राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख आईजिपी दीपक थापा सत्तारुढ दल नेकपा एमाले भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भिर आरोप लगाएका छन् ।
मंगलवार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाए । उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरे ।
उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोप समेत लगाए । अनि दुर्गा प्रसाईंले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस हानेका हुन त ? उनको प्रश्न थियो ।
उनले थपे ‘त्यो दिन ९चैत १५ मा० जसरि राज्यले हिंसा भड्कायो मा होइन दुई दर्जनभन्दा बढी मानिसलाई गोली लाग्यो । दुई जनाको ज्यान गयो । कयौं घाइते भए । त्यसको कुनै हिसाव छैन । भौतिक क्षतिको समेत कुनै हिसाव छैन । तर त्यसको मुलमा अहिलेको राज्यसत्ता, अहिलेका प्रधानमन्त्री, अहिलेका गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छन् । गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ । प्रहरीले हानेको अश्रुग्याँसको एक्सपाइरी डेट, २००८,२०१०,२०१२ छ । त्यो हेर्दा प्रहरीले हानेको अश्रुग्याँस हो ? अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक भन्छ–हामीले हानेको अश्रुग्याँस कसरी डेट एक्सपाइर हुनसक्छ । प्रहरी प्रहरी नै भएर बस्नुपर्छ कुनै राजनीतिक दलको भातृ संगठन भएर होइन ।’
उनले देश गणतन्त्रवादीहरुको मात्र नभई राजा आउनुपर्छ भन्नेहरुको समेत भएको कारण अफवाह फैलाउने काम नगर्न सञ्चार गृहहरुलाई आग्रह गरे ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पतीमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाए ।
आमसभालाई सम्बोधन गर्दै उनले टोडफोड गर्न कार्यकर्ता पठाएर झुटा मुद्दामा राप्रपा नेताहरु धवल समशेर राणा, रविन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको उनको आरोप छ । पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरुलाई नछोडिए जनताले गणतनत्रवादी नेतहरुको घर घेर्ने दिन आउने उनको चेतावनी छ । उनले जनताले घर घेरे भागेर कहाँ जान्छौं र ? भन्दै गणतन्त्रवादी नेताहरुलाई प्रश्न समेत गरे ।
प्रमुख सचेतक शाहीले भने ‘अहिले प्रमाणित भयो । सरकार सम्पती तोडफोड गर्ने, जडिबुटीमा आगो लाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ । त्यस्ता भिजलान्तेहरु प्रयोग गरेर, झुटा मुद्दा लगाएर हाम्रा साथीहरुलाई थुनिएको छ । पार्टी उपाध्यक्ष रविन्द्र मिश्र र माननीय सांसद धवल समशेर राणा, पशुपति खड्का लगायत राष्ट्रवादी साथिहरुलाई थुनिएको छ । म सरकारलाई अपिल र अनुरोध गर्न चाहान्छु झुटा मुद्दा लगाएर थुन्ने कोशिस नगरियोस् । यदि थुन्ने कोशिस गरियो भने भोलि हजारौं जनताले तिमीहरुको घर घेर्नेछन् । त्यो दिन भागेर तिमीहरु कहाँ जाने रु यि झुटा मुद्दाहरु तत्काल फिर्ता गरियोस् । ’
सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारले ध्यान नदिएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर प्रदर्शन गरेका हुन् ।
विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षक काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएका छन् । मंगलबार उनीहरूले टर्च बालेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे ।
उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकका माग पूरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।
आफूहरूका माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ । प्रदर्शनकारीले ‘पुराना ऐन खारेज गर’, ‘नयाँ ऐन जारी गर’लगायत नारा लगाएका थिए ।
प्रतिक्रिया