
दुर्गा प्रसाईंले भारत प्रहरी समक्ष आत्मसमर्पण गरे पछि उनलाई त्यहां बाट नेपाल ल्याइएको छ । नेपाली भुमी प्रबेश हुना साथ प्रहरीले पक्राउ गरेको जानकारी दिईएको छ । काठमाडौँ लयाउना साथ अदालत पुर्याए पछि दुर्गा प्रसाईं र उनका ‘बडिगार्ड’ दीपक खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले शुक्रबार (चैत २९) प्रसाईं र खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको म्याद दिएको त्यहाँका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो ।


तस्बिर :






प्रतिक्रिया