपाली कामदार नलिएका मलेसिया, इजरायल र केही युरोपेली मुलुकहरूले पुनः मागपत्र पठाउन थालेपछि रोजगारीका अवसर विस्तार हुँदै गएको छ। यसले पनि वैदेशिक रोजगारीको प्रवाह बढाउन सहयोग पुर्‍याएको विभागको भनाइ छ।

यसैबीच, दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। सन् २०२६ का लागि लागू हुने नयाँ दरअनुसार न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार ३२० वन तोकिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब तीन प्रतिशत बढी हो। यसअनुसार हप्ताको ४० घण्टा काम गर्दा मासिक आम्दानी करिब दुई लाख १६ हजार नेपाली रुपैयाँ बराबर पुग्नेछ। यसबाट कोरियामा कार्यरत एक लाखभन्दा बढी नेपाली युवाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।

कोरिया नेपाली युवाका लागि आकर्षक रोजगारी गन्तव्य रहँदै आएको छ। तर भाषा परीक्षा पास गरेर इपिएस रोष्टरमा नाम सूचीकृत भए पनि लामो समयसम्म रोजगारी नपाउने समस्या कायमै छ। हाल करिब १२ हजार युवा कोरिया जान प्रतीक्षा सूचीमा छन्। दुई वर्षभित्र रोजगारीमा नपठाइएमा सूचीबाट हटाइने व्यवस्था रहेकाले उनीहरू अन्योलमा परेका छन्। यही समस्यालाई सम्बोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोष्टरको समय सीमा बढाउन र कोरिया जाने कोटा विस्तार गर्न कूटनीतिक पहल अघि बढाउने निर्णय गरेको जनाएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।